CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » द शाहरुख खान

द शाहरुख खान



कतिपय कलिउड कलाकारका लक्ष्य बलिउड भएझंै हलिउड बलिउडको सपना हो । 'हलिउडमा काम गर्नुभन्दा बढी मेरो इच्छा छ, हामी एक यस्तो फिल्म बनाऔं जसलाई दुनियाँले हेरोस्,' हलिउड चलचित्रमा अभिनयको सम्भावनाबारे शाहरूखले एक अन्तर्वार्तामा भनेका छन्, 'मेरो कोसिस रहन्छ,
फिल्मले हलिउडको वितरक पाओस् र ओस्कारका लागि पनि नामांकन होस् ।'



'किङ खान', 'रोमान्स किङ', 'बलिउड वादशाह' अनेक उपमा पाएका छन्, ४७ वषर्ीय भारतीय अभिनेता शाहरुख खानले । पछिल्लो समय विश्व बजारलाई बलिउड सिनेमातर्फ आकषिर्त गराउने श्रेय यिनैलाई जान्छ । 'भारतलाई फिल्ममार्फत विदेशमा उत्कृष्ट प्रतिनिधित्व गराउने इनाम हुने हो भने त्यो शाहरुखले पाउनुपर्छ,' बीबीसी अनलाइनमा एक समालोचकले यिनीबारे यस्तो टिप्पणी गरेका छन् । 

यतिबेला शाहरुख अभिनित 'चेन्नई एक्सप्रेस' नेपाललगायत विश्वभरका विभिन्न मुलुकमा प्रदर्शित छ । सन् २०१३ मा रिलिज भएका मध्ये सबैभन्दा आशा गरिएको फिल्म हो यो । बलिउडले चाहेझैं अधिकांश मुलुकमा चलचित्रको सुरुवाती कलेक्सनले भारतीय सिनेमाको पछिल्ला 'बक्स अफिस' रेकर्ड तोड्दै नयाँ इतिहास रचेको छ । फिल्मका बाँकी पक्षहरूलाई थाती राख्ने हो भने त्यसको एकमात्र कारण केवल शाहरुख हुन् । 

'म एक विकाउ प्रोडक्ट हुँ, मेरो नाम बिक्छ,' शाहरुख स्वयंले एक अन्तर्वार्तामा भनेका थिए । यिनको दाबीमा किन पनि दम छ भने, 'दिलवाले दुल्हनिया लेजायेंगे', 'कुछ कुछ होता है', 'देवदास', 'चक दे इन्डिया', 'ओम शान्ति ओम', 'कल हो ना हो' र 'रावन' लगायतका एघार फिल्मले विश्वभर एक अर्ब भारतीय रुपैयाँको व्यवसाय गरेका थिए । रोमान्स, एक्सन र कमेडी तीनै विधामा उत्तिकै सशक्त जमेका अभिनेता हुन् शाहरुख । 

'चेन्नई एक्सप्रेस' सन् २०१३ मा प्रदर्शित यिनको पहिलो चलचित्र हो । विश्वभरका प्रतिष्ठित सञ्चारमाध्यमका मनोरञ्जन पेजसमेत यतिबेला शाहरुखमय बनेको छ । चाहे अमेरिकी 'न्युयोर्क टाइम्स' होस् वा 'बीबीसी' वा चिनियाँ 'साउथ चाइना मर्निङ पोस्ट' । भारतीय चलचित्रको दबदबा रहेको छिमेकी मुलुक नेपाल यसबाट अछुतो रहने त कुरै भएन । गत साता प्रदर्शन सुरु भएयता नेपाली फ्यानका विभिन्न टीकाटिप्पणी, समाचार र तस्बिरले फेसबुक, टि्वटरलगायतका वाल रंगिएका छन् । 

सन् १९९२ मा सार्वजनिक 'दिवाना' को सफल सुरुवातसँगै बलिउड यात्रा थालेका शाहरुखको दुई दशक लामो अवधिमा विश्वभर लोभलाग्दो 'फ्यान क्रेज' बनेको छ, थियो । हङकङ र मकाउवासी नेपाली फ्यानलाई भने शाहरुखलाई प्रत्यक्ष भेट्ने चाहना जुलाईमा आयोजित इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड -आइफा) ले जुराइदियो । 

आइफामा सहभागी दर्जनौं कलाकारमध्ये दर्शक र सञ्चारकर्मीको पहिलो रोजाइमा थिए, शाहरुख । गि्रन कार्पेटमा तस्बिर र अटोग्राफ लिन लम्किएका भीडबाट यिनलाई जोगाउन सुरक्षाकर्मीलाई आच्छु-आच्छु परेको थियो । 'किन मलाई माया गर्छन् ? किन तस्बिर लिन चाहन्छन् ? मैले मेरा प्रशंसकबारे यसको विश्लेषण गर्ने कहिल्यै कोसिस गरिनँ,' भेनिसन रिसोर्टमा उर्लिएको फ्यान क्रेजबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा शाहरुखको प्रतिक्रिया थियो, 'यात्राका क्रममा यस्तो देख्दा मलाई खुसी लाग्छ । यसप्रति कृतज्ञ छु, म सबैलाई अंकमाल गर्न चाहन्छु ।' 

तर शाहरुखले भनेझैं सबैका लागि यो कहाँ सम्भव हुने कुरा थियो र ? थोरै भाग्यमानीलाई मात्र यस्तो अवसर जुर्‍यो । आइफामा उनलाई पछ्याउनेका लाममा विदेशी फ्यानको लर्को समेत छोटो थिएन । जसले न हिन्दी भाषा बोल्छन् न बुझ्छन् । उनैमध्येका केही जापानी महिला शाहरुख अभिनित फिल्मको पोस्टरसहित एक झलक पाउन घन्टौं लामबद्ध रहे । गुगलमा 'शाहरुख खान' टाइप गर्दा भेटिने ३ करोड ७० ल्ााख पेज विश्वभरका यस्तै समर्थकका कारण भविष्यमा अझै चुलिने देखिन्छ । 

श्ााहरुखले बेलायतमा जन्मिएका प्रसिद्ध रंगमञ्च निर्देशक ब्यारी जोनसँग अभिनयको प्रशिक्षण लिएका थिए । सन् अस्सीको दशकमा प्रसारित चर्चित टेलिभिजन धारावाहिक 'फौजी' र 'सर्कस' ले यिनलाई राम्रो पहिचान दिलायो । लगभग ६ दर्जन बढी चलचित्रमा अभिनय गरेका शाहरुखले प्रसिद्ध 'फिल्मफेयर सर्वश्रेष्ठ अभिनेता' को अवार्ड मात्र ८ पटक जितेका छन् । दिग्गज अभिनेता मनोज कुमारपछि यो संख्यामा अवार्ड पाउने शाहरुख नयाँ पीढीका पहिलो कलाकार हुन् । 

कतिपय कलिउड कलाकारका लक्ष्य बलिउड भएझैं हलिउड बलिउडको सपना हो । 'हलिउडमा काम गर्नुभन्दा बढी मेरो इच्छा छ, हामी एक यस्तो फिल्म बनाऔं जसलाई दुनियाँले हेरोस्,' हलिउड चलचित्रमा अभिनयको सम्भावनाबारे शाहरुखले एक अन्तर्वार्तामा भनेका छन्, 'मेरो कोसिस रहन्छ, फिल्मले हलिउडको वितरक पाओस् र ओस्कारका लागि पनि नामांकन होस् ।' के पछिल्ला फिल्मले झैं 'चेन्नई एक्सप्रेस' ले सय करोड, अनि दुई सय करोडको लक्ष्य पछ्याउला त ? 

'मेरा लागि आँकडा अप्रासांगिक हुन्, म केवल उत्कृष्ट भूमिका भएको राम्रो फिल्म गर्न चाहन्छु,' सन् २००५ मा भारत सरकारबाट प्रतिष्ठित 'पद्म श्री' पदकले सम्मानित भएका शाहरुखले आइफा गि्रन कार्पेटमा पत्रकारको जिज्ञासा मेटाउँदै भनेका थिए, 'म फिल्मले कमाउने पैसाको होइन, दर्शकको हाँसो गन्ती गर्न चाहन्छु जुनबेला उनीहरू हलबाट बाहिर निस्कन्छन् ।' 
स्रोत : शनिबार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis