CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बलिवुडमा चेन्नई एक्सप्रेस लाई उछिन्न खोज्नेहरुको भीड

बलिवुडमा चेन्नई एक्सप्रेस लाई उछिन्न खोज्नेहरुको भीड

शाहरुख खानको 'चेन्नाई एक्प्रेस' ले खडा गरेको कमाइको रेकर्ड के यही वर्ष भत्किएला ? हरेक ठूलो फिल्मसँगै बलिउडमा व्यापारको आँकडा बढिरहेको छ । हरेक ठूला स्टारले रेकर्ड तोड्ने खाले फिल्ममात्र खेल्न थालेका छन् । यस्तोमा यो वर्ष
ऋतिक रोशन, अजय देवगन, आमिर खानजस्ता स्टारका ठूला फिल्म आउँदैछन् । 

अघिल्लो साता आएको अक्षय कुमार, इमरान खान र सोनाक्षी सिन्हाको फिल्म 'वन्स अपन अ टाइम इन मुम्बई दोबारा' ले 'चेन्नई एक्सप्रेस' लाई उछिन्न सकेन । एउटा सुपरहिट फिल्मको सिक्वेल र ठूलै स्टार भए पनि यसले कमाल देखाउन सकेन । 

यो साता रिलिज भएको जोन अब्राहमको फिल्म 'मद्रास क्याफे' लाई यो रेकर्ड तोड्न सक्ने फिल्म मानिएको छैन । त्यसपछिको हप्ता आउने 'सत्याग्रह' ले पनि 'चेन्नई एक्सप्रेस' को रेकर्ड तोड्नेमा धेरैले विश्वास गरेका छैनन् । अमिताभ बच्चन, अजय देवगन र करिना कपुरजस्ता ठूला स्टारका साथ अर्जुन रामपाल र मनोज वाजपेयी भए पनि फिल्मको राजनीतिक विषयले गर्दा धेरै युवा दर्शक आकषिर्त हुनेमा धेरैले अविश्वास गरेका छन् । 'सत्याग्रह' पछि आउने रणवीर कपुरको फिल्म 'बेसरम' लाई पनि अर्को ठूलो हिट हुने सम्भावना भएको फिल्म मानिएको छ । यसै वर्ष 'ए जवानी है दिवानी' जस्तो ब्लकबस्टर दिएका रणवीरको 'बेसरम' को निर्देशन 'दबंग' निर्देशक अभिनव कश्यपले गरेका छन् । फिल्मको प्रोमो र गीतले युवा दर्शकलाई आकषिर्त गरिसकेको छ । 

यो वर्ष आउने ऋतिक रोशनको 'क्रिस ३' र आमिर खानको 'धुम ३' मा यो सम्भावना भएको बताइएको छ । सुपरहिट 'क्रिस' को दोस्रो भागका रूपमा आउने 'क्रिस ३' मा ऋतिकका साथ पि्रयंका चोपडा, विवेक ओवेराय र कंगना रणावत देखिने छन् । सुपरहिरो स्टोरी भएकाले यसले सबैखाले दर्शक तान्ने मानिएको छ । वर्षको अन्त्यतिर आउने आमिर खानको 'धुम ३' ले सबै रेकर्ड तोड्ने मानिएको छ । 'धुम' को यो तेस्रो शृखंलामा आमिर भिलेनका रूपमा देखिनेछन् । उनका साथमा कटि्रना कैफ र अभिषेक बच्चन हुनेछन् । 

यो वर्ष बन्ने सबै रेकर्डलाई अर्को वर्षको सुरुमै आउने सलमान खानको 'मेन्टल' ले भत्काउने अनुमान धेरैले गरेका छन् । हेर्न दिमाग खासै लगाउनु नपर्ने एक्सन फिल्ममा सलमानलाई कसैले नउछिन्ने अनुमानलाई उनले सही सावित गर्ने ट्रेड एनालिस्टहरूले अनुमान गरेका छन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis