CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यौनहिंसा दबाउन नलिनीको दादागिरी

यौनहिंसा दबाउन नलिनीको दादागिरी

काठमाडौं। नेपालमा अवैधानिक रुपमा व्यूरो कार्यालय खोलेर बसेको नेपाल वान टेलिभिजनका उच्च अधिकारीहरूले नेपाली चेलीहरूमाथि यौनदुर्व्यवहार गर्ने तथा भारतीय दूतावासको धम्की दिदै मनपरी गर्ने क्रम बढेपछि नेपाल वानको व्यूरो अफिस बन्द गर्न पुनः दबाब परेको छ। करीव ७ वर्षअघि नेपाल
वानमा कार्यरत पत्रकारहरूले नेपाल वानकी प्रमुख नलिनी सिंहले नेपालको सार्वभौमिकता विरुद्ध समाचार बनाउन दबाब दिएको र श्रमजीवी पत्रकारहरूलाई ‘कुत्ता कमिना’ लगायतका गाली गरेको भन्दै आन्दोलन गरेका थिए। करीव तीन महिनाको आन्दोलन दबाउन नेपालस्थित भारतीय राजदूतवास र भारतका उच्च नेताहरूले पनि नसकेपछि नलिनी सिंह रुँदै नेपाल आएर अन्नपूर्ण होटलमा बसी सम्झौता गरेर सबै पत्रकार कर्मचारीलाई क्षतिपूर्ति सहितको पैसा तिर्न बाध्य भएकी थिइन् भने अन्य कारोवारी (क्यामेरा भाडा, पानी, मोटर, पत्रपत्रिका) सप्लायर्सहरूलाई तिर्नुपर्ने सेवा शुल्क नतिरी भागेकी थिइन्।
नेपालको ऐन, कानुनभन्दा माथि रहेको र अवैधानिक रुपमा नेपालबाटै कार्यक्रम अपलिंक गरी नयाँदिल्लीको बाह्रखम्बा रोडबाट चलेको त्यस च्यानलको व्यूरो कार्यालय नेपालबाट हटाउन र विदेशी मिडिया हाउसले सरह नेपालमा काम गर्नुपर्ने माग राख्दै त्यसबेला आन्दोलन भएको थियो। त्यो आन्दोलनपछि नेपाल वानमा स्थापित नेपाल पत्रकार महासंघको शाखा समेत खारेज गरी कुनै पनि श्रमजीवी पत्रकारलाई त्यहाँ काम गर्न नजान भनिएको थियो। यद्यपि अहिले पनि तीनकुनेस्थित जगदम्बा टावरका मालिकलाई बार्षिक बीसौं लाख भाडा तिरेर नेपाल वानले व्यूरो कार्यालय राखेर आर्थिक कारोबार गरिरहेको छ। तर, त्यसले न त राज्यलाई कर तिर्छ न त तलबको करकट्टी नै। पछिल्लो पटक नेपाल वानका काठमाडौं व्यूरो प्रमुख सुन्दरसिंह बिधुरीले त्यहीँ कार्यरत नेपाली संचारकर्मी रेणुका कँडेललाई पटक–पटक यौनदुर्व्यवहार गर्ने र उसको प्रस्ताव नमान्दा जागिर खाइदिने धम्की दिएपछि उनले प्रहरीमा उजुरी गरेकी थिइन्। प्रहरीले सुन्दरलाई पक्राउ गरेर ३ दिनपछि छाडिदिएको थियो।
यौनहिंसा पीडक सुन्दर पक्राउ परेपछि नलिनी सिंह काठमाडौं आएर उच्चपदस्थ व्यक्तिहरूसँग बैठक गरेकी थिइन्। भारतीय राजदूतावासमा बैठक राखेर उनकै दबाबमा प्रहरीले सुन्दर विरुद्धको आशय करणीको मुद्दालाई सार्वजनिक मुद्दामा परिणत गरी छाडिदिएको बताइएको छ। प्रहरीले राजदूतावासको दबाबमा मुद्दा फेरेपछि उनी अदालत जाने तयारीमा छिन्। नयाँदिल्लीस्थित बाह्रखम्बा रोडस्थित कार्यालयमा चिया बोक्ने चपरासीको काम गर्ने सुन्दरलाई काठमाडौंमा नलिनीले व्यूरो प्रमुख बनाएर नेपालीहरूमाथि अत्याचार गर्न खटाएकी थिइन्। कुनै पनि पढेलेखेका पत्रकारहरू नेपाल वानको व्यूरो प्रमुख भएर बस्न नमानेपछि उनले चपरासीलाई पठाएको पहिले नै नेपाल वानको व्यूरो प्रमुख भइसकेका भारतीय पत्रकार आदर्श पाण्डेले बताए। सुन्दरले नेपाल आएदेखि नै होटलमा बस्ने र महिला स्टाफलाई आफूलाई भेट्न होटलमै बोलाउने गरेका थिए। उनले रातीको समयमा पनि जरुरी काम छ भन्दै बोलाउने र मदिरा पिएको अवस्थामा यौन आशय व्यक्त गरेकाले एक पत्रकार महिलाले जागिर नै छाडेकी थिइन्। सुन्दरबाट पीडित बन्नेमा पत्रकारदेखि पियनसम्मका महिलाहरू रहेको बताइन्छ।
पछिल्लो समयमा रेणुकामाथि पनि सोही व्यवहार बढेपछि उनले त्यसको प्रतिवाद गरेकी थिइन्। सुन्दरले रेणुकाबाट यौनप्यास मेट्न नपाएपछि भोजपुरी फिल्ममा काम गर्ने एक अर्की महिलालाई भित्र्याएका थिए। त्यसक्रममा बिबाद बढेपछि पीडित रेणुका प्रहरीसम्म पुगेकी थिइन्। हाल उनलाई निलम्बन गरिएको भए पनि निलम्बन फिर्ता भएको छैन। १५ दिनको निलम्बन फिर्ता नभएपछि निलम्बन फिर्ता होस् भन्दै उनले निवेदन दिन खोज्दा निवेदन नलिएपछि हुलाकबाट पठाएको बताएकी छिन्।
नेपाल वान टेलिभिजन नेपालको राष्ट्रिय प्रसारण नियमावलीविपरीत चलिरहेको छ। नियमावली अनुसार प्रत्यक्ष प्रसारण गर्दा सरकारबाट अनुमति लिएर प्रत्येक पटकको कार्यक्रमको शुल्क तिर्नुपर्छ। तर, नेपाल वान टेलिभिजनले कहिल्यै पनि अनुमति लिएको छैन। उसले प्रत्यक्ष प्रसारण र अपलिंकको अनुमति नलिई गैरकानुनी काम गरिरहेको संचार मन्त्रालयका एक उच्च अधिकारीले बताए। उसले कर्मचारीको तलबको टिडिएस पनि काटेको छैन। कर्मचारीहरूलाई पैसा खाममा राखेर दिने भएकाले अहिलेसम्म उसले कर तिरेको छैन। जबकि नियम अनुसार विदेशी संचार संस्थाले नेपाली पत्रकारलाई काम लगाउदा डलर पैसा तिर्नुपर्छ समेत नतिरेको विज्ञापन व्यवसायीहरू बताउँछन्। सरोकारवालाहरूले पटक पटक कुरा उठाउँदा पनि नेपाल वानले नेपालको कानुनी दायरमा आउन मानेको छैन।
http://sanghu.weeklynepal.com/2013/08/19/article-item41376907086/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis