CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना, सबै सकुशल

राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना, सबै सकुशल

१९ जेठ,  । उत्तर-पूर्वी इरानमा इरानी राष्ट्रपतिले यात्रा गरिरहेको हेलिकोप्टरलाई सङ्कटकालीन अवतरण गर्नुपरेको छ । इरानी राष्ट्रपति मोहमोउद अहमदिनेजाद र सरकारी अधिकारीहरू चढेका हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाग्रस्त हेलिकोप्टरलाई विमान चालकले सङ्कटकालीन अवतरण गरेपछि राष्ट्रपतिलगायत सबै सकुशल रहेका जनाएको छ ।
उत्तर-पूर्वी इरानको एक पहाडी क्षेत्रमा एक स्थानीय परियोजनाको उद्घाटनका लागि राष्ट्रपति र सरकारी अधिकारीहरू लिएर उडेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।
यस दुर्घटनाबाट राष्ट्रपति, अन्य सरकारी अधिकारी र चालकदलका सदस्यसमेत सकुशल रहेका बताइएको छ । राष्ट्रपति अहमदिनेजाद सो परियोजना उद्घाटन समारोहपछि गाडीमा तेहरान फर्किनु भएको समाचारमा उल्लेख छ । यस घटनाको विस्तृत विवरण भने दिइएको छैन ।
इस्लामिस्ट गणतन्त्र यस राज्यमा राष्ट्रपति अहमदिनेजादको दोस्रो पटकको कार्यकाल समाप्त हुनलागेको छ । अगामी जुन १४ को दिनमा इरानमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा आठ जनाले उमेदवारी दिएको बताइएको छ । राष्ट्रपति अहमदिनेजादको आगामी अगस्त ३ तारिखका दिन राष्ट्रपतिको कार्यकाल समाप्त हुादैछ । रासस/एएफपी

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis