ओरालो लागेकै हुन् प्रचण्ड ?
- एमाओवादी अध्यक्ष प्रचण्डको उत्थानमा क्रमभंग
गत पाँच वर्षयता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिने हरेक भाषणमा यी शब्दावली थेगोझैँ बनिसकेका थिए। नभनून् पनि किन, १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामार्फत स्थानान्तरण गर्दै पहिलो संविधानसभामा उनको पार्टी सबैभन्दा ठूलो दल भयो। कतिसम्म ठूलो भने, प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले प्राप्त गरेको कुल सिट संख्या जोड्दा पनि एमाओवादीबराबरको हैसियत पुग्दैनथ्यो। यस्तो जनमतले पनि सत्तामा रहँदा होस् या बाहिर, पाँच वर्षयता नेपाली राजनीतिमा एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख भूमिका रह्यो।
तर, दोस्रो संविधानसभाको परिणाम आइपुग्दा प्रचण्ड नेतृत्वको एमाओवादी पार्टी तेस्रो स्थानमा खुम्चिन पुग्यो। चुनावको चार महिनाअघि प्रचण्डबाहेक अरू सबै नेताहरूको पद घटुवा हुनु, केन्द्रीय समितिले चुनाव परचिालनको सर्वोच्च कमान्डर अध्यक्षलाई नै बनाउनु तर चुनावमा सोचेविपरीत हार बेहोर्नुले पार्टीभित्र र बाहिर प्रचण्डको साख निकै खस्किइसकेको रहेछ भन्ने बुझ्न कठिन थिएन। नतिजा यस्तो आएको छ कि, जुन 'स्पेस'मा न उनी सरकार बनाउने हैसियत राख्छन्, न त संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न नै सक्छन्। किनभने, यसपटक संविधानसभामा कांग्रेस-एमाले र केही साना पार्टी सम्मिलित हुनासाथ सजिलै दुईतिहाइ पुग्ने अवस्था छ।
एमाओवादी पार्टीले पहिलो र दोस्रो संविधानसभाको चुनावी घोषणापत्रमा जसरी प्रचण्डलाई भावी कार्यकारी राष्ट्रपतिका रूपमा उभ्याएको थियो, त्यो दुवैपटक पूरा हुन सकेन। सामान्य अवस्थामा राष्ट्रपति त परै जाओस्, उनी प्रधानमन्त्रीसमेत बन्न सक्दैनन्। अबको संविधानसभामा प्रचण्डका बार्गेनिङ् कार्डहरू कमै मात्र बाँकी रहनेछन्।
त्यसो त प्रचण्ड नेतृत्वको पार्टीमा यतिखेर नीतिगत संकट देखा परेको छ। गत माघमा सम्पन्न एमाओवादीको सातौँ महाधिवेशनले संविधानसभाबाटै संविधान बनाउने कार्यदिशा पारति गरेको थियो तर अहिले सोही पार्टीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निष्पक्ष छानबिन नभए संविधानसभा प्रक्रियाबाट बाहिरनिे धम्की दिएको छ। प्रचण्डको संयोजकत्वमा बनेको १३ दलीय मोर्चामा नामै नसुनिएका लोक दल, नेपाली जनता दलजस्ता पार्टीहरूसमेत समावेश छन्। त्यस्ता पार्टीले समानुपातिकमा १० हजारभन्दा बढी मत पनि ल्याएका छैनन्। उनी त्यस्ता दललाई लिएर तत्काल सडक संघर्षमा उत्रिने सम्भावना पनि देखिँदैन। यसैबाट प्रस्टिन्छ, प्रचण्ड अहिले कति रक्षात्मक अवस्थामा छन् भनेर।
यद्यपि, प्रचण्डले आफूहरू विगतमा भएको १२ बुँदे सहमति र बृहत् शान्ति सम्झौताको प्रक्रियाभन्दा बाहिर नजाने प्रतिबद्धता जनाएका छन्। त्यसो भन्नुको पनि खास अर्थ छ। १० वर्षे द्वन्द्वको बेला होस् या बृहत् शान्ति प्रक्रिया सम्झौताको अवस्था, यी दुवै बेला नेपाली राजनीतिको मियो उनकै वरपिर िघुमिरह्यो। पहिलो संविधानसभापछि दोस्रो संविधानसभासम्मको नेपाली राजनीतिकोे केन्द्रमा प्रचण्ड नै रहे। सत्ताबाट बाहिरएिपछि उनी राजनीतिको 'किङ्मेकर' बन्न खोजिरहे। निर्वाचनको परण्िाामपछि प्रचण्डको त्यो साखमा गिरावट आएको छ। अझै पनि उनी आफूलाई १२ बुँदे र बृहत् शान्ति सम्झौताको हिस्सेदार ठानिरहेका छन्।
राजनीतिशास्त्री कृष्ण हाछेथुका विश्लेषणमा प्रचण्ड राजनीतिमा स्थापित हुनुमा तीनवटा कारण उल्लेख्य छ। पहिलो हो, एक्स्िट्रमिस्ट अपोजिसन अर्थात् आक्रामक विपक्षी। प्रचण्ड विपरीत धु्रवको राजनीतिबाट चाँडो स्थापित भएको नाम हो। प्रचण्डको राजनीतिक कद बढ्नुमा भने माओवादी सशस्त्र विद्रोह एउटा महत्त्वपूर्ण कारक थियो।
र तेस्रो, चुनावी सफलता। ०६४ सालको पहिलो संविधानसभा चुनावपछि माओवादी ठूलो पार्टीका रूपमा स्थापित भयो। जसबाट गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य पनि प्रचण्डले पाए।
यी यावत् कारणले बनेको प्रचण्डको छवि चुनावका बेला ठूलठूला ब्यानर र पोस्टरमा भावी राष्ट्रपति भन्दै प्रचार गरयिो। २ असार ०६३ मा पहिलोपटक बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको प्रस्तुति आफैँमा 'करिस्म्याटिक' थियो। उनको कुरा सुनेर मान्छेले 'ओहो, यो मान्छे त चामत्कारकि पो रहेछ' भन्ने धारणा बनाए। यो धारणाले चुनावको परण्िाामसम्म निरन्तरता पायो। त्यो अद्भुत 'इमेज'को पारो धेरै चाँडो तल खस्यो पनि। सार्वजनिक रूपमा बोल्ने शैलीमा प्रचण्डको स्थिरता देखिएन। बाहुन/क्ष्ात्रीहरू भेट्न पुग्दा उनले त्यो समुदायलाई आदिवासी भन्न भ्याए। जनजातिको समूह आउँदा उनीहरूलाई 'सडकमा जानूस्' भनेर निर्देशनसमेत दिए। उनको यस्तो विरोधाभास शैली सञ्चारमाध्यममार्फत जनतासामु उदांगिँदै गयो। अन्य राजनीतिक दलका नेताहरूले पनि उनको दोहोरो पटकपटक 'एक्सपोज' गरििदए।
प्रचण्डका कतिपय निर्णय बुमर्याङ भए। जस्तो, प्रधानसेनापतिको कार्यकाल चार महिनापछि नै सकिने थियो। त्यति समय पनि कुर्न नसक्नु उनको ठूलै कमजोरी रह्यो। उनले एकको विरुद्ध दोस्रोलाई खेलाएर सधैँ आफूलाई केन्द्रमा राख्ने रणनीति अवलम्बन गररिहे, जुन सधँै काम लागेन। राष्ट्रिय नेताले आफूलाई मन नपरेको कुरामा असहमति त राख्छ तर सम्झौताचाहिँ गर्दैन। त्यो बेला प्रचण्डले नेतृत्व गरेको पार्टीमा बल्भिmएको विवाद आकाश-जमिनको फरक थियो। एउटा सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने, अर्को संविधानसभाको लाइनबाट जाने। त्यसमा एकले अर्कोलाई खेलाएर प्रचण्ड आफू सधैँ केन्द्रमा रहिरहन चाहे। त्यो भनेको कुनै समयको रणनीतिक खेल मात्रै हो। लामो समयसम्म त्यो चल्न सक्दैनथ्यो। अन्ततः पार्टी फुट्यो।
पार्टीभित्र पनि उनका कुरा विवादरहित थिएनन्। त्यसको अतिवादी गठबन्धनको रूपमा धोबीघाट बैठकलाई लिन सकिन्छ। त्यो प्रचण्डविरोधी विचारको समूह थियो। पार्टीभित्र उनको विचार सबैलाई मान्य भएन र त्यसबाट विभाजित भई नेकपा-माओवादीको जन्म भयो। उनको नेतृत्वकालमा पार्टी फुट्यो। र, पार्टी फुट नै त्यस्तो महत्त्वपूर्ण कारण बन्न पुग्यो, जसले निर्वाचनमा सर्मनाक हार बेहोर्न बाध्य हुनुपर्यो।
घटनाक्रमले के देखाउँछन् भने एमाओवादी अध्यक्ष प्रचण्ड आगामी दिनमा दोहोरो मारमा पर्दै छन्। एमाओवादी एजेन्डाविहीन राजनीतिक पार्टी बन्दै गइरहेको छ। उसको क्रान्तिकारी नारा वैद्य माओवादीले हरण गरसिकेको छ। निर्वाचनको परण्िाामले पहिचानसहितको संघीयताको नारा पनि अस्वीकार गरििदएको छ। आफूलाई सुधारवादी शक्तिका रूपमा स्थापित गराउन खोजेमा कांग्रेस, एमालेले नै त्यो स्थान ओगटिसकेका छन्। एमाओवादीका अधिकांश नेता-कार्यकर्ताको जीवनशैली, कार्यशैली नियाल्दा उनीहरूको वर्गीय चरत्रि क्रमशः स्खलित हुँदै गइरहेको छ। आफूलाई कसरी पहिचान दिने र स्थापित गराउने भन्ने समस्या एमाओवादीमा चुलिँदो छ।
प्रचण्डका कतिपय यस्ता कुरा छन्, जसमा उनको प्रतिबद्धता वा सैद्धान्तिक आवरण एउटा छ तर व्यवहार अर्को देखिन्छ। नेकपा -मशाल)को पृष्ठभूमिबाट राजनीतिमा उदाएका प्रचण्डको कुनै बेलाको धोको हो, समकालीन विश्वको कम्युनिस्ट आन्दोलनको नेता बन्ने। द्वन्द्वकालमा सबैतिर उनकै तस्बिर मात्र छापिन्थे। उनकै तस्बिरको स्टीकरसमेत बनाइएको थियो, जसलाई कार्यकर्ताले छातीमा सजाएर राखेका हुन्थे। सशस्त्र विद्रोहले उचाइ लिँदै गर्दा उनले बढो चलाखीपूर्वक ०५७ सालमा पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा आफ्नै नामबाट प्रचण्डपथ पारति गराए। आफूलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताका रूपमा चिनाउन त्यसो गराएका थिए। शान्ति प्रक्रियापछि विभिन्न कम्युनिस्ट घटकबीच एकता हुँदा त्यो प्रचण्डपथ एकाएक मेटाइयो। युद्धको समयमा प्रचण्डपथका नाममा दुई दर्जनभन्दा बढी किताब लेखिएका छन् तर शान्ति प्रक्रियापछि प्रचण्ड स्वयंले त्यसलाई सजिलै हटाइदिए। यसबाट के बुझिन्छ भने उनी कुनै सिद्धान्त अनुसार आफू चल्दैनन्, बरू सिद्धान्तलाई आफू अनुकूलमा ढाल्न खोज्छन्।
प्रचण्डको राजनीतिक यात्रा ओरालो लाग्नुमा राष्ट्रियताको नारा आफू अनुकूल उठाउनु र बेवारसि छाड्नुमा पनि छ। एकातिर उनले राष्ट्रियताको मुद्दा उठाइरहेका थिए, अर्कातिर सिंगापुरदेखि सिलिगुडीसम्म अनेकन संदिग्ध भ्रमण गररिहेका थिए। यस्तो द्वैध चरत्रिले पनि उनको शाख दिनानुदिन घट्दै गइरहेको थियो।
प्रचण्डलाई विगतमा स्थापित गर्ने मोहन वैद्य, रामबहादुर थापा, देव गुरुङ सैद्धान्तिक आधारमा धेरै पर पुगिसकेका छन्। फरक पार्टीको जिम्मेवारीमा रहँदैदेखि उनलाई सहयोग गर्दै आएका नारायणकाजी श्रेष्ठसँग त्यति हिमचिम छैन, उनको। बाबुराम भट्टराईको साथ छाडेर ०५४/५५ सालदेखि नै प्रचण्डलाई सहयोग गर्दै आएका हरबिोल गजुरेलसमेत निर्वाचनअघिको जिम्मेवारी बाँडफाँटबाट निकै असन्तुष्ट बनेका छन्। स्रोतका अनुसार गजुरेलले आफू पुरानो र पूर्वाञ्चलको स्थायी बासिन्दा भएका नाताले पूर्वी कमान्ड इन्चार्ज भएर निर्वाचनको रथ हाँक्न चाहेका थिए। तर, गजुरेलभन्दा निकै कनिष्ठ रोल्पाली नेता वर्षमान पुनलाई प्रचण्डले पूर्वमा निर्वाचनको कमान्डर बनाएर पठाए। त्यसपछि गजुरेलको सम्बन्ध प्रचण्डसँग झन्झन् टाढिँदै गएको स्रोतको दाबी छ। गजुरेलको साथ छोडाइ प्रचण्ड पार्टीभित्र झन् कमजोर बन्दै जानुको संकेत हो।
सशस्त्र विद्रोहको करबि चार वर्षसम्म गुमनाम नाम हो, प्रचण्ड। कतिसम्म भने ०५५ मा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेस नेता रामचन्द्र पौडेलले प्रचण्ड नामको व्यक्ति नै नभएको र सशस्त्र युद्ध निर्मल निवासबाट सञ्चालित भइरहेको अभिव्यक्ति दिएका थिए। भलै, त्यसको केही समयअघि (भदौ ०५५)मा भारतको फरदिावादमा सम्पन्न चौथो विस्तारति बैठकबाट प्रचण्डले आपmनो तस्बिर सार्वजनिक, नेतृत्वको केन्द्रीकरण र आपmनो भनाइ उद्धरण गर्नुपर्ने निर्णय गराएका थिए। त्यसपछिका केही वर्षसम्म उनी पार्टीभित्र झन् शक्तिशाली देखिए। माघ ०५७ सालमा भारतकै भटिन्डामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेपाली क्रान्तिको मार्गदर्शन सिद्धान्त 'प्रचण्डपथ' पारति भयो। नेतृत्व केन्द्रीकरणपछि उनी महामन्त्रीबाट अध्यक्षमा पदोन्नति भए। प्रचण्डपथबारे मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापालगायत माओवादी नेताहरूले स्तुति गाएर लेखे।
आफ्नो नामबाट पार्टीको मार्गनिर्देशक सिद्धान्तमा नाम जोडिनेमा जीवित नेतामा पेरुका गोन्जालोपछि प्रचण्ड मात्र हुन्। दोस्रो राष्ट्रिय सम्मेलनपछि भएको बहुचर्चित चुनबाङ बैठकले पनि अध्यक्ष प्रचण्डलाई असीमित अधिकार दियो। दोस्रो संविधानसभा निर्वाचनको घोषणापत्रमा पनि प्रचण्डबारे 'जसको नीति उसको नेतृत्व, राष्ट्रका नेता अध्यक्ष प्रचण्ड' उल्लेख छ। पार्टीभित्र र बाहिर 'चमत्कार' गर्दै आएका प्रचण्डको अबको भूमिका के ? विगतमा प्रत्येक शब्दमा गह्रौँ अर्थ बोक्ने गरेका प्रचण्डका पछिल्ला अभिव्यक्ति 'म आगामी राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री'जस्ता अभिव्यक्तिप्रति अहिले खिसिट्युरी हुन थालेको छ।
के प्रचण्डको राजनीतिक यात्रा ओरालो लागेकै हो त ? एमाओवादी प्रवक्ता तथा सिन्धुपाल्चोक-२ बाट निर्वाचित सभासद् अग्निप्रसाद सापकोटाका शब्दमा एमाओवादीको उदारता र केही प्राविधिक कमजोरीका कारण मात्र निर्वाचनमा प्रतिधक्का खप्नुपरेको हो। उनको दाबीमा धक्का खानुपरे पनि पार्टीलाई प्रथम शक्ति बनाएरै छाड्ने ऊर्जा र इच्छाशक्ति प्रचण्डमा छ। "विज्ञानलाई केही समय भ्रमित पार्न सकिएला। तर, प्रचण्डको नेतृत्वलाई कसैले ओरालो लगाउन सक्तैन," प्रवक्ता सापकोटा भन्छन्, "तपाईंहरू लेखेर राख्नूस्, आगामी दिनमा प्रचण्डकै नेतृत्वमा हाम्रो पार्टीले चमत्कार गरेर देखाइदिनेछ। त्यस दिन एमाओवादी र प्रचण्डको ओरालो यात्रा देख्नेहरू शिर झुकाएर हिँड्नेछन्।"
राजनीतिशास्त्री कृष्ण हाछेथुका बुझाइमा, पछिल्लो समयमा प्रचण्डको छविसँग असफलता जोडिएको छ। "लोकतन्त्रको फाइदा भनेको आवधिक निर्वाचन हो। अर्को निर्वाचन आउने बेलासम्म आफ्नो पार्टीलाई बलियो बनाउन प्रचण्डले के के गर्छन्, त्यसमै उनको छवि निर्धारण हुन्छ," हाछेथु भन्छन्, "पहिलो संविधानसभा निर्वाचनका बेलासम्म उनको छवि एउटा उचाइमा पुगेको थियो, अहिले त्यो केही खस्कियो। आगामी दिनका व्यवहारका आधारमा उनको छवि माथि र तल जता पनि जान सक्छ।"
निर्वाचनको परिणामलाई अस्वीकार गरेर अर्कै राजनीतिक बाटोमा जाने विकल्प पनि प्रचण्डका अगाडि सीमित छ। हेटौँडा महाधिवेशनको दस्तावेज अनुसार उनी पार्टीलाई जनयुद्धमा फर्काउन सक्दैनन्। निर्वाचन धाँधलीपूर्ण भयो भनेर सडक राजनीतिमा आउनु भनेकै उनी हास्यपात्र हुनु हो। अब प्रचण्डका लागि एउटै बाटो भनेको 'रुल अफ दी गेम'लाई स्वीकार्नु हो, यसपटक एउटाले जित्यो भने अर्कोपटक अर्कोले जित्न सक्छ। प्रचण्डले पनि आफ्नो पार्टीको पक्षमा परण्िााम ल्याउन नसक्ने होइनन्, त्यो उनको भावी कार्यशैलीमा निर्भर रहनेछ।
"कम्युनिस्ट राजनीतिको रंगमञ्चमा यस्ता घटना निकै कम छन्, जो एकपटक शक्तिको शानबाट कमजोर भएपछि पुनः उत्तिकै शक्तिका साथ उदाएका हुन्। प्रचण्ड पनि सम्भवतः यसै कोटीमा दर्ज हँुदै छन्," राजनीतिक विश्लेषक टीका ढकाल भन्छन्, "प्रचण्ड उचाइबाट तल झररिहेका छन्। संसारको इतिहासलाई नियाल्दा उनी पूर्ण शक्तिका साथ पुनः सत्तामा फर्किने सम्भावना क्षीण छ।"
सिमाना निर्धारण गर्न जनमतसंग्रह गर्नुपर्ने प्रचण्डको अभिव्यक्तिले उनको दृष्टिकोणमा रहेको अबुझपन देखाउँछ। "वाम राजनीतिबाट दीक्षित व्यक्तिले व्यावहारकि राजनीतिको सैद्धान्तिकरण गर्न सिक्छ। तर, प्रचण्डले सिकेनन्," विश्लेषक ढकाल भन्छन्, " नेपालमा पुँजीवादी प्रजातन्त्रको मध्यमार्गको नेतृत्व कांग्रेसले गर्छ। वाम प्रजातान्त्रिक मध्यमार्गको नेतृत्व एमालेले गर्छ। यसर्थ, नेपाली राजनीतिको सत्तामा प्रचण्डको पुनःउत्थान सम्भव देखिन्न।"
'परिवर्तनकारी नेता म्यानेजरियल भइदिए'
- कृष्ण हाछेथु
राजनीतिशास्त्री
'माओवादी जनवाद मौलिक विचार होइन'
- टीका ढकाल
राजनीतिक विश्लेषक
(आवरण तस्बिर: संजोग मानन्धर)
साभार : नेपाल साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !