CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » म १९ वर्षीया : दुई जना केटासँग यौनसम्पर्क गरिसकेकी छु।

म १९ वर्षीया : दुई जना केटासँग यौनसम्पर्क गरिसकेकी छु।

म १९ वर्षीय अविवाहित युवती हुँ। मैले अहिलेसम्म दुई जना केटासँग यौनसम्पर्क गरिसकेकी छु। पहिलोले मसँग धेरै नै प्रतिबद्धता व्यक्त गरेको थियो। त्यो उसले पूरा गरेन। कुनै दिन अर्कै केटी साथीसँग रमाइलो गरेर हिँडेको देखेपछि मैले उससँगको सम्बन्ध तोडिदिएँ। मैले केही समयको अन्तरालपछि अर्को
विश्वासिलो साथी फेला पारेकी छु र ऊसँग जुनसुकै मूल्य चुकाएर पनि सम्बन्ध राम्रो बनाउन चाहन्छु, तर एउटासँग धोका पाएकाले मलाई अर्कोसँग पनि पूरै विश्वास भने लागेको छैन। कम उमेर भए पनि एकातिर मैले कुमारित्व गुमाइसकेकी छु। यसले मलाई बेलाबखत झस्का दिइरहन्छ। यौनसम्पर्कमा तिमी परिपक्व छौ भन्ने उसको भनाइले पनि मलाई कहिलेकाहीं झस्काउँछ। नयाँ प्रेमीसँगको सम्बन्ध नराम्रो होला कि भन्ने चिन्ताले सताइरहन्छ। किनभने सधैं केटा फेर्दै हिँड्ने जस्तो देखिएला र समाजमा अप्ठेरो स्थिति आउला भन्ने त्रास पनि छ। विगतको घटनालाई सम्झेर पश्चाताप मानिरहने मेरो यो स्वाभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ? 

पी.

तपाईं १९ वर्षअघि नै दुई जनासँगको प्रेममा परिसक्नुभएको रहेछ। जीवनमा टिनएज अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक हो। यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन। कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्बन्ध फरक कुरा हुन्। यो उमेरमा भएका घटना अस्वाभाविक होइनन् तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ। यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ। प्रेम र यौनका सम्बन्धमा आफैंले एकपटक गम्भीर भएर सोचेर अघि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्छ। सामान्य रूपमा सोच्दा पनि हामीले अहिलेको सूचना-प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं। आफ्ना राम्रा पक्षमा गौरव गर्न छोडेका छौं। तिनलाई जोगाइराख्न सकिरहेका छैनौं, तर संसारका नराम्रा कुरा हामी छिटै ग्रहण गरिरहेका हुन्छौं। एकछिन् गम्भीर भएर नियालौं त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो विद्यमान ज्ञानको भण्डार बढाउँदै लाने होइन र ? 

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाइर्ं मात्र एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ। त्यसमाथि पनि गलत मानिससँग त्यस्तो सम्बन्ध भएको घट्नाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ। उक्त घटनाले पटक-पटक घचघच्याइरहन्छ। यो स्वाभाविक पनि हो, तर तपाईंले त्यो घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहि महत्वपूर्ण कुरा हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने यसलाई शिक्षाका रूपमा नै लिनुपर्ने हुन्छ। घट्ना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ। 

मानव सभ्यताको उचाइ प्राप्त गरेको अमेरिकामा पनि मानिसहरूमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ। धेरैजसो अमेरिकीले नयाँ वर्षको तिम्रो एजेन्डा के छ भनेर सोध्यो भने यही लभ, सेक्स र रोमान्सप्रति विगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने वाचा गरेको अनुसन्धानहरूले देखाएका छन्। 

टिन एज केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चातापको भुमरीमा धकेल्नबाट जोगाउनेहरूले नै पछि लभ, सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन्। केटा मानिसहरूले कुनै बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेमप्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। उनीहरूले त्यसरी मौका पाएका युवतीसँग यौनसम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ। धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौनसम्पर्क गरेकोमा दुःख प्रकट गर्ने गरेका छन्। त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। केटाहरू क्याजुअल सेक्स मन पराउँछन्। अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर केटीहरू जीवन बिताउन केटाहरूसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। केटाहरू सेक्सपछि लभ गर्ने खालका हुन्छन् भने केटीहरू लभपछि सेक्स चाहन्छन्। केटीहरू यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु केटी मानिसका लागि जैविक, भावनात्मक र प्रजननजन्य कुरा हुन पुग्छ। सिद्धान्ततः केटाहरूले चाहे एकैदिनमा धेरैलाई गर्भवती बनाउन सक्छन्, अर्थात् केटी मान्छेको यो धर्तीमा बेग्लै भूमिका छ। तैपनि कहिलेकाहीं केटी मान्छेहरू कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फस्छन् र कुमारित्व गुमाउँछन्। भर्जिनिटी र प्रजनन केटी मानिसका लागि जीवनका दुई महत्त्वपूर्ण सम्पत्ति हुन्। यी दुई चीज गुमाउँदा केटी मानिसलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ। कुमारित्व गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन क्षमता गुमाउँदा ठूलो निराशा। यो स्वाभाविक हो। समयक्रमसँगै सकिने प्रजनन् क्षमता र कुमारित्व टार्न सकिँदैन, तर गलत मानिसबाट कुमारित्व गुमाउने काम रोक्न सकिन्छ। अब तपाइर्ंसँग गुमेको कुरा बाँकी छैन। विगतका घटनाप्रति पश्चाताप गरिरहने भन्दा पनि विगतका त्यस्ता घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलोसँग जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क राख्न सक्नुहुन्छ। 

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis