बाहिर ढुङ्गामुढा गर्नुका साथै चप्पल हानेका हुन्।
प्रत्यक्षदर्शीका अनुसार १०/१२ जनाको संख्यामा रहेका विद्यार्थीले चर्का नारा लाउँदै ढुंगा र चप्पल हानेका थिए। पछि प्रहरीले बल प्रयोग गरेपछि विद्यार्थीहरु भागभाग भएका भयो।
पूर्वराजा राजविराज पुगेकै बेला विरोध प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि दोस्रो चरणको विरोधको जिम्मा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका विद्यार्थीले सम्हालेका थिए। वैद्य विद्यार्थी संगठनका केन्द्रीय सदस्य मकसुधन यादवको नेतृत्वमा रहेका विद्यार्थीहरुले पूर्व राजाको टोली उपर ढुङ्गामुढा गरेको हो।
पूर्वराजालाई चप्पल हान्ने कार्यको नेतृत्व गरेका यादवले नागरिकन्युजसँग भने- 'पूर्व राजासँग मेरो कुनै रिसइबी हैन। उनको प्रचारमा टाँसिएका पोष्टरहरुमा श्री ५ भनेर सम्बोधन गरेका कराण बिरोधमा उत्रन बाध्य हुनु परेको हो।'
पूर्वराजाको सप्तरी बसाइँमा विद्यार्थीहरुले लफडा गरेपछि पूर्वराजाले सोमवार साँझ राजविराजको राजदेवी मन्दिरमा गर्ने भनिएको पूजा हुन सकेन। भोलि बिहान सो मन्दिरमा उनी जाने बताइएको छ।
पूर्वराजाको सप्तरी भ्रमणको विरोध गर्दै आएका ५ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नेपाल विद्यार्थी संघका जयप्रकाश यादव, सन्तोष यादव, पार्थो सरकार, मविव क्याम्पस राजविराजका स्ववियु सभापति रामचन्द्र यादव, अखिल क्रान्तिकारीका वीरेन्द्र गुप्ता रहेका छन्। उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जाय सिंह बस्नेतले जानकारी गराए।
विरोधकाबीच भव्य स्वागत
विद्यार्थीहरुको चर्को विरोधकाबीच सोमवार बिहान सप्तरी सदरमुकाम राजविराज आइपुगेका पूर्व राजा शाहलाई सप्तरीमा भव्य स्वागत गरिएको छ। सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न चोक सयौको संख्यामा जम्मा भएका राजावादी तथा सर्वसाधारणले शाहलाई फुलमालाले स्वागत गरेका हुन्। जिल्लाको कदमाहा, कडरबोना, कुसहा, कल्याणपुर, कठौन, शम्भुनाथ, रुपनी, तोपा, हनुमाननगर, योगिनियाँ, भारदह, रुपनगर, कञ्चनपुर, सहित राजमार्गका विभिन्न चोकहरुमा पूर्व राजा र राजपरिवारको पक्षमा नाराबाजी गर्नेहरुको ठूलो उपस्थिति थियो।
आफू चढेको गाडी आफै चलाएका पूर्व राजाले समर्थकहरुलाई पूर्ण उत्साहका साथ हात हल्लाउँदै गरेको देखियो। समर्थकहरु उभिएका प्रत्येक चोकहरुमा उनले गाडि रोकेर आफ्ना प्रशंसकहरुको फूलमाला सहितको स्वागत तथा अभिनन्दन स्वीकार गरेका थिए।
साभार ;नागरिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !