सम्मको जिम्मा चाउचाउले लिएकै छन् । फोन गर्नु पर्यो ncell ले सित्तैमा दिन्छ । नगद चाहियो बैन्कहरु हामी छौ भनिराकै छन । खानेकुराको ,पोषणको र स्वास्थ्यको त झन चिन्तै भएन . भिटामिन, मिनरल,खनिज लगायत शरीरलाई चाहिने सम्पूर्ण चिज चाउचाउमै छ्दैछ । एउटा चाउचाउ उमालेर खायो अरु केही खानै परेन। गएछन दु:खका दिन ! अलिकती चिन्ता देशको थियो त्यैपनी "राष्ट्र निर्माण हाम्रो जिम्मेबारी" भन्दै डन्डी र सिमेन्टले पुरै देश बिकासको जिम्मा लिइहाले । अब नेताको पनि केही काम भएन । अब संबिधान नबन्ला कि भनेर पनि चिन्ता गर्नु परेन एक बर्ष भित्रमा हामी बनाउछौ संबिधान भन्दै कुनै नयाँ सिमेन्ट फ्याक्ट्रि खुल्ला नि ! अब बालाई स्लिपिङ ट्याब्लेट पनि खुवाउनु परेन पिपिआर पाइप र फिटिङ बा को सिरानी मुनी हाल्दियो बा ढुक्कले निदाउनु हुन्छ । आफुपनी एक सेट पाइप हालिन्छ सिरानमुनी अनी ढुक्कले सुतिन्छ । गए दु:खका दिन ......
-By: Traaz adhikari

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !