CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मैले बहिनीलाई घरमा सेवा गर्न पठाएको हो : दिलशोभा श्रेष्ठ

मैले बहिनीलाई घरमा सेवा गर्न पठाएको हो : दिलशोभा श्रेष्ठ

जहाँ भएपनि सेवा नै त हो भन्ने सोचेर मैले उहाँको घरमै गएर सेवा गरौ भनेर ती बहिनीलाई त्यही पठाए । त्यस दिन बेलुका बहिनी ती वृद्ध आमाको घरमा जानु भएको थियो । त्यति बेला मैले आमालाई फोन गरेर रातो लुगा लगाएर आउने नानी छन् । मन्दिरमा आएर बस्नु ,दिनभर म कहाँ बस्छिन् राती तपाईकोमा राखेर हजार पन्ध्रसय दिनु पनि भनेको थिए ।
 
घरबाट फालेका मान्छेलाई पालेर समाजसेवाका रुपमा राम्रो नाम कमाएकी दिलशोभा श्रेष्ठबारे अचानक यौन दुराचारको आरोप लागेको छ । सन्चार माध्यममा समाचार आएपछि प्रशासनले पनि छानविन सुरु गरेको छ । बुधवारमात्रै बालबालीकालाई त्यहाँबाट निकालीएको छ । उनले गरेको टेलिफोन कुराकानी र सन्चार माध्यममा आइरहेको समाचार के हो ? हामीले श्रेष्ठसँग टेलिफोनबाट छोटो कुराकानी गरेका छौ ।
 
के छ सन्चै हुनुहुन्छ ?
 
अहिले अलि सन्चो छैन । 
 
के भयो ?
 
खै मलाई के के नचाहिने आरोप आइलाग्यो म केही जान्दिन । 
 
तपाईले गर्नु भएकै कुरा भनेका त होला नी ?
 
मैले यौन दुराचार भनेको थाहा नै पाएको छैन । मैले केही जानेको छैन न्यानो कुरा न्यानो मायामात्रै जानेको छु । तपाईलाई विश्वास लाग्दैन भने हेर्न आउनुहोला । 
 
अनि  तपाईले केही नगरेको भए किन प्रशासनले छानविन सुरु गरेको त ?
 
मैले नियम कानुन नजानेर भूल गरे । मैले त न्यानो माया मात्र गर्न जानेको छु । पढेको छैन । ५ वर्ष भैसक्यो मैले बच्चा पालेको तर अनुमति लिएको थिइन । नियम कानुन त भर्खर आएको रहेछ केही थाहा पाइन ।
 
आश्रयमा बसेका बालिकालाई यौनदुराचारमा लगाउनु हुन्छ भन्ने आरोप त्यसै लगाएका हुन उसो भए ? 
 
यहाँ श्रीमानले छोडेको भनेर बिहान बेलुका खाना बनाउन आउने एक जना महिला छन् । उहाँका बालबच्चाको लागि ८ हजार चाहिन्छ भन्नु भएको थियो मेलै ५ हजार दिएको हो, उहाँको राम्रो होस् भनेर । कालिमाटीकी एक जना धनी आमा हुनुहुन्छ जो हामी कहाँ आइरहनु हुन्थ्यो । पछि उहाँका परिवारले इज्जत जान्छ भनेपछि आउँन गाह्रो मान्नुभयो ।
 
जहाँ भएपनि सेवा नै त हो भन्ने सोचेर मैले उहाँको घरमै गएर सेवा गरौ भनेर ती बहिनीलाई त्यही पठाए । त्यस दिन बेलुका बहिनी ती वृद्ध आमाको घरमा जानु भएको थियो । त्यति बेला मैले आमालाई फोन गरेर रातो लुगा लगाएर आउने नानी छन् । मन्दिरमा आएर बस्नु ,दिनभर म कहाँ बस्छिन् राती तपाईकोमा राखेर हजार पन्ध्रसय दिनु पनि भनेको थिए । ती आमासँग फोनमा गरेको कुरालाई म सँगै बसेका दुई जना कर्मचारीले रेकर्ड गरेर यस्तो झुटो आरोप लगाएका रहेछन् । पछि थाहा पाएपछि निकै चित्त दुख्यो ।
 
फोनमा तपाईले गरेको कुरा प्रष्ट नै छरे ? 
 
(रुदैँ) होइन बाबा म माथि लागेको त्यस्तो यौन दुराचारको आरोप एकदमै झुटो हो । मैले नियम जानिन त्यत्ति हो मरो अपराध भनेको । मैले बालबच्चा पाल्ने कानुन थाहा नपाएर गल्ति गरेछु । मलार्ई यो कुरा कसैले पनि सिकाई दिएनन । मैले रोडमा सुतेको बच्चालाई ल्याए पाले । उनीहरुलाई राख्ने ठाउ थाहा पाएको भए । मैले माया गरेर त्यहि पुर्याईदिन्थे ।
 
तपार्ई माथि धेरै मुद्धा लागेको छ, समाचार पनि प्रकाशित भैसकेको छ ,के भन्नु हुन्छ ?
 
एकदुई जना पागल आमाहरुले भन्दैमा यो कुरा साँचो हुदैन । यहाँ आएर सबैसँग सोधेपछि तथ्य कुरा बाहिर आउँछ । नखाएको विष त लाग्दैन नी । पछि सत्यतथ्य कुरा बाहिर आएपछि सबैले थाहा पाउँछन् । हामी पनि मुद्दामा जान्छौँ । मैले कसलाई के गरे थाहा भै हाल्छ नी ।
 
अब तपाई के गर्नु हुन्छ ?
 
उहाँहरुले मैले पालेको बच्चाहरु लिएर जानु भएको छ । मैले सल्लाहले नै लैजान दिएको छु । उहाँहरुलाई मेरो बच्चा मात्र होइन आमा नै लगे पनि दिन्छु । पछि अरुलार्ई ल्याएर पाल्छु भनेकी छु । मलार्ई यौन आरोप लगाउदाँ निकै चित्त दुखेको छ । मैले नियम थाहा पाइन त्यसमा भने केही गुनासो छैन ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis