सम्पत्ति शुद्धीकरण विभागले अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। एमाले निकट युवा संघको केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चल इन्चार्जमा प्रमोसन पाएका बस्नेतले आफू एमालेको जिउँदो सहिद बनेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दाबाट पार पाउन पार्टी नेता गुहारेका थिए।
बस्नेतको अभियोगपत्रमा उनी र उनकी श्रीमती अञ्जु सिंहको नाममा विभिन्न ११ कित्ता जग्गा, विभिन्न बैंकको सेयर, ९ करोड ६६ लाख बैंकिङ कारोबार, ७१ लाखको जग्गा खरिद र ४३ लाखको बिक्री, हुन्डाइ टक्सनलगायत ६४ लाखको सवारीसाधन खरिदलगायतमा लगाइएको रकम काठ तस्करी, सीमापारी तस्करी, ठेक्कापट्टाको कमिसन र असुलीबाट आर्जन गरेको अनुसन्धानको निष्कर्ष छ।
साभार : नागरिक न्युज

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !