CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » रक्सीमा बिक्न लाग्यो मिडिया, रक्सी एफएम घन्किँदै

रक्सीमा बिक्न लाग्यो मिडिया, रक्सी एफएम घन्किँदै

starनेपाल सरकारले चुरोट र रक्सीको विज्ञापन रेडियो र टेलिभिजनमा गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ। तर काठमाडौँको एउटा चलेको एफएम रेडियो स्टेसन स्टार एफएम अब रक्सीमा बिक्ने तयारी हुँदैछ।
स्टार एफएम प्रालिको नाममा दर्ता भएको कम्पनीको नाममा संचालित स्टार एफएम अब भोड्काको एउटा ब्राण्ड रुस्लान भोडकालाई भाडामा दिने तयारी भएको छ। सञ्चार मन्त्रालयमा भाडामा दिने प्रक्रिया अगाडि बढिरहेको छ। यदि भाडामा गएको खण्डमा स्टार एफएमको कल साइन परिवर्तन भएर रुस्लान एफएम हुनेछ। 


रुस्लान भोडकाको ब्राण्डलाई मिडियामा प्रचार गर्न नपाइएको अवस्थामा एफएमको नाम परिवर्तन गरी रुस्लान एफएम बनाएर प्रचार गर्न लागिपरेका छन् रुस्लान भोडकाका संचालकहरु।
स्टार एफएमका संचालक प्रदिप उदय र रुस्लान भोडकाका शुशील श्रेष्ठ एफएमको कल साइन परिवर्तन गर्न लागिपरेका छन्।
यदि यो भाडामा दिने सम्झौतालाई सञ्चार मन्त्रालयले अनुमति दिएको खण्डमा रुस्लान एफएम मात्र हैन, नेपाली संचारको आकाशमा घन्किने केही एफएमका नामहरु यस्ता हुनेछन्- रोयलस्ट्याग एफएम, रेडलेबल एफएम, टुवोर्ग एफएम, कार्ल्सवर्ग एफएम…।
सञ्चार मन्त्रालयका कर्मचारीहरुले पैसा खाएर एफएमको कलसाइन परिवर्तन गर्छन् कि सरकारको नियम अनुसार रोक्छन्, चाँडै हेर्न पाइनेछ।
यसअघि नै रुस्लान भोड्का उत्पादन गर्ने एसियन डिस्टिलरीले क्याच इन्टरटेनमेन्ट प्रा लि नाममा एउटा कम्पनी बनाएर रुस्लान म्युजिक र लोगोको ट्रेडमार्कसमेत दर्ता गर्दै सबको आँखामा छारो हालिसकेको प्रमाण माइसंसारले दुई वर्षअघि नै गरिसकेको छ।
ट्रेडमार्कको प्रमाणपत्रमा उद्योग विभागका निमित्त महानिर्देशकले हस्ताक्षर गरेका छन्। दर्ता गरिएको ट्रेडमार्कको लोगो हुबहु रुस्लान भोड्कासँग मिल्दो छ। के यो प्रमाणपत्रमा हस्ताक्षर गर्ने निमित्त महानिर्देशक वा यो फाइललाई उनीसामु पुर्‍याउने कर्मचारीले कहिल्यै रुस्लान भोड्काको लोगो नदेखेका होलान् र ? एउटा कम्पनीसँग मिल्दोजुल्दो लोगो ट्रेडमार्कका रुपमा कसरी दर्ता गर्‍यो उद्योग विभागले ? स्पष्ट छ, यो रुस्लान भोड्काको विज्ञापन गर्न खडा गरिएको फर्जी कम्पनी हो।
के हो १०० % म्युजिक भनेको ? म्युजिक पनि १०० % ५०% वा २५ % हुन्छ ? अल्कोहल पो हुन्छ। यति पनि नबुझी ट्रेडमार्क दर्ता गर्ने उद्योग विभागका कर्मचारीहरु कस्ता ?
सर्वोच्चको आदेश र सरकारको निर्देशनको उल्लङ्घन गर्ने गलत नियतले ट्रेडमार्क दर्ता गर्न आउँदा पनि खुरुक्क दर्ता गर्नका लागि हस्ताक्षर गरिदिएका थिए। अब सञ्चार मन्त्रालयको पालो आउँदै रहेछ।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis