CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कुंग फु करातेका सुपर बादशाह : ब्रुस ली

कुंग फु करातेका सुपर बादशाह : ब्रुस ली


काठमाडौ, मार्सल आर्ट्सप्रति रुचि राख्ने कोही पनि ब्रुस लीको फ्यान नहोस्, यो विरलै सम्भव होला । विश्वभर करोडौंलाई यस खेलतर्फ आकषिर्त गराएका यिनलाई  अहिलेसम्मकै सबैभन्दा प्रभावशाली 'मार्सल आर्टिस्ट' भनिएको छ । अत्यन्तै छोटो समय मात्र अभिनयमा सक्रिय रहेका लीको फ्यान क्रेज दशकौंपछि समेत उत्तिकै  छ । जसले न कहिले यिनलाई प्रत्यक्ष देख्ने मौका पाए न सुन्ने ।

केवल फाइटिङ कला हेरेकै भरमा जबर्जस्त फ्यान बन्ने लाखौं छन् । एउटा अपूरोसहित ५ चलचित्र र करिब उत्तिकै संख्यामा टेलिभिजन सिरियलमा अभिनय  गरेका लीले संसारभर चिनियाँलाई हेरिने दृष्टिकोणमा ठूलो परिवर्तन ल्याइदिए । यसैले पनि चिनियाँहरू यिनीप्रति अत्यन्तै सम्मान प्रकट गर्छन् । त्यसो त प्रशिक्षक,  चलचित्र निदर्ेेशक, निर्माता र लेखक पनि हुन्, उनी ।

दार्शनिक -फिलोसोफर) का रूपमा समेत यिनको बेग्लै पहिचान छ । 'मस्तिष्कलाई सधैं खाली राख, ढाँचाविहीन, आकारविहीन पानीजस्तो । एउटा कपमा पानी  राखे त्यो कपजस्तै बन्छ, बोतलमा राखे बोतलजस्तो, चियादानीमा राखे उस्तै, यसैले पानी बन पानी ।' उनको यो दर्शन अहिले पनि उत्तिकै चर्चित छ । 'जीत कुन  डो' कराँते कला आफैंले विकास गरेका उनले यसबारे पुस्तकसमेत लेखेका छन् ।

लीको ४० औं स्मृति दिवसका अवसर पारेर गत २० जुलाईदेखि हङकङमा यिनको जीवन सम्बन्धित प्रदर्शनी सुरु भएको छ । 'बु्रस ली : कुङ फु आर्ट लाइफ' शीषर् क जुराइएको पाँच वर्ष चल्ने त्यस प्रदर्शनीमा उनीसँग जोडिएका ६ सय बढी सामग्री र तस्बिर प्रदर्शित छन् । त्यहाँ बालकदेखि बूढासम्ममा देखिएको आकर्षणले  'ब्रुस ली एरा' पुन: दोहोरिएको अनुभूति गरायो । लीकी छोरी स्यानोनले प्रदर्शनी उद्घाटन गरेकी थिइन् ।

ब्रुस लीका छोरा ब्रान्डनको भने हलिउड चलचित्र 'द क्रो' छायांकनका क्रममा दुर्घटनावश मृत्यु भएको थियो । उनी ३१ वर्षका थिए । 'मलाई आशा छ, यो प्रदशर् नीले मेरो परिवारको पूर्ण तस्बिर उतार्न मद्दत गर्नेछ,' लीको मृत्यु हुँदा ४ वर्षकी स्यानोनले प्रदर्शनीमा पत्रकारसँग कुराकानी गर्दै भनेकी थिइन्, 'चलचित्र  पछाडिको कडा परिश्रम र अन्य विविध पक्षहरूबारे बुझ्नसमेत यो प्रदर्शनी सहयोगी हुने ठानेकी छु ।'

स्यानोन अमेरिकामा स्थापित 'बु्रस ली फाउन्डेसन' की अध्यक्ष हुन् । 'ब्रुस ली एक्सन म्युजियम' निर्माण फाउन्डेसनको बृहत् योजनामध्येको हो । ब्रुस लीप्रतिको  आकर्षण प्रदर्शनीमा मात्र सीमित छैन । गत वर्ष लिलामीमा राखिएको एउटा बिजनेस कार्डका लागि एक फ्यानले ३० हजार हङकङ डलर -करिब तीन लाख रुपैया ँ) खर्चे । सन् १९५९ मा हङकङबाट अमेरिका बसाइँ सरेपछि कुङ फु प्रशिक्षक रहँदा त्यो कार्ड छापिएको थियो ।

ब्रुस लीको हस्तलिखित पत्रका लागि ४ लाख हङकङ डलर र उनले पहिरेको एउटा भुवादार कोटका लागि ६ लाखको बोली लाग्यो । लीले प्रयोग गरेका विभिन्न  सामग्री हङकङमा पहिलोपटक लिलामीमा राखिएका थिए । टिप्पणीकार, समालोचक र सञ्चारमाध्यमले लीलाई अहिलेसम्मकै सर्वोत्कृष्ट मार्सल सुपरस्टार भनेका  छन् ।

तर यसप्रति लीको भिन्न मत रहेछ । 'सुपरस्टार शब्दले मलाई बन्द गरिदिन्छ । स्टार शब्द एक भ्रम हो । यी पब्लिकका कुरा हुन् । तपाईंले आफूलाई एक अभिने ताका रूपमा हेर्नुपर्छ,' जीवनकै पहिलो र अन्तिम भनिएको भिडियो अन्तर्वार्तामा उनले भनेका छन् । 'लास्ट इन्टरभ्यु' का नामले समेत चर्चित उक्त अन्तर्वार्ता  क्यानडेली पत्रकार पियरे बर्टनले ब्रुस लीको मुख्य भूमिका रहेको पहिलो चलचित्र 'द बिग बोस' को सफलतापछि लिएका थिए ।

सन् १९४० नोभेम्बर २७ मा सन प|ान्सिस्को, अमेरिकामा जन्मिएका ब्रुस लीको हङकङमा ३२ वर्षको उमेरमा -१९७३ जुलाई २०) अकस्मात् मृत्यु भएको थियो ।  उतिबेला यिनी चर्चा र सफलताको चरम उत्कर्षमा थिए । लीको निधनपछि अर्का विश्वविख्यात अभिनेता ज्याकी च्यानलाई कतिपय चिनियाँहरू उनको अवतार  मान्छन् । सामाजिक सञ्जालमा यी दुईका प्रशंसकहरूबीच को सुपरस्टार ? भन्ने बहस छेडिएका छन् । 

'ब्रुस लीको स्थान अन्य कसैले लिनै सक्दैनन्,' 'फिस्ट अफ फ्युरी' र हलिउड चलचित्र 'इन्टर दी ड्रागन' मा लीसँगै स्टन्टम्यानका भूमिकामा अभिनय गरेका  ज्याकीले अन्तर्वार्तामा भन्ने गरेका छन्, 'त्यो मेरो जीवनकै अविस्मरणीय सम्झना हो ।' ज्याकीले यसो भनिसकेपछि फगत बहसको के नै अर्थ रह्यो र ? अमे रिकामा जन्मिए पनि ली हङकङमा हुर्के बढे । तीन महिनाको छँदा यिनको परिवार यता फर्किएको थियो ।

किशोर अवस्थामा स्टि्रट फाइटमा संलग्नता बढेपछि अभिभावकले लीलाई फेरि अमेरिका पठाए । अमेरिकामा मार्सल आटर््स ट्रेनिङ सेन्टर खोलेका यिनले त्यहाँ रहँदा  टेलिभिजन सिरियल दी गि्रन हर्नेट, लङस्टि्रट, ब्याटम्यान, आइरनसाइडलगायत एक हलिउड चलचित्र 'मार्लो' मा अभिनयसमेत गरे । यसले लीलाई अमेरिकी  बजारमा मार्सल आर्टिस्टको राम्रो पहिचान दियो ।

तर त्यहाँ सन्तुष्ट हुन नसकेपछि यिनी पुन: हङकङ फर्किए । सन् १९७१ म्ाा सार्वजनिक 'द बिग बोस' लीको मुख्य भूमिका रहेको पहिलो फिल्म थियो । त्यसै  चलचित्र सन् १९७२ मा 'फिस्ट अफ फ्युरी' का नामले विश्व बजारमा प्रदर्शन भएपछि यिनी एकाएक सुपरस्टार बने । हङकङस्थित कम्पनी 'गोल्डेन हार्भेस्टद्वारा  निर्मित उक्त चलचित्र बु्रस ली आफैंले लेखेका हुन् ।

त्यसपछिका फिल्म 'दी वे अफ ड्रागन' र 'इन्टर दी ड्रागन' ले पुराना रेकर्डलाई धेरै अघि उछिन्दै विश्व बजार पिट्यो । 'इन्टर दी ड्रागन' प्रसिद्ध हलिउड कम्पनी ' वार्नर ब्रोस इन्टरटेन्मेन्ट' ले निर्माण गरेको पहिलो चिनियाँ मार्सल आर्ट चलचित्र हो । जम्मा ८ लाख ५० हजार अमेरिकी डलरमा निर्मित लीको अन्तिम हलिउड  चलचित्र 'इन्टर दी ड्रागन' ले विश्वभर २० करोड डलरको कारोबार गरेको थियो ।

उक्त चलचित्र लीको मृत्यु भएको ६ दिनपछि रिलिज गरिएको थियो । 'गेम अफ डेथ' ब्रुस लीकै निर्देशन, निर्माण र कथासमेत रहेको अन्तिम तर अपूर्ण चलचित्र हो  । चिनियाँ अमेरिकी मार्सल आर्ट्स विशेषज्ञ तथा अभिनेता ब्रुस लीको हङकङसँगको साइनो गहिरो छ । 'क्रेन्स नेस्ट' का नाउँले परिचित काउलुन तोङ, ४१- कम्बरल्यान्ड रोडस्थित घरमा पत्नी लिन्डाका साथ यिनका अन्तिम दिनहरू बिते ।

हाल धनाढ्य यु प्यागलिनको स्वामित्वमा रहेको उक्त घरजग्गामा सरकारले केही वर्षअघि म्युजियम बनाउने घोषणा गरे पनि धनीसँग सहमति हुन नसक्दा  परियोजनाले गति लिन सकेको छैन । 'एभिन्युज अफ स्टार्स' मा ठडिएको दुई मिटर अग्लो ढलोट सालिक हङकङ आउनेका मुख्य आकर्षण बनेको छ ।

ब्रुस ली फ्यान क्लबको सक्रियतामा यिनको ६५ औं जन्मजयन्तीको अवसर पारेर त्यस सालिक अनावरण गरिएको थियो । विश्व प्रसिद्ध 'टाइम' म्यागेजिनले  लीलाई २० औं शताब्दीका सय महानायकको सूचीमा राखेको छ । यिनका पदचाप पछ्याएका संसारका करोडौं युवाले मार्सल आर्टलाई कसरी बुझेका होलान् ?

मार्सल आर्ट इमानदारीसाथ आफूलाई व्यक्त गर्ने शैली भएको यिनको बुझाइ थियो । 'जहाँसम्म मेरो जिन्दगीको सवाल छ, मार्सल आर्टले अत्यन्तै गहिरो अर्थ  राख्छ, किनकि एक अभिनेता, मार्सल आर्टिस्ट र एक मानवका रूपमा सबै मैले मार्सल आर्टबाटै सिकेको हुँ,' यु ट्युबमा सार्वजनिक पियरे बर्टनसँगको अन्तर्वार्तामा  ब्रुस लीले भनेका छन् । 
साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis