सर्च इन्जिनमा सवैभन्दा धेरै सर्च गरिने बिषय पनि यही हो । गुगलमा तपाईले हु भ्युज माई फेसबुक प्रोफाइल भनेर सर्च गर्नुभयो भने हजारौं नतिजा प्राप्त
हुन्छन् ।
कसैले एप्लिकेसन र कसैले अनेकथरि टिप्स दिएका हुन्छन् । कतिपय यस्ता टिप्स र टुल्सले काम गरेको दावी पनि गरेका छन् ।
तर, यी सवका बाबजुद पनि सत्य के हो भने फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्यो भन्ने सूचना थाहा पाउन सकिदैन् ।
हो, फेसबुकलाई थाहा हुन्छ कि तपाईको प्रोफाइल कसले चेक गर्यो ? तर, उनीहरुले अहिलेसम्म यो तथ्याङ्क प्रयोगकर्तालाई दिएका छैनन, जसका कारण अहिलेसम्म जोजसले फेसबुक प्रोफाइल हेरेको थाहा पाउने टुल भनेर दावी गरिरहेका छन ती सवै झुट हुन, उनीहरुले चाहँदैमा फेसबुकका सूचना ल्याउन सक्दैनन् । फेसबुकको आधिकारिक पेजमा यसबारेमा प्रष्टै भनिएको छ ।
यदि तपाईले फेसबुक प्रोफाइल हेरेको जानकारी दिने दावी गरिएका कुनै एप इन्स्टल गर्नुभएको छ भने त्यसलाई फटाफट हटाउनु नै बुद्धिमानी हुन्छ । यदि त्यस्ता एप्लिकेसनले तपाईको कम्प्युटरमा अनाबश्यक स्क्रिप्ट फैलाएको वा तपाईको गोपनियता भंग गरेको पाइएमा तपाईले उजुरी पनि गर्न सक्नुहुन्छ ।
साभार : अनलाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !