प्रेम घलेको बिषयमा स्पष्ट बोल्ने नम्रताले पहिलो प्रेमको बिषयमा प्रश्न नगर्न गरेको आग्रहलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । नम्रताको प्रेम घले भन्दा अघि कलाकार तथा संचारकर्मी रेमनदास श्रेष्ठसँग प्रेम सम्बन्ध रहेको कुरा बाहिर आएको थियो । तर उनले रेमनको बिषयमा भने केही बोल्न चाहिनन् ।
२७ बर्षको उमेरमा दौडिरहेकी नम्रता हालसम्म अविवाहित नै छिन् । उनले अभिनय गरेको चलचित्र ‘मौन’ असोज ११ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा उनी बोल्न नसक्ने युवतीको भूमिकामा देखिएकी छिन् ।
उनले चलचित्रको पर्दामा नायक आर्यन सिग्देल नै आफ्नो सुहाउँदो जोडी भएको तर्क गरिन् । नम्रता नेपाली सिने नगरीमा एक सफल नायिकाको रुपमा परिचित छिन् । उनले सकारात्मक सोचाई नै आफ्नो सुन्दरताको राज भएको खुलाइन् ।
साभार : अन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !