थिए।
सिंहदरवारस्थित संसद सचिवालयको राज्य व्यवस्था समितिको बैठक हलमा प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई पर्खिदै गर्दा नेताहरूले तिहारमा कसले नाचेको राम्रो भन्ने प्रसंग निस्किएको थियो। एमाले नेता माधवकुमार नेपालले कांग्रेस नेता शेरबहादुर देउवाले रिपोर्टर्स क्लबको देउसीमा छमछमी नाचेको खुब सुहाएको बताएका थिए। जवाफमा देउवाले भने–कहाँ हुनु, म त नाच्न गाउन नजान्ने मान्छे त्यो ऋषि धमलाले तानेर नचाइहाल्यो। उनले आफूले भन्दा प्रचण्डले नाचेको राम्रो थियो भन्दै प्रसंग अन्तै मोडे। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि प्रचण्डजी राम्रो नाच्नुहुँदोरहेछ भन्दै धमलासँगै कम्मर मर्काएको प्रसंग झिके।
बैठकको संयोजन गरिरहेका संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आफू नाच्न नजान्ने मान्छे भए पनि अरु नेताहरूको नाचको प्रशंसा गरेका थिए। सबैभन्दा राम्रो नाच चाहिँ प्रचण्ड र गृहमन्त्री बामदेव गौतमको रहेको समीक्षा भएको थियो।
बैठकपछि संसद सचिवालयको चमेनागृहमा खाना खान गएका पूर्व प्रधानमन्त्री माधव नेपालले ऋषि धमलालाई बोलाउँदै ‘क्या हो, तपाईंको देउसी भैलोको निकै चर्चा भयो नि’ भन्दै बधाई दिएका थिए।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete