गौरव छनाना
एक्टर मोडल गौरव छनानाले आफ्नो नाम परिवर्तन गरेर रेहान मल्लिक राखेर ‘इश्क इन पेरिस’ मार्फत बलिउडमा इन्ट्री गरेका छन्। उनले २००४ मा ‘वो तेरा नाम था’ मा सानो भूमिका देखाएका थिए। ‘कजरा रे’ मा बिर्सिन लायक भूमिकापछि गौरव २०१३ मा रेहान बनेर पुनः बलिउडमा प्रवेश गरेका छन्। तर उनलाई रेहान पनि फापेन।
उर्वशी शर्मा
मोडल टर्नड नायिका उर्वशी शर्माले बलिउडमा २००८ मा अब्बास मुस्तानको ‘नकाब’ बाट डेब्यू गरेकी हुन्। उनका पति, निर्माता सचित जे जोशीको निर्माणमा बन्ने क्रममा रहेको फिल्ममा ‘मुम्बई मिरर’ मा राइना नामबाट प्रस्तुत हुने भएकी छिन्। तर उनले आफ्ना पारिवारिक परमपरा अन्तरगत नाम परिवर्तन गरेको बताउँछिन्। ‘नकाब’ मा बबी देवल र अक्षय कुमारसँग अभिनय गरेपनि खासै सफलता पाउन सकेकी छैनन्। ‘बाबर’ ‘खट्टामिठा’ र ‘चक्रधार’ मा पनि अभियन गरिन् तर उनी सफल नायिका भने अझै सफल हुन् सकिनन्।
टिया बाजपेई
‘बेटियाँ’ की नायिका ट्वीकंल बाजपेयीलाई विक्रम भट्टले टिया बाजपेयी बनाए २०११ मा हरर फिल्म ‘हन्टेड’ मार्फत्। ट्वींकल नाम उनलाई अजिव लागेर टिया राखिदिए। तर विक्रमको फिल्म बाहेक उनले अरु अफर पाउन सकिनन्। बरु ट्वींकलकै नाममा सिरियलमा काम गरिराखेकी हुन्थिन भने सफलता पाउँथिन्।
जीया खान
उनको रियल नाम नफिसा खान हो। २००७ मा राम गोपाल बर्माको ‘निशब्द’ मा डेब्यू गरेकी जीया, एन्जेलिना जोलीको ‘जीया’ फिल्म पछि नफिसाबाट जीया भइन्। ‘गजिनी’ र ‘हाउसफुल′मा अभियन गरेपछि जीया अहिले बलिउडबाट हराएर नफिसाको जीवनमा रामाइराखेकी छिन्। नामै परिवर्तन गरे पनि उनी बलिउडमा सफल हुन् सकिनन्।
महाकक्षय चक्रवर्ती
मिथुन चक्रवर्तीले आफ्ना छोराको नाम महाकक्षय राखे। तर नाम निकै लामो र अप्ठेरो भएकेाले मिथुनले छोरालाई मिमो भनेर बोलाउन थाले। बलिउडमा प्रवेश गर्दा मिमोबाटै गरेता पनि विक्रम भट्टले २०११ मा ‘हन्टेड’ मा उनको ओरिजिनल नामबाटै रिलञ्च गराए। उनले केही सफलता पनि पाए।
अनिता हसानन्दनी
एकता कपुरले पहिलो पटक अनितालाई लञ्च गर्दा उनले अनिताबाट आफ्नो स्त्रि्कन नाम नतासा राखिन्। टिभी र बलिउड दुवैका लागि नतासा राखिन् नाम। बलिउडमा थुप्रै अनिताहरु भएकोले आफूले नाम परिवर्तन गरेको बताए पनि उनले कुनै सफलता पाउन सकिनन् र फेरि पुरानै नाममा फर्किन्।
निशा कोठारी
राम गोपाल बर्माले प्रियंका कोठारीबाट निशा कोठारी नाम राखिदिए। नायिकाको नाम परिवर्तन गर्न माहिर छन् बर्मा बलिउडमा। २००५ मा जेम्स् मार्फत प्रियंकालाई निशाको नामबाट डेब्यू गराए। तर प्रियंका धेरै समयसम्म निशा रहन सकिनन् र पुरानै नाम लिन पुगिन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !