CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बेड रुममा लुकीछिपी

बेड रुममा लुकीछिपी

bollywoodकाठमाडौ, आश्विन १५ - बलिउडमा एउटा वाक्यको फिल्म र गीत खुबै चलेको छ । 'प्यार किया तो डरना क्या ?' तर त्यही बलिउडमा सेलिबि्रटीलाई आपसमा प्यार गर्न भने डराउनुपर्ने अवस्था छ । त्यस्तै हालत बेहोरिरहेका छन्, रणवीर कपुर र कट्रिना कैफले ।
जस्तो कि स्पेनको घटना । गुपचुप प्रेम गरिरहेको यो जोडी स्पेनको समुद्री
तटमा स्वच्छन्द विचरण गरिरहेको अवस्थामा पापराजीको फन्दामा पर्‍यो । बिकिनीमा रहेकी कटि्रना र टपलेस रणवीरको तस्बिर संसारभरि छरियो । उनीहरू तनावमा परे । अवाक् रहेको कपुर खानदान चुपै रह्यो । स्पेन प्रकरणमा सुरुआतमा खुसी मानेको प्रतिक्रिया दिएकी कटि्रना पनि पछि पापाराजीप्रति आक्रामक देखिइन् ।
उक्त घटनाले दुईको सम्बन्ध नै धरापमा पर्ने समेत अड्कल काटिइरहेका बेला फेरि अर्को प्रकरणले बलिउड तताएको छ । केही दिनअघि मात्रै एउटा अवार्ड समारोहमा पूर्वप्रेमिका दीपिका पादुकोणबाट स्टेजबाटै 'आई लभ यू' सुन्न पाएका रणवीर अन्ततः कटि्रनाकै प्रेममा डुब्दै गएको खुलेको छ । भर्खरै मात्र ३० को उमेर पार गरेका उनले बर्थडेको रात पनि कटि्रनाका साथ बिताएको खबर बाहिरिएको छ ।
फिल्म 'बेशरम' को प्रमोसनमा दत्तचित्त भएका रणवीरले एक दिनको छुट्टी लिएर कटि्रनासँग सुटुक्क दक्षिण भारतको एउटा होटलमा सिंगै रात गुजारेका थिए ।
अघिल्लो विवादले केही सतर्क बने पनि यो जोडीको रोमान्स भने यति बेला मिडियाका लागि हटकेक बन्दै गइरहेको छ । बर्थडेको रात कटि्रनासँगै रहेका रणवीर सबेरै 'बेसरम' कै प्रचारका लागि निस्किएका थिए । कटि्रना भने त्यसपछि रणवीरकै बंगलामा कुरेर बसेकी बुझिएको छ । मम-डयाड नितु र ऋषि यति बेला भारतमा नभएको मौकाको सदुपयोग गर्दै रणवीरले कटि्रनालाई बिहान पुनः आफ्नै 'कृष्ण राज' बंगलामा भेटेका थिए ।
आगामी शुक्रबारदेखि अहिलेसम्मकै बढी ३६ सय थिएटरबाट बिग रिलिज हुन लागेको 'बेशरम' अघि नै रणवीर भने वास्तविकतामै कटि्रनासँगको प्रेममा बेशरम देखिएका हुन् ।
साभार : इकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis