skip to main |
skip to sidebar
दिन फिरे धुर्मुसका
हरेक वर्ष गाईजात्रामा हास्य कलाकारको दिन फिरेको कुरा चल्छ। तर, हास्य कलाकार सीताराम कट्टेल 'धुर्मुस'को भने गाईजात्रा सकिँदा पनि दिन बलेको बल्यै छ। कलाकार निर्मल शर्माको लगानीमा निर्माण भएको फिल्म ६ एकान ६ मा अभिनय गरेका धुर्मुस अर्को फिल्म फेरि नाइँ नभन्नू लमा पनि देखिने भएका छन्। हास्य टेलिचलचित्र मेरी बास्सैबाट चर्चामा आएका धुर्मुस विविध चरत्रि निर्वाह गर्न पाउँदा खुसी लागेको बताउँछन्।प्रायः सिरयिल र अन्य फिल्ममा केदार घिमिरेका साथी बनेर प्रस्तुत भएका धुर्मुस पछिल्लोपटक भने नायक जीवन लुईंटेलको साथीका रूपमा प्रस्तुत हुनेछन्। जीवनका साथी बनेका धुर्मुसलाई हेरेर दर्शक रमाउँछन् वा रिसाउँछन्, हेर्न बाँकी नै छ।
साभार : नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !