बोलाएपछि आन्दोलनले यस्तो रुप लिएको हो। अब विश्वले चिन्नेछ नेपाल भन्दै गिनिज बुकमा नाम लेखाएको टिभी यसअघि पनि स्याटेलाइटको भाडा नतिर्दा प्रसारण अवरुद्ध भएको थियो।
प्रस्तोताको आन्दोलनलाई एमसीआरका कर्मचारी तथा पत्रकारहरुले समर्थन गरेका छन्। बिहीबार सांझको समाचार चिफ को–अर्डिनेटर चिरञ्जीवी देवकोटा आफैले पढेका थिए। शुक्रबार पनि चिरञ्जीवीलाई व्यवस्थापन पक्षले समाचार पढ्नका लागि आग्रह गरेका थिए तर उनी समाचार पढ्नका लागि तयार नहुँदा केही महिना अघि राजिनामा दिएकी अनिता सिलवाललाई समाचार पढ्नका लागि बोलाएको थियो। आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले बाहिरबाट समाचार पढ्नका लागि मानिस ल्याएको भन्दै एमसीआरका कर्मचारीहरुले आन्दोलनमा समर्थन जनाएको स्रोतले बताए।
एक कर्मचारीले भने ‘शुक्रबार ८ बजेबाट कुनै पनि समाचार तथा कार्यक्रमहरु प्रसारण गर्दैनौं मात्र फिलर बजाउँछौं।’ अहिले हामी उत्तरदायित्व, रियल फेस, इस्यू अफ द डे, ३५ एमएम फिल्मी सो, आमा, आपांता आवाज, हतकडी, हाइवे एक्स्प्रेस, न्यायिक अभियान र गीतहरु पटकपटक प्रसारण भइरहेको छ ।
शनिबार बिहान १० बजे टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचरीहरुले चौरमा घाम तापेर बसेका थिए। उनीहरुले ७ महिनादेखि बाँकी रहेको तलब नदिएसम्म काममा नर्फकिने बतएका छन्।
नेपाली पत्रकारिता इतिहासमा सम्भवतः पहिलो पटक यसरी समाचार र प्रोग्राम रोकेर आन्दोलन भएको हो। विदेशमा भने बीबीसी जस्ता प्रसारण संस्थाहरुका कर्मचारी पनि कार्यक्रम रोकेर आन्दोलनमा उत्रने गरेका छन्।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले यो घटनाबारे केही बोलेको छैन।
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !