CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » कतारको एनआरएनले रोक्न खोज्दाखोज्दै पनि लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन

कतारको एनआरएनले रोक्न खोज्दाखोज्दै पनि लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन

londonकतारमा कार्यरत नेपाली आप्रवासी कामदारलाई दास सरह व्यवहार गरिएकोबारे बेलायती अखबार गार्डियनले खोजमूलक समाचार छापेपछि उत्पन्न तरङ
अझै कम भएको छैन। यसले कतारको एनआरएन र अरु देशका एनआरएनबीच मतभेद पनि चुलिएको छ। गुगल र याहू ग्रुपमा विभिन्न देशका राष्ट्रिय संयोजन समितिका सदस्यहरु (एनसिसी) बीच भएका इमेल कुराकानीमा कतारको एनसिसी र सल्लाहकारहरुले लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन गर्ने तयारीमा कडा आपत्ति जनाएका थिए। ‘युकेका एनआरएन साथीहरु, कृपया यो च्याप्टरलाई यहीँ बन्द गरिदिनुस्। तपाईँहरु कतार दूतावासमा नगइदिनु होला’, कतार एनसिसीका तर्फबाट डा. देवकाजी डंगोलले सबैलाई आग्रह गरेका थिए। तर, लन्डनमा नेपालीहरुसहितको समूहले शनिबार प्रदर्शन गरेरै छाड्यो। 
thebe
मध्याह्न १२ बजेदेखि २ बजेसम्म कतार दूतावास बाहिर विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो। कामदारमाथिको कठोर यातना बन्द गर, दास प्रथाको अन्त्य गर, मानवअधिकारको रक्षा गर, कामदारमाथि भएको अन्यायको छानबिन गर जस्ता नारा लगाउँदै उनीहरुले दूतावाससमक्ष ज्ञापनपत्र बुझाए।
thebe1
ज्ञापन पत्रमा उल्लेख बुँदाहरु-
आप्रवासी कामदारमाथि मानवीय ब्यवहार हुनुपर्छ
कामदारको तलब तथा सुविधा समयमा दिनुपर्छ
आप्रवासी कामदारलाई सुरक्षाको ग्यारेन्टी हुनुपर्छ
जफत गरिएका राहदानी फिर्ता हुनुपर्छ
आप्रावासी महिला कामदारमाथि हुने यौन शोषणको छानबिन हुनुपर्छ
कामदारले चाहेको बेला काम छोड्न पाउनुपर्छ
आप्रवासी कामदारका समस्यालाई हेर्न छुट्टै सरकारी संरचना हुनुपर्छ
कामदारका समस्या सुनुवाइ गर्न २४ सै घण्टा टेलिफोन हेल्प लाइनको ब्यवस्था हुनुपर्छ
पूर्व मिस नेपाल युके। फोटोः ओजेस सिंह
पूर्व मिस नेपाल युके। फोटोः ओजेस सिंह

प्रदर्शनमा मिस युके नेपाल २०१३ दुर्गा गुरुङ, पूर्व मिस युके नेपाल गौमाया गुरुङसमेत सहभागी थिइन्।
Photo: Janine Booth
Photo: Janine Booth
यस्तै खालको प्रदर्शन आइतबार सान फ्रान्सिस्कोमा पनि हुँदैछ।
यस्तै खालको प्रदर्शन आइतबार सान फ्रान्सिस्कोमा पनि हुँदैछ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis