CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीद्वारा राजीनामा

किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीद्वारा राजीनामा

किस्टका सिइओ बैंक ठगीमा तानिएकाठमाडौं- सिद्धार्थ डेभलपमेन्ट बैंकको ऋण दूरुपयोग मुद्दामा विवादित भएपछि किष्ट बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवालीले दुवै पदबाट राजीनामा दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ज्ञवालीकी श्रीमती गौरी खनाललाई सिद्धार्थ बैंकबाट १३ करोड रुपैयाँ दूरुपयोग भएको भन्दै
पक्राउ गरेपछि उनी विवादमा तानिएका थिए।श्रीमती खनाललाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेपछि नैतिकरुपमा बैंक सञ्चालक तथा कार्यकारी प्रमुखको भूमिकामा रहिरहनु उपयुक्त नलागेको भन्दै ज्ञवालीले राजीनामा दिएका हुन्। 'प्रहरीको अनुसन्धान कार्यमा सहयोग पुगोस् र यो विषयले किष्ट बैंकलाई कुनै पनि असर नपरोस् भन्ने कारण देखाइ नैतिकताको आधारमा राजीनामा गर्दछु' ज्ञवालीले सञ्चालक समितिलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ। 
ज्ञवालीले शुक्रबार साँझ राजीनामा बुझए पनि सञ्चालक समितिले शनिबार स्वीकृति गरेको हो। ज्ञवाली विवादमा तानिएपछि नेपाल राष्ट्र बैंकले किष्टको सञ्चालक समितिलाई उनलाई राजीनामा गराउन दबाब दिएको थियो। बिहीबार बालुवाटार कार्यालयमा सञ्चालकलाई बोलाएर राष्ट्र बैंकले राजीनामा गराउन दबाब दिएको थियो।

राष्ट्र बैंकले वोलाउनु पूर्व बिहीबार बिहान आकस्मिकरुपमा बसेको किष्टको सञ्चालक समितिले ज्ञवालीले राजीनामा गर्नुपर्ने निर्णय गरेको थियो। बिहानको बैठकमा ज्ञवाली उपस्थित नभएपछि साँझ अर्को बैठक डाकिएको थियो। त्यो बैठकमा पनि ज्ञवाली उपस्थित भएनन्। ज्ञवाली परिवारको व्यक्तिगत ऋणले किष्ट बैंक विवादित बनेको र राष्ट्र बैंकले पनि दबाब दिएका कारण सञ्चालकले राजीनामा मागेका हुन्। उनले शुक्रबार दिउँसो राजिनामा बैंक सञ्चालक समितिमा पठाएका थिए।

किष्टमा उनले राजीनामा गरेपछि सञ्चालक समितिले कामु प्रमुख कार्यकारी अधिकृतमा बीएन घर्तीलाई नियुक्त गरेको छ। घर्ती किष्टका नायब प्रमुख कार्यकारी अधिकृत थिए। ब्यापार प्रशासनमा स्नातकोत्तर घर्तीको विभिन्न वाणिज्य बैंकमा गरी समग्र बैंकिङ क्षेत्रमा १६ वर्ष काम गरेको अनुभव छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis