सेन्सर बोर्डका कर्मचारीको लापरवाही यति मात्र छैन । सेन्सर बोर्डकी कर्मचारी उषा लोहनीले आफ्नो १० बर्षे छोरालाई समेत बोकेर सिनेमा हेर्न कुमारी हल पुगेकी थिइन् । ‘सिनेमा जस्तोसुकै बिषयमा पनि बनेको हुनसक्छ, १० बर्षे बालकलाई लिएर हलमा सिनेमा सेन्सर गर्न पुग्नु कतिसम्मको लापरबाही हो’ चलचित्र निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलले भने ।
चलचित्र सेन्सर बोर्डका कर्मचारीले शनिबारको दिन पनि सरकारी सामानाको दुरुपयोग गर्दै विदेशी सिनेमाको सेन्सर गर्नु चरम लापरबाही हो भन्ने चलचित्रकर्मीको ठहर छ । संघर्षरत चलचित्रकर्मीहरुले सेन्सर बोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेललाई आन्दोलन चर्किरहेको समयमा सेन्सर नगर्न लिखित पत्र बुझाएपछि हलिउड सिनेमा ‘चाइजिन जोडायक’ को सेन्सर रोकिएको छ ।
चलचित्र सेन्सर बोर्डका कर्मचारीले सिनेमाको मर्म नै नवुझिकन सेन्सर गर्दा थुप्रै नेपाली सिनेमाका निर्माताहरु पछिल्लो समयमा पिडित बनिरहेका छन् । चलचित्र सेन्सर बोर्डमा राजनीतिक नियुक्ती हुदा सिनेमाको मर्म नवुझेका मानिसहरुको बाहुल्यता बढ्दै गएको छ । यसले नेपाली सिनेमाका निर्माताहरुलाई झनै पिडित बनाएको छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !