CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नम्बर वान हिरोइन को?

नम्बर वान हिरोइन को?

Deepika-Padukoneकाठमाडौं। बलिउडमा हिरो जस्तै हिरोइन पनि को ‘नम्बर वान’ भन्ने होड सधैँ छ। फिल्मले गर्ने कमाइको आधारमा गणना गर्ने हो भने अहिले दीपिका पादुकोण बलिउडकी नम्वर वान हिरोइन हुन्। उनी बलिउडकी यस्ती पहिलो हिरोइन हुन्
जसले अभिनय गरेका ३ फिल्म एकै वर्षमा १ सय करोड कमाइ गर्न सफल रहिन्। २०१३ मा दीपिका पादुकोनको पहिलो फिल्म ‘रेस २’ रहेको थियो। यो फिल्म १ सय करोडको क्लबमा सामेल भइसकेको छ। यो फिल्ममा दीपिकाको साथ सैफ अली खान, जोन अब्राहम रहेका थिए। यसैवर्ष रिलिज भएको दीपिकाको दास्रो फिल्म ‘ये जवानी है दीवानी’ हो। यो फिल्मले १५० करोड भन्दा माथि आम्दानी गर्‍यो। रणवीर कपूरको मुख्य भूमिका रहेको यो फिल्ममा आम्दानीको मामलामा अघिल्लो बर्षको रेकर्ड तोडेको थियो। दीपिकाको तेस्रो फिल्म ‘चेन्नई एक्सप्रेस’ ले सुरुको तीन दिनमै १०० करोड आम्दानी गर्न सफल भएको थियो। अहिलेसम्मको सफलता हेर्दा २०० करोड छुन सक्ने सम्भावना देखिन्छ। यी तथ्यहरू हेर्दा दीपिका बलिउडकी नम्वर एक नायिका हुन्।
हाल दीपिका पादुकोणको टक्कर बलिउडमा मुख्य तीन नायिकासँग रहेको छ। उनको सबै भन्दा ठूलो टक्कर कटि्रना कैफसँग छ। कटि्रनाका पछिल्ला केही फिल्म हिट भएका छन्। शाहरूखसँगको कटि्रनाको फिल्म ‘जब तक है जान’ पनि १०० करोडको क्लबमा सामेल भइसकेको छ। कटि्रना अब ऋतिक रोशनसँग ‘बैंग बैंग’ र अमिर खानको साथ ‘धूम ३’ मा आउँदैछिन्। यी दुई फिल्म चचिर्त हुने अनुमान गरिएको छ। कटि्रना बाहेक दीपिकाको ‘दबंग’, ‘सन अफ सरदार’, ‘राउडी राठौर’ जस्ता चचिर्त फिल्ममा अभिनय गरेकी सोनाक्षी सिन्हासँग पनि छिन्। भर्खरै सोनाक्षीको फिल्म ‘लुटेरा’ ले १०० करोडको क्लबमा प्रवेश नपाएपनि चर्चा भने निकै बटुल्यो। दीपिकाको टक्कर अर्की नायिका प्रियंका चोपडा र करिना कपुरसँग पनि रहेको छ। प्रियंका जंजीर फिल्ममा आउँदै छिन्। यसको अलवा ऋतिक रोशनको साथ ‘कृष ३’ मा पनि। बर्फी सहित पछिल्ला उनी अभिनित फिल्म चचिर्त रहेका रहे। बिहेपछि पनि करीना कपूर नम्बर एकको रेसमा छिन्। सत्याग्रह पछि करिना ‘गोरी तेरे प्यारमा’ देखिने छिन्। यता अनुष्का शर्मा र परिणिता चोपडा पनि दीपिकालाई टक्कर दिन आउँदैछन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis