CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रमेश खरेल विरुद्ध खनिए प्रहरीका हाकिम

रमेश खरेल विरुद्ध खनिए प्रहरीका हाकिम



Ramesh-kharelप्रहरी प्रधान कार्यालयमा सोमबार भएको साप्ताहिक बैठक काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको आलोचनामै केन्द्रित भएको छ।
महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा भएको बैठकमा कार्य विभागका निमित्त प्रमुख डीआईजी केदारप्रसाद साउद, प्रशासन विभागका निमित्त प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारी, मानव स्रोत संसाधन
विभागका निमित्त प्रमुख प्रमुख डीआईजी रमेशशेखर बज्राचार्य र तालिम निर्देशनालयका प्रमुख डीआईजी गणेश राई थिए।
त्यस्तै नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त प्रमुख डीआईजी नारायण बास्ताकोटी, अपराध अनुसन्धान विभागका निमित्ति प्रमुख डीआईजी सुरेन्द्रबहादुर शाह, लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी प्रतापसिंह थापा, महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी विश्वराजसिंह शाही र विशेष ब्युरोका निमित्त प्रमुख एसएसपी देवेन्द्र सुवेदी पनि बैठकमा उपस्थित थिए।
बैठकमा एसएसपी खरेललाई जथाभाबी बोल्न संगठन प्रमुखले धेरै छुट दिएको भन्दै आक्रोश व्यक्त गरिएको थियो।
बैठकका सहभागीले खरेलले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताले प्रहरी संगठनभित्र र बाहिर नराम्रो सन्देश गएको भन्दै महानिरीक्षक अर्यालको ध्यानाकर्षण गराएका थिए। प्रहरीको मिडिया नीतिभन्दा बाहिर गएर खरेल प्रस्तुत भएको भन्दै उनीहरू कड्किएका थिए। ‘खरेल काठमाडौंका प्रहरी प्रमुख हुन् कि समग्र प्रहरी संगठनका प्रमुख हुन्? उनले जे बोले पनि हुने? यसको जबाफ कसले दिन्छ?’, एक डीआईजीले नेतृत्वसँग प्रश्न गरेका थिए।
सस्तो लोकप्रियताका लागि खरेलले सञ्चारमाध्यममा खुलेरै राज्यको संयन्त्र कमजोर छ भन्ने अभिव्यक्ति दिएको विषयमा पनि सहभागीले प्रश्न उठाएका थिए। ‘प्रहरी महानिरीक्षकले समेत यो राम्रो र त्यो नराम्रो प्रहरी अधिकृत नभनेको अवस्थामा एसएसपीले डीआईजीको मूल्यांकन गर्ने? यो छुट खरेललाई कसले दियो?’, बैठकमा सहभागी डीआईजीहरूको प्रश्न थियो।
खरेलले केही दिनअघि सञ्चारमाध्यममा प्रहरी संगठनमा महानिरीक्षक अर्याल, डीआईजी भण्डारी, विज्ञान शर्मा, शाह, नवराज सिलवाल र एसपी प्रद्युम्न कार्कीबाहेक अरू राम्रा नदेखेको अभिव्यक्ति दिएका थिए।
काठमाडौंको पुलिसिङ सुन्ने र थुन्नेमा जानुपर्नेमा थुन्ने र सुन्नेमा गएको भन्दै आलोचनासमेत भएको थियो। खरेलले हनुमानढोकामा आफूलाई भेट्न पुगेका बलराम सापकोटा (बले) र एउटा कार्यक्रममा सहभागी भएको अवस्थामा बाघे भन्ने शुक्रबहादुर लामालाई पक्राउ गरेका थिए। त्यस्तै खरेलले गुन्डाविरुद्ध अप्रेसनका नाममा पहिला पक्राउ गर्ने र पछि जबर्जस्ती जाहेरी दिन लगाएर मुद्दा चलाउने गरेको रिपोर्ट छ ।
खरेलले सेलिब्रेटीले दिने अन्तर्वार्ता जस्तै सुशील कोइराला, कमल थापा, रवीन्द्र अधिकारी र गगन थापा आफूलाई मनपर्ने नेता भएको बताएका थिए। प्रहरीको बर्दी लगाएर यो नेता मनपर्छ, यो मन पर्दैन भनेर अभिव्यक्ति दिन नमिल्ने प्रहरी अधिकारीहरूको भनाइ थियो।
जबाफमा महानिरीक्षक अर्यालले खरेललाई मिडिया नीतिअन्तर्गत रहेर बोल्न सचेत गराइसकेको बताएका थिए। ‘कुनै पनि प्रहरीलाई सेलिब्रेटी बन्न मन छ भने बर्दीबाहिर रहेर बने हुन्छ। बर्दीमा रहेर अरूको मानमर्दन गर्ने छुट कसैलाई छैन’, अर्यालले भनेका थिए।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले आन्तरिक छलफलका लागि साप्ताहिक बैठक भएको तर सञ्चारमाध्यममा दिने उल्लेखनीय विषय केही नभएको बताए ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis