CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वैज्ञानिक अनुसन्धानको नाममा मानव तस्करी धन्दा : रहस्य खुल्दै छ

वैज्ञानिक अनुसन्धानको नाममा मानव तस्करी धन्दा : रहस्य खुल्दै छ

logo

अपडेटः भगुवा पठाउने स‍ंस्थाको वेबसाइट बन्द-

कोस्टा रिकामा बेपत्ता हुने गरी चार जना नेपाली पठाउने संस्थाले आज अपराह्नदेखि आफ्नो वेबसाइट बन्द गरेको छ। वेबसाइटमा अहिले ‘बन्दै गरेको छ, पछि आउनु होला’ लेखिएको छ। आज बिहान यो ब्लग लेख्नुन्जेल साइट सुचारु थियो। हत्त न पत्त वेबसाइट बन्द गरेबाट पनि यो संस्थाको बदनियत रहेको बुझिन्छ। वेबसाइट बन्द गरिए पनि यहाँ क्लिक गरी साइट कस्तो थियो हेर्न सकिन्छ। संस्थाको फेसबुक पेज भने यो लेख्दासम्म सुचारु छ।

**************************
मूल ब्लगः National Institute of Natural Sciences बाट आपसी सहयोगको संभावना खोज्ने भन्दै युनिभर्सिटी अफ कोस्टा रिकाको निमन्त्रणामा त्यहाँ पुगेका चार जना सुटुक्क भागे। घटनाले कोस्टा रिकामा ठूलै हङ्गामा मच्चियो। तर उनीहरुलाई पठाउने नेपाली संस्था भने मुखमा दही जमाएर बसिरहेको छ। यसबारे उसले कुनै प्रतिक्रिया दिएको छैन। न वेबसाइटमा, न आफ्नो फेसबुकमा। यसैबीच सोही संस्थाले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरुलाई पनि त्यहाँ आउने व्यवस्था मिलाइदिन अनुरोध गरेको प्रमाण फेला परेको छ। सिधै अमेरिका जाने प्रयास असफल भएपछि उनीहरुले कोस्टा रिका रोजेको हुनुपर्छ।
कोस्टा रिकामा जानुको एक मात्र उद्देश्य अवैध रुपमा त्यहाँबाट अमेरिका छिर्ने बाटोलाई सहज बनाउनु मात्र थियो भन्ने निश्कर्ष युनिभर्सिटी अफ कोस्टारिकाका पदाधिकारीहरुले निकालिसके। यो कुरा कोस्टारिकाको crhoy.com मा प्रकाशित युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय उप निर्देशक वाल्टर मेरिनको भनाईबाट पनि पुष्टि हुन्छ। सुरुमा ती चार जना बेपत्ता हुँदा त विश्वविद्यालयलाई आफ्ना पाहुनाहरुलाई केही भयो कि भनी सुरक्षा कै चिन्ता भएछ। अनि नेपालमा संस्थाका प्रमुखलाई फोन गर्दा त उसलाई त चिन्तै रहेनछ। केही चिन्ता नै देखाएनछ। भर्खरै त मैले सम्पर्क गरेको, उनीहरु होटल परिवर्तन गर्दैछन् भन्ने जवाफ दिएछन्। तर उनीहरु कतै पनि भेटिएनन्। यसबाट पनि कोस्टा रिकामा पुगेपछि त्यहाँबाट भाग्ने योजना पूर्व नियोजित थियो भन्ने प्रमाणित हुन्छ। ३० दिनको भिसा पाएका उनीहरुको अब त भिसासमेत सकिसक्यो र इलिगल भइसके।

सुरुमै शंका

युनिभर्सिटीले आफूलाई पहिले कहिल्यै त्यसो नपरेको हुनाले विश्वासको आधारमा बोलाइ त हाले। तर आफ्ना नेपाली पाहुनालाई देख्ने बित्तिकै उनीहरुलाई कहीँ न कहीँ केही गडबड छ जस्तो लागिसकेको रहेछ। स्कूल अफ बायोलोजीका निर्देशक गुस्ताभो गुटिएरेज भन्छिन्- “अरु देशबाट आएका प्रतिनिधिहरु अलि अधवैँशे उमेरका हुन्थे। नेपालका त भर्खरका थिए। अझ उनीहरुको अङ्ग्रेजीको स्तरै खराब थियो। खासमा त एक जनाले मात्रै हामीसँग दोहोरो कुरा गर्न सकेको थियो। हामीले उनीहरुलाई उनीहरुको विज्ञता केमा हो भनेर सोध्दा उनीहरु नर्भस देखिन्थे। जुन कामका लागि उनीहरु आएका थिए अर्थात् विश्वविद्यालयका काम र स्कूलबारे कुरा गर्दा उनीहरुले रुचि दिएको देखिएन।”
आउनुको उद्देश्य के हो भनेर सोध्दा उनीहरुले खोज गर्ने भने पनि यस्तै हो भनेर निश्चित भन्न सकेनछन्। मेरिनका अनुसार एक जना नेपालीलाई बोटनिस्ट भनेर चिनाइएको रहेछ। तर कार्डमा भने अर्कै रहेछ।
उनीहरु सबै आफ्नै खर्चमा कोस्टा रिका पुगेका हुन्। नेपालको कुनै पनि निजी संस्थाले आफ्नै खर्चमा कोस्टा रिका जस्तो देशसम्म पुगेर आपसी सम्बन्ध खोज्लान् भन्ने कुरा पनि पत्यारलाग्दो छैन।
उनीहरु बसेको होटल Meson del Angel का रिसेप्सनिस्टले होटलको पैसासमेत नतिरी लगेजसमेत कोठा मै छाडी अहिलेसम्म नफर्केको बताएकी छिन्।
कोस्टा रिकामा एकेडेमिक उद्देश्यले आएर बेपत्ता भएको पहिलो घटना भएकोले त्यहाँको अध्यागमनले पनि यसलाई गम्भीर रुपमा लिएको छ।

Research हैन Fee Search !

रिसर्च जस्ता एकेडेमिक उद्देश्यको नाममा मानव तस्कर दलालहरुको सञ्जालबाट ‘फि सर्च’ (शुल्क खोज्ने) धन्दा पछिल्ला वर्षहरुमा फैलँदै गएको रहेछ। नाच्नै नजान्नेहरुलाई डान्सर भन्दै सांस्कृतिक कार्यक्रमको बहानामा अमेरिका लगायत विदेशमा जानेहरुमाथि कडाइ हुन थालेपछि रिसर्चको नाममा फि सर्च गर्नेहरु बढेका रहेछन्।
एकेडेमिक उद्देश्य बौद्धिक जगतको काम भएकोले यसमा त्यति कडाइ नहुने अनुमान मानव तस्कर सञ्जालहरुले गरेका हुनसक्छन्। अब यी मानव तस्करहरुले कला, सांस्कृतिक संस्थाहरु जस्तै रिसर्च इन्स्टिच्युट खोल्दै त्यसबाट मान्छे पठाउने काम थालेका हुन्।
यस्तै फि सर्च गर्ने तथाकथित रिसर्च संस्थाहरु बारे एउटा ब्लगमा यस्तो समेत भेटिएको छ। हेर्नुस्-Fake Biodiversity Organisations in Nepal – Visa scams 
यसमा ‘Zoological and Botanical Garden’ का नामबाट राजकुमार चौहान नामको व्यक्तिले अध्ययन भ्रमण मिलाइदिन अनुरोध गर्दै इमेलहरु पठाउने गरेको र यससम्बन्धमा अमेरिकी दूतावासले लेखेको यस्तो इमेल राखिएको छ
Dear Lynn,
We contacted the phone number provided in the purported website of the
Zoological and Botanical Garden of the Kathmandu. However, the number
turned out to be for a grocery shop. The man who answered the phone
said this office was in the same house awhile back and he recounted they
had a very small operation. The man thought this office no longer
existed. As the credibility of the institution appears questionable, we
do not recommend you send your invitation letter unless Dr. Chauhan
sends you sufficient information about him and his organization to
establish that it a genuine organization.
Regards,
Consular Section
U.S. Embassy
Kathmandu, Nepal
एक्रोनेमामा नै अन्य दुई नेपाली संस्था Research and Conservation of Nature Nepal (RECON) र कोस्टारिका पठाउने National Institute for Nature Studies (NINS) को नाम पनि श‍ंकास्पद स्क्याम गर्नेहरु भन्दै राखिएको थियो-
Dear Sir/Madam
Greetings from Nepal
As a part of Director, RECON, i would like to communicate with you regarding the arrangement of our academic tour for which we have proposed in this June/July 2010.Our team includes National Delegates, Senior curators, Young Scientists etc and we would like to have your cooperation in the tour.This visit will allow us to share and learn from the museum collections .
I hope you will consider our proposal and thank you in advance.
Hoping to be favored with your kind consideration.
Best regards
Govinda Bhandari, Director
Research and Conservation of Nature Nepal (RECON)
Baneshwor-10,Kathmandu, Nepal
Phone:+977-1-2407716,
Fax:+977-1-4444294
www.recon.org.np
The website is well designed and functional, but is generally lacking in any detail, and only recently is there information on projects that they have been involved in. The National Institute for Nature Studies (NINS) is a linked organisation with similar members and similar website.
तर त्यसैमा मुनि यी दुई संस्था असली भएको अपडेट गरिएको थियो-
I am pleased to say that recent reports have shown RECON and NINS to be genuine, reputable organisations in Nepal with successful collaborative projects with international partners outside Nepal.
तर अहिले कोस्टा रिका पठाउनेमा NINS मुछिएको छ। अनि अहिले कोस्टा रिकाबाट भाग्नेहरु मध्ये एक फिरोज चौहानको नाम रिकोनको साइटमा क्युरेटरको रुपमा देखिएको छ-
Feroz Chauhan
‘दलेहरुलाई टेन्सन’
माइसंसारले मानव तस्करहरुको गैरकानुनी काम र उनीहरुलाई सघाउनेहरुको बारेमा निरन्तर लेखिरहे पछि ‘दले’हरुलाई टेन्सन भएको छ। उनीहरुले यस्तो गैरकानुनी र जोखिमपूर्ण कामलाई बहादुरीसँग समेत दाँजेका छन्। उनीहरुले लेखेका इमेल र मोडरेटरहरुको समूहले अस्वीकार गरेका केही कमेन्टहरुको सम्पादित अंश
…आत्मा साक्षी राखेर भन्नुस उसले कुनै अनैतिक काम गरेको छैन। उसले त लगानी गरेको हो देश को परीस्थिती अनुसार तेसो नभन्नुस Pls
बढी जान्ने नहोऊ है तँ, तेरो एक एक जानकारी छ हामीलाई….अरु कुरा आफै बुझ
मलाई लेखक जी को पत्रकारिता मा अहिले आएर सनक लाग्न थालेको होकी जस्तो लागि रहेछ …किन खेदो खन्न सकेको। हासय त आफ्नो proffesion बाट मख्ख होला मैले त लेख्ने त होनी आर्काको के मतलब भनेर ……….लेखेको बारेमा पैसा आइहाल्छ होला !…देश को बेईज्ज़त उनीहरुले गरेको छैन बरु उनिहरुलेता आफ्नै लगानी मा ज्यान को माया मरेर एउटा जोखिम पूर्ण काम गरेको छ ……तपाई हरु र नेता हरुले जस्तो आए आप गए झटारो गरेको जस्तो लागेन।
एक दिन उसैको सराप लागेर माइसंसार बन्द होला नि फेरि
जो जसरी आए पनि तँलाई के मतलब ? बढी जान्ने भइराख्नु पर्दैन
तपाईँलाई पनि यस्ता रिसर्चको नाममा फि सर्च गर्नेहरु बारे केही जानकारी छ ? वा यी बेपत्ता भइरहेकाहरु बारे केही जानकारी छ ? आफ्नो जानकारी
तल कमेन्टमा लेख्नुस् 
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis