CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » Facebook फन्डा : आज को जोक

Facebook फन्डा : आज को जोक

आज एउटीसँग स्काइपमा भावनात्मक कुरा हुँदै थियो, दुवै सिरियस थियौं, उनको कुराले मन एकदमै बहकिएको थियो। पखेटा भए भुरुरु उडेर उनीसँगै जाऊँ कि जस्तो लाग्थ्यो। उनी पनि त्यसै भन्थिन्, कुरा हुँदाहुँदै उनको आँखाबाट आँसु बर्सेको देखें, मैले पनि आफूलाई रो
क्न सकिनँ, त्यत्तिकैमा मेरो दिमागमा के आयो कुन्नी, माया प्यारले उनलाई आग्रह गरे, 'डियर तिम्रो आँसु देख्न सकिनँ, त्यो क्यामेरालाई अलि तलतिर फर्काऊ त...

उनले मैले भने बमोजिम गरिन्।

जब कम्प्युटरको क्यामेराले तल अर्थात् टेबुलतिर देखियो,

'एक थुप्रो प्याज पो काट्दै

रै'छे मोरीले।' 

०००

आजभोलि सहरतिर 

तरुनीले तान्छन् अरे,

बाइक पैसा राम्रो देखे, 

उसैलाई छान्छन् अरे

कस्तो आयो जमाना हेर, 

बजारतिर जान परे

नाङ्गा-नाङ्गै जान्छन् अरे। 

मुसुक्क हासिदेऊ, 

परेलीको डिल च्यापी

इसारा तिम्रो बुझेर 

होटलतिर लान्छन् अरे। 

०००

एकपटक अमेरिकामा गोरु जुधाउने प्रतियोगिता भएछ। संसारभरिका मानिस आ-आफ्नो गोरु लिएर गएछन्। त्यो खबर नेपालका नेताहरूले पनि थाहा पाएछन् र सरसल्लाह गरेर दुइजना नेतालाई गोरु दिएर पठाएछन्। प्रतियोगिता सुरु हुनुभन्दा पहिले चिठ्ठा हाल्दा नेपालसँग नेपालकै खेल परेछ, पहिलो पालोमा। त्यसपछि नेपालका नेताहरूबीचमा झगडा भएछ। उनीहरूमध्ये एउटा नेताले जुधाउने र अर्कोले बहिस्कार गर्नुपर्छ भन्दै झगडा गर्न थालेछन्। त्यो देखेर निर्णायकले सोधेछ। 

निर्णायक ः के गरेको तपाईंहरूले ?

नेपाली नेता ः -एकैसाथ चिच्याएर) देख्दैनस् जुधेको ?

निर्णायकले रिसाएर भनेछ ः हैन, तपाईंहरूलाई कसलाई जुध्न भन्यो ? 

गोरु जुधाउनुस्। 

उक्त कुरा सुनेर नेपालका दुवै नेताले भनेछन् ः त्यहि भएर त जुधेको नि, हाम्रा देशमा जनताले 

हाम्लाई नै गोरु भन्छन्।

०००

मुन्द्रे ः यार तैले कहिल्यै सोचेको छस्- अस्पतालमा अपरेशन गर्नुभन्दा पहिले बिरामीलाई किन बेहोस गराइन्छ ?

शेरे ः यदि बेहोस गराइएन र बिरामीले अपरेशन गर्न सिक्यो भने त डाक्टरको धन्धा चौपट भैहाल्छ नि। 

०००

मलाई पानी परेका बेला हिँड्न ठिक लाग्छ, किनकि कसैले मेरो 'आँसु' देख्दैन। 

धत् यो त पुरानो कुरो, 

नयाँ के नि ?

मलाई हुस्सु कुहिरो लागेको बेला हिँड्न ठीक लाग्छ। 

किनभने मैले चुरोट पिएको 

कसैले देख्दैन।

यो झन बकवास, अझ नयाँ 

के नि ?

मलाई 'पैदल' हिँड्न ठीक लाग्छ, किनभने पेट्रोल महँगो भयो। 

'यी सब वाहियात कुरा हुन्,' माथिको सबै कुरा सुनेर नर्सरीमा पढ्ने शेरेको छोराले च्यालेन्ज गर्‍यो। 

सबैभन्दा लेटेस्ट मलाई थाहा छ।

मलाई पानी परेका बेला नै हिड्न ठीक लाग्छ। 

किनभने मैले कट्टुमै सुसु गरेको कसैले थाहा पाउँदैन।

०००

शेरे र उसकी बूढी धेरै बुढाबुढी भैसकेका थिए। एक रात, उनीहरू सुत्ने तयारीमा थिए। शेरेलाई निन्द्रा लागि हाल्थ्यो, तर बूढी भने रोमान्टिक मुडमा थिई। 

बूढी ः तपाईंलाई सम्झना छ ? विवाहपछि जब हामी सुत्न जान्थ्यौं तपाइले मेरो हात समाउनुहुन्थ्यो, निन्द्रामा पर्न लागेको शेरेले बूढीको हात समाएछ। 

एकछिनपछि बूढीले भनिछे ः त्यसपछि तपाइले मेरो चुम्मा लिनुहुन्थ्यो। शेरेले चुम्मा पनि गरेछ। 

बूढी ः अनि तपाईंले मेरो गर्धनमा बिस्तारै टोक्नुहुन्थ्यो। 

शेरे जुरुक्क उठेर खाटबाट ओर्लेछ। 

बूढी ः कहाँ जान लाग्नुभा'को ?

शेरे ः दाँत खोज्न्।

०००

फूलगोभीले भनिन्- 'म सानी सानी एउटा रूखजस्तै देखिन्छु।'

च्याउले भन्यो- 'म नि सानो सानो एउटा छाताजस्तै देखिन्छु।'

ओखर भन्छ ः 'नियालेर हेर त, म दिमागजस्तै देखिन्छु'

पर बसेर कुरा सुनिरहे को 'केरा' ले भन्यो- 'कृपया यो विषय बदल्न सकिँदैन ??'

०००

डाक्टर ः ल लामो स्वास लिनुस त ....!!!

-युवतीले लामो स्वास लिइन्)

डाक्टर ः के गर्नु भाको, अझै लामो स्वास लिनुस् न......!

-लामो स्वास लिँदा 'कटक्क' आवाज आएछ। )

डाक्टर ः ल तपाईंको हडि्ड भाँचिएको रहेछ। 

युवती ः तेरो टाउको..... लामो स्वास तान्दा मेरो ब्राको हुक फुस्किएको हो।

०००

पोइला गा'की छोरी अचानक भोलिपल्ट घरमा आई, आमाको मन न हो, केही बोलिनन्। दाजुले टेडो आँखाले हेरे मात्र। बाउले थर्काए-'अब के खोज्न आइस नि फेरि'। छोरीले घोसे मुन्टो लाएर भनी-'म अरू जस्तो नोकियाको चार्जर लिन आ'की होइन्, आजकल पातलो चार्जर जहाँसुकै पाइन्छ। त्यो बजिया झुटो निस्कियो, बाइक नि साथीको रहेछ, आइफोन नि चाइनिज रै'छ, फेसबुकको एकाउन्ट नि फेक रै'छ। 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis