महानगरीय ट्राफिक प्रहरी महाशाखाको मादक पदार्थ सेवन -मापसे)विरुद्ध प्रचारप्रसार गर्ने सद्भावना दूत हुन्, नेपाल टेलिभिजनको हास्य शृंखला तीतो सत्यका कलाकारद्वय दीपाश्री निरौला र दीपकराज गिरी। तर, 'सद्भावना दूत' दीपक र दीपाश्री नै ६ महिनाअघि प्रहरी फन्दामा परे, चेकजाँचका क्रममा मापसे गरेर सवारीसाधन चलाएको भेटिएपछि। दीपाश्रीको चालक अनुमतिपत्र -
लाइसेन्स) र सवारी धनी कागजात -ब्लुबुक) ट्राफिक प्रहरीले नियन्त्रणमा लियो।पुर्जी मात्रै राखेर गाडी चलाउँदा पनि प्रहरीले आफूलाई कहिल्यै सोधपुछ नगरेको उनको दाबी छ। ट्राफिक प्रहरी स्रोतका अनुसार दीपाश्रीको लाइसेन्सलगायत गाडीका कागजपत्र बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयमा झन्डै ६ महिनादेखि थन्किएको छ। तर, दीपाश्री भन्छिन्, "होइन, दुई महिना मात्र भयो।"
मापसे कारबाहीमा पर्नेले रामशाहपथस्थित महाशाखामा करबि एक घन्टाको 'ओरयिन्टेसन' कक्षा लिनुपर्छ। कक्षा लिएपछि मात्र उनीहरूले लाइसेन्स फिर्ता पाउँछन्। समूहमा बसेर कक्षा लिनुपर्ने भएकाले सार्वजनिक छवि भएकाहरूले अप्ठ्यारो महसुस गर्छन्। प्रतिष्ठा गुम्ने भयकै कारण धेरैले लाइसेन्सलगायत कागजात लिन नआएको प्रहरी अधिकारीहरू बताउँछन्।
महाशाखाका डीआईजी अधिकारीका अनुसार मापसे नियन्त्रण अभियान सुरु भएकै वर्षदेखि कतिपय लाइसेन्सधनी आफ्नो लाइसेन्सलगायत कागजपत्र लिन नआउँदा यति धेरै रकम बक्यौता रहेको हो। कागजपत्र ट्राफिक प्रहरीको नियन्त्रणमा भए पनि उनीहरूले कुन आधारमा सवारीसाधन चलाइरहेका छन् भन्नेतर्फ प्रहरीको ध्यान पुग्न नसकेकाले पनि यस्तो समस्या देखिएको हो। लाइसेन्सजस्तो महत्त्वपूर्ण कागजात हजारौँको संख्यामा प्रहरी कार्यालयमा थुपि्रएर बस्नु सामान्य कुरा होइन। तर, यति धेरै कागजात थुपि्रँदा पनि यसको कारणबारे प्रहरीले मिहिन विश्लेषण गरेको देखिँदैन।
कागजपत्र नबुझीकनै विदेशिएका, आफ्नै सवारीसाधन नभएका र नक्कली लाइसेन्स बनाएकाहरू कागजपत्र लिन नआएको हुन सक्ने प्रहरीका अधिकृतहरू बताउँछन्। छिट्टै सवारीसाधन पहिचान गरेर कारबाही गरिने डीआईजी अधिकारीको भनाइ छ।
सामाजिक प्रतिष्ठा गुम्ने डरले कतिपय उच्च पदस्थहरू लाइसेन्स लिन नगए पनि पूर्वमन्त्री यादवले भने पूरा अवधि ओरयिन्टेसन कक्षा लिएका थिए। आफूलाई कक्षामा रमाइलो र उपयोगी लागेको उनी बताउँछन्। भन्छन्, "प्रहरीले दिने कक्षा आफ्नै सुरक्षाका लागि रहेछ।" तर, अधिकांश भीआईपीहरू मापसे कक्षालाई सहज रूपमा लिँदैनन्। बरू, लाइसेन्स लिन जानुलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँछन्। लाइसेन्स लिन जानेहरू पनि परचिय नखुलोस् भनेर मुखमा मास्क, रुमाल बाँधेर ट्राफिक कार्यालय सुटुक्क छिर्छन् अनि त्यस्तै हुलियामा फर्किन्छन्।
१९ भदौमा ट्राफिक महाशाखामा देखिएको एउटा दृश्यकै चर्चा गरौँ। एक व्यक्ति कालो चस्मा र मुखमा मास्क लगाएर मापसे कक्षामा पसे। ट्राफिक स्रोतका अनुसार उनी नेपाली सेनाका जर्नेल थिए। अधिकांश उच्चपदस्थ व्यक्ति प्रायः यस्तै हुलियामा ट्राफिक कार्यालय छिर्छन् र कक्षा सकिएपछि लाइसेन्स लिएर बाहिरिन्छन्। महाशाखाका प्रहरी उपरीक्षक -एसपी) वसन्त पन्त भन्छन्, "मास्क लगाउने, रुमाल बाँध्ने देखिए तिनीहरू भीआईपी हुन् भन्ने बुझे हुन्छ।" हालसम्म नेपाल प्रहरीका एक एसएसपीसमेत मापसे कारबाहीमा परेको प्रहरी स्रोत बताउँछ।
नेपालमा मापसे गरेर सवारीसाधन चलाउनेलाई कडा सजायको व्यवस्था छैन। मापसे गरेको भेटिएमा प्रत्येकपटक लाइसेन्समा एउटा प्वाल पारिन्छ। एक हजार जरिनावा तिरी एक घन्टाको कक्षा लिए मापसे गर्नेहरूले उन्मुक्ति पाउँछन्। तर, यति गर्न पनि भीआइपीहरू अप्ठ्यारो मान्छन्।
साभार : नेपाल साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !