CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » चारखालमा डन मनाङ्गे र लामाको मिलन

चारखालमा डन मनाङ्गे र लामाको मिलन

5donकाठमाडौं। राजधानीका चर्चित डन दिपक मनाङ्गे उर्फ राजिव गुरुङ पाँच दिनको प्रहरी हिरासतपछि फेरी जेल चलान भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्धामा विशेष अदालतबाट माग भएको धरौंटी बुझाउन नसकेपछि मनाङ्गे डिल्लीबजार
सदरखोर कारागार चलान भएका हुन्। मंगलबार थुनछेक आदेश गर्दै अदालतले मनाङ्गेसँग २ करोड ९० लाख रुपैयाँ ढरौंटी माग गरेको थियो। मनाङ्गेको श्रीमती पासाङ डोमा गुरुङसँग भने २ लाख पचास हजार रुपैयाँ धरौंटी माग भएकोमा श्रीमती गुरुङ धरौंटी बुझाएर तारिखमा रिहा भएकी छिन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मनाङ्गे र उनकी श्रीमती पासाङ डोमा गुरुङका विरुद्ध १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेकोे भन्दै गत जेठ  ५ मा अदालतमा मुद्धा दर्ता गरेको थियो। अदालतमा मुद्धा दर्ता भएपछि मनाङ्गे कहिले भारत त कहिले नेपालको विभिन्न जिल्लाहरूमा लुकेर बस्दै आएका थिए। गत शुक्रबार कमलपोखरीस्थित सिटीसेन्टरबाट मनाङ्गेलाई प्रहरीले पक्राउ गरी आईतबार अदालतमा पेश गरेको हो। दुई दिनको लामो वहशपछि  मनाङ्गेलाई अदालतले उक्त धरौंटी रकम तोकेको हो। मनाङ्गेले धरौंटी बापतको रकम बुझाउन नसकेपछि डिल्लीबजरा कारागार चलान गरिएको छ। गैरकानुनी एवं आपराधिक कार्य तथा कसुर गरी सम्पत्ति आर्जन गरेको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) र  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानपछि विशेष अदालतमा मुद्धा दायर गरेका थिए। विभागले मनाङ्गेसहित मिलन गुरुङ उर्फ चक्रे मिलन, गणेश लामा, कृष्ण बस्नेत उर्फ पर्शुराम बस्नेत र अभिषेक गिरीकाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो। मनाङ्गेको समुहमा रहेका बेला चर्चामा बटुलेका अर्का डन गणेश लामा र मनाङ्गेको अव चारखाल जेलमा पुर्नमिलन हुने भएको छ।  लामा विशेष अदालतले मागेको ३ करोड रुपैयाँ धरौंटी बुझाउन नसकेपछि सदरखोर डिल्लीबजारमा नै रहेका छन्। पछिल्लो समयमा ब्यापार, ब्यवसाय र लेनदेनको कुरा नमिलेपछि लामा मनाङ्गेबाट छुटिएका थिए। लामा विजयकुमार गच्छदारले नेतुत्व गरेको पार्टी फोरम लोकतान्त्रिकमा प्रवेश गरी राजनीतिक गरिरहेका छन् भने मनाङ्गे पनि संघिय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष रहेका छन्। मनाङ्गे  पार्टीमा प्रवेश गरेलगत्तै गत ०६९ चैत्र २७ गते चेक बाउन्स काण्डमा पक्राउ परेका थिए। बैषाख ३ गते अदालतले हाजिर जमानीमा मनाङ्गेलाई छाडेलगत्तै भोलीपल्ट पत्रकार सम्मेलन गर्दै मनाङ्गेले भनेका थिए–’अव मलाई डन हैन, तपाईहरूले मलाई माननिय भनेको सुन्न आतुर छु। अर्काको लेनदेनमा जमानी बस्दा प्रहरीले नियतवस मलाई फसायो। यो देशको सवै भन्दा ठूलो लाइसेन्स प्राप्त डन भनेका नै प्रहरी हुन्।’
मनाङ्गेले यसरी भेटेका थिए लामालाई
मनाङबाट ब्यापार, ब्यवसाय गर्दै राजधानी प्रवेश गर्ने गुरुङहरू मनाङ्गेेका नामबाट परिचित रहेका छन्।  त्यस्तै मध्ये दिपक मनाङ्गे पनि एक हुन्। मनाङबाट राजधानी छिरेका दिपक सुरुमा ठमेलका ब्यवसायीहरूको संरक्षकको रुपमा चिनिन थाले।  पर्यटकीयस्थल ठमेलको आयस्रोत अन्य स्थानको भन्दा बढी हुने भएकाले चक्रपथ क्षेत्रका डन मिलन चक्रेको पनि ठमेलमा नै राज गर्ने सपना थियो। ठमेलमा मनाङ्गेले रात्रिकालिन ब्यवसाय सञ्चालन गरी अकुत कमाउन थालेपछि ठमेल हत्याउन डनहरूको वार सुरु भयो। त्यसैक्रममा, चक्रे मिलनको समूहलाई तह लगाउन सक्ने समूहको खोजिमा मनाङ्गे थिए। त्यसताका नेपाली काँग्रेसमा लागेर त्रिचन्द्र क्याम्पसमा खुकुरी काण्ड घटाएका गणेश लामासँग उनको भेट भयो। लामाले संरक्षक र काम गर्ने स्थान दुवै पाएपछि उनी रातारात चम्किए। लामाको समुह मनाङ्गेको समुहमा आवद्ध भएपछि राजधानीमा ग्याँङ्ग वारले उग्र रुप लियो। राजधानीका अर्का शक्तिशाली डन चक्रे मिलनसँग मात्र मनाङ्गेलाई डर थियो। त्यसैक्रममा मनाङ्गेले काभ्रेली समुहलाई प्रयोग गरेर चक्रपथ क्षेत्रका डन चक्रे मिलनको हात नै काट्न लगाए। त्यसपछि त काभ्रेली समुह राजधानीको छुट्टै अस्तित्व बोकेको समुहका रुपमा खडा भयो। जसका कन्ट्रोलर थिए, दिपक मनाङ्गे। चक्रे मिलनको हात काटिएको काण्डमा मनाङ्गे मुछिएपछि उनी जेल चलान भए। त्यसपछि राजधानीमा एकछत्र काभ्रेली समुहले राज गर्न थाल्यो। त्यसैक्रमबाट सुरु गणेश लामाको यात्रा अहिले सम्पत्ति शुद्धीकरणसम्म पुगेको छ।
http://www.weeklynepal.com/2013/08/29/charkhal-ma-chakre-re-manage-ko-milan/#.Uh9VL9LTym
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis