सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई भन्दा धुर्मुस र सुन्तलीलाई चिन्ने मानिस बढी छन्। यो जोडी टेलिशृंखला 'मेरी बास्सै'लाई मूल घर र आफ्नो घरलाई दोस्रो घर ठान्छ। यो टेलिशृंखलाले उनीहरूलाई चर्चित मात्र गराएन, घरजमसम्म पनि पुर्याञइदियो। पेशा र जीवन दुइटैमा सहकार्य गरिरहेका उनीहरूलाई सरकारले सफाइ दूत घोषणा गरेको छ। यतिबेला उनीहरू आफ्नो कलाकारिताका साथै सरसफाइ अभियानमा पनि सक्रिय छन्। उनीहरूसँग डिबी खड्काको कुराकानीः
सरकारले तपाईंहरूलाई नै सफाइ दूत घोषणा गर्नुको कारण के होला?
कुञ्जनाः सरकारको कार्यक्रम जुन वर्ग लक्षित छ, त्यहाँ हामी चर्चित छौँ।
सीतारामः हामीले 'चर्पी' भन्ने सिरियलमा अभिनय गरेका थियौँ। त्यहाँ कसैले बाटो सोध्दा पनि 'चर्पी छ?' भनेर प्रश्न गरिन्छ। चर्पी नभएकालाई छोरी नदिने मात्रै होइन, बाटो समेत नदेखाइदिने त्यो सिरियलको प्रोमो ७५ जिल्लामै देखाइएको रहेछ र लोकप्रिय पनि भएको रहेछ। त्यसले हामीलाई उपयुक्त ठहर्यासयो।
एउटै परिवारका दुईजनालाई दूत घोषणा नगरी अर्काे कसैलाई पनि गर्न सक्थ्यो नि!
सीतारामः हामी धेरै सरसफाइका कार्यक्रममा पहिले नै पुगिसकेका छौँ। खुला दिसामुक्त घोषणा कार्यक्रममा हामीलाई मास जम्मा गर्न बोलाइन्थ्यो।
कुञ्जनाः हाम्रो घरको जोडीभन्दा सिरियलको जोडी हिट छ। दम्पतीलाई नै बनाइदिँदा प्लानिङका लागि छुट्टै समय निकाल्नु नपर्ने हुनाले पनि यस्तो बठ्याइँ गरिएको हुनसक्छ।
सिरियलमा त तपाईंको जोडी झगडा गरिरहन्छ। घरमा चाहिँ तपाईंहरू मिल्नुहुन्छ कि मिल्नुहुन्न?
सीतारामः पर्फेक्ट लाग्दै–लाग्दैन। तर, बन्ने कोसिसमै छौँ। हास्य क्षेत्रमा हामी नै एउटा जोडी हौँ, जसको पेशा पनि एउटै छ। त्यसैले सकेसम्म हामीबीच रहेका असमझदारी सल्टाउँछौँ। सिरियलमा झगडा गरिरहने हामीले वास्तविक जीवनमा त्यस्तो गरेको कुरा बाहिर आउन दिने छैनौँ।
कुञ्जनाः श्रमिान्–श्रीमती बराबर भन्ने बोलीमा होइन, व्यावहारिक रूपमै हुन्छ भन्ने पनि हामी देखाउँछौँ। एक रथका पांग्रा भनिएकाहरूले एकअर्कालाई सफल बनाउन खेल्नुपर्ने भूमिका खेल्छौँ। अहिले पनि हामी त श्रीमान्–श्रीमतीभन्दा साथी नै बढी हौँ जस्तो लाग्छ।
एकअर्काका के–के कमी देख्नुहुन्छ?
कुञ्जना: पर्फेक्ट कोही हुँदैन। कसैलाई कमजोरीसहित स्विकारिन्छ भने त्यसपछि मात्रै पूर्ण भइन्छ जस्तो लाग्छ। उहाँ सलमान खानजस्तो देखिनुहुन्न होला, तर मैले त्यो भन्दा राम्रो देख्छु। भनिन्थ्यो, हरेक श्रीमान्को सफलतामा श्रीमतीको हात हुन्छ। तर, मेरो मामलामा श्रीमतीको सफलतामा श्रीमान्को हात छ। घरको काममा सघाउनुहुन्छ। उहाँभन्दा राम्रो श्रीमान् त पाइँदैन होला।
त्यसोभए सीतारामजीले सुधार्नुपर्ने केही छैन?
कुञ्जनाः योभन्दा सुध्रिन्छ कि भनेर पो डर लाग्छ!
सीतारामः काठमाडौँ एक्लै आएको थिएँ। संसार पाएको छु। कामको पाटोको नेतृत्व मैले गरेको छु, घरको नेतृत्व उनले गरेकी छिन्। (कुञ्जनाले पोल खोलिन्- सीतारामलाई ग्यास सिलिन्डर जोड्नसमेत आउँदैन।)
दुवैजना सरसफाइ दूत। घरमा सरसफाइमा बढी ध्यान दिने को?
सीतारामः जो मैला (महिला) छ, उही अघि सर्छ नि।
कुञ्जनाः पहिले उहाँले सर्टप्यान्ट खोलेर जहाँनेर पायो त्यहीँनेर छाड्नुहुन्थ्यो। 'ह्या यसो नगरिस्यो न' भन्दा जवाफ आउँथ्यो, 'देश र जनताको विकास चिन्तनमा हिँड्ने मान्छेलाई यस्ता सर्टप्यान्ट काँ' राख्ने भन्ने कुरामा अल्झाउनु हुँदैन।' अहिले मेरो जवाफ हुन्छ, 'देश विकासको जिम्मेवारी त सरसफाइबाट पाइयो नि। कति महŒवपूर्ण चिन्तन रहेछ मेरो!'
सरसफाइमा ध्यान दिए के हुने रहेछ, अब था'भो?
कुञ्जनाः संविधान पनि उहिल्यै बन्ने रहेछ। देशमात्रै होइन, देश बनाउनेहरूको दिमागमा पनि उत्तिकै फोहोर थुप्रिएको छ। त्यही फोहोरले संविधान बनाउने कुरा मिल्दैन। त्यसैले सरसफाइ अभियान त देशदेखि नेताका दिमागसम्म चलाउनुपर्छ।
महिलाका लागि विवाहअघि र पछि करिअरमा केही तलमाथि पर्छ। हेर्ने दृष्टिकोणमा पनि भिन्नता हुन्छ। कुञ्जनाजीले कस्तो महसुस गर्नुभएको छ?
कुञ्जनाः अविवाहित केटीलाई तलदेखि माथिसम्म हेर्थे। राम्री लाग्नेले हामीलाई पनि हेरिहाल्छ कि भनेर ट्राई मार्न खोज्ने हुन्छ। विवाहपछि आदर्शका रूपमा हेर्छन्, रेस्पेक्ट गर्छन्।
विवाह हुनुअघि पनि धेरैले त तपाईंहरूलाई जोडी नै ठान्थे क्यारे?
कुञ्जनाः हामी सँगै हुँदा भेटिनेले दाइ नमस्ते, भाउजू नमस्ते भन्थे। थाहा पाएकाले चाहिँ 'जोडी सुहाउँछ, बिहे गर्नू है' भन्थे ।
सीतारामः एकपल्ट हामीलाई मलेसिया कार्यक्रमका लागि बोलाइएको थियो। आयोजकले दुईजनाको लागि एउटै कोठाको व्यवस्था गरिदिएछन्। बिहे गर्नु त के गर्लफ्रेन्ड-ब्वाइफ्रेन्डसम्म भइसकेका थिएनौँ।
बिहे नगरी भाउजू हुँदा रिस उठ्दैनथ्यो?
कुञ्जनाः उनीहरूको सोझो दिमागले जे ठहर्या? यो, त्यो सही हो जस्तो लाग्थ्यो। हास्यकलाकार भएकाले पनि धेरै कुरा पचाउने बानी परिसक्याथ्यो।
सीतारामजीलाई खुशी लाग्थ्यो होला?
सीतारामः म त भेटेदेखि नै जोडी बनाउने दाउमा थिएँ। दाइभाउजू भन्दा त सकि नै गो नि! गर्वले छाती कति चौडा हुन्थ्यो नि।
भाउजू भनिदिँदा आत्मीय लाग्न सुरु कहिले भयो?
कुञ्जनाः बिहे गर्ने एक वर्षअघिबाट मात्रै, त्यो पनि अलि-अलि। हरेक ठाउँमा सपोर्ट र केयर गर्ने भएपछि मान्छे ठीकै छ भनेर बिहे गरेकी थिएँ। तर, बिहेपछि थाहा पाएँ, लभ भन्या यस्तो हुँदो र'छ।
कुञ्जनाजीले तपाईंको प्रेम प्रस्ताव नस्वीकारेको अवस्थामा सुन्तलीका रूपमा भए पनि अँगालो मार्छु भनेर स्त्रि्कप्ट तलमाथि कत्तिको गरियो?
कुञ्जनाः धुर्मुस र सुन्तलीको प्रेम नै अजब प्रेमको गजब कहानीजस्तो थियो। मनमा त्यस्तो कहिल्यै आउनै पाएन।
सुन्तलीः मनमनै मन पराए पनि कहिल्यै साइड हान्नुहुन्नथ्यो। मलाई अहिले पनि लाग्छ, त्यस्तो लभ गर्या मलाई यही मान्छेले हो र? जस्तो। तर, फोनमा चाहिँ फेरि गफ दिन सक्ने। त्यहाँ पनि शंका लाग्थ्यो, त्यै मान्छे बोल्या हो र? अरूले पनि 'यसले तिमीलाई प्रस्ताव राखेकै हो र भन्या ?' भन्थे। सुटिङस्पटमा पनि मन परेको/पराको कहिल्यै थाहा भएन।
सीतारामजीलाई मन परेको कुराको संकेत दिन कति समय लाग्यो?
सीतारामः म त केटीको झुण्ड देख्यो कि डराउने मान्छे। केटीसँग बोल्दा पनि कतै बांगो कुरा भइरा'को छ कि भनेर बोल्दाबोल्दै अकमकिन्थेँ। उसँग भेटेपछि यति गहिरोसँग प्रभावित भएँ कि एकदिन मेरो भाग्यले उसलाई मसम्म ल्याइपुर्याैउँछ। त्यति कन्फिडेन्स थियो। एकदिन पर्वतमा कार्यक्रमका लागि जाँदा बसपार्कमा मैले भनिदिएँ, 'एक न एक दिन तिमी मेरै हुन्छ्यौ।' उसले विश्वासै गरेकी थिइन, हाँसोमा टारेकी थिई।
उहाँले त्यस्तो भनिरहँदा तपाईंलाई के लाग्थ्यो?
कुञ्जनाः उहाँले त्यस्तोभन्दा रिस उठ्दैनथ्यो। हामी करिअरका लागि दौडिरहेका थियौँ, त्यसैले मैले सिरियस्ली लिइनँ। भन्थेँ, 'देखेको हुँदैन, लेखेको हुन्छ।' सोझो मान्छेले लट्टो लिएपछि कस्तो लिँदो रहेछ भनेर त्यतिबेला महसुस गरेँ। खासमा मलाई उल्टो प्रतिक्रिया दिन आवश्यक पनि थिएन। कसैले मन पराउँछ, माया गर्छ भने राम्रो कुरा हो तर मायाप्रेममा अल्झिनु हुँदैन जस्तो लाग्थ्यो। (सीतारामलाई हेरेर ठट्टा गर्दै) बिहेपछि पनि दुईचार जनाले मन पराइदिए हुन्थ्यो, मैले मन पराउनुपर्छ भन्ने छ र!
कुरा गम्भीर पो आयो?
सुन्तलीः मेरो बूढाको सयजना पछि लागेहुन्थ्यो जस्तो लाग्छ नि। बूढो पछि लाग्यो भने पो बिग्रिने हो त!
सीतारामः कृष्णको ठाउँ धुर्मुसेले लिन थाल्यो भनेर कृष्ण भगवानले प्रेस विज्ञप्ति जारी गर्नुपर्ला भन्ने पिर भो।
पहिलो देखभेट कसरी भएको थियो?
सीतारामः दमन (रूपाखेती) दाइले बनाउने सिरियल 'लौन सतायो'मा म प्रोडक्सन कन्ट्रोलर र उनी कलाकार थिइन्। गाडीमा मेकअप गर्ने बेला काइँयो मागेकी थिइन्, मैले काइँयो खोजिदिएर कपाल कोर्ने बेला ऐना देखाइदिएको थिएँ।
तपाईंले नोटिस्ड गर्नुभाथ्यो?
कुञ्जनाः मेरो पनि सुरुवात नै थियो। सुटिङका क्रममा ख्यालठट्टा भयो। पछि उहाँले भन्नुभयो, 'पहिलोपल्ट केटीसँग यसरी बोल्ने सकेँ।' त्यसपछि नोटिस्ड गरिहालियो नि। त्यसपछि रेडियो नेपालमा 'दिन प्रतिदिन' कार्यक्रम रेकर्ड गराउन जाँदा हप्तैपिच्छे भेट हुन थाल्यो।
पहिलो गिफ्ट कसले कसलाई के दिएको थियो?
कुञ्जनाः मोबाइल दिनुभएको थियो। 'बटौलीको बस' भन्ने गीतको म्युजिक भिडियो सुटिङका लागि जाँदा मोबाइल हराएको थियो। कमाइ नै राम्रो नभएको समयमा मोबाइल हराउँदा दिनभरि तनावमा रहेँ। उहाँले सम्झाउनुहुन्थ्यो तर मनले मान्थेन। केही समयपछि उहाँ विदेश कार्यक्रम गएर मलाई मोबाइल ल्याइदिनुभयो। त्यो बेला लभ परिसकेको थिएन।
सीतारामः जम्मा १५ हजार पारिश्रमिक पाउने गरी कतार कार्यक्रममा गएको थिएँ, पाँच हजारको मोबाइल ल्याएँ।

सीताराम र कुञ्जनाभन्दा धुर्मुस-सुन्तली हिट छन्। मान्छेले तपाईँसँग धुर्मुस-सुन्तलीकै रूपमा कत्तिको व्यवहार गर्छन्?
कुञ्जनाः मलाई त कुञ्जना भएर हिँडे पनि सुन्तलीका रूपमा चिन्थे। त्यसैले सुरुमा जुन केटा मान्छेसँग हिँडे पनि 'त्यो धुर्मुस हो?' भन्थे।
सीतारामः कति कार्यक्रममा प्रहरीले मलाई गेटबाट भित्र छिर्न दिँदैनथे। त्यसपछि कुञ्जनाले 'उहाँ धुर्मुस हो' भन्नुपर्थ्याे। एकचोटि बुटवलमा त गेटमै धुर्मुसको लवजमा 'म त मर्छु कि क्या हो' भन्न लगाइछाडे।
(समाज महिलामैत्री नभएको गुनासो गरिन् कुञ्जनाले। 'म कुञ्जना घिमिरे 'सुन्तली' हुँदाहुँदै पनि धुर्मुस पत्नी कुञ्जना भनेर अहिले पनि कतिले सम्बोधन गर्छन्। म कुञ्जना पहिले हो, त्यसपछि सीतारामकी पत्नी। हामीलाई सरकारले पनि बराबर ठान्यो। हामीले आफैँ पनि बराबर ठान्यौँ तर समाजले किन स्विकार्दैन?'
कुञ्जनालाई आक्रोशित देखेपछि सीतारामले ठट्टा गरेः सीताराम कुञ्जनाको श्रीमान् हो भन्ने पनि होस् वा कलाकार कुञ्जना भनियोस् भन्ने उनको नयाँ माग हो। यसलाई पूरा गर्न कति धर्ना बस्नुपर्छ, नारा लगाउनुपर्छ। त्यो म गरौँला।)
स्टेज कार्यक्रममा सँगै प्रहसन गर्दा श्रीमान्-श्रीमतीका रूपमा एकअर्कालाई घोचपेच खूब गर्नुहुन्छ। घरका सही कुरा कति बाहिर पुग्छन्?
सीतारामः जे गर्दा पनि हाँसेनन् भने घरभित्रका केही पोल खोल्नुपर्छ। सबै हाँस्छन्।
कुञ्जनाः 'मेरी बास्सै'को स्क्रिप्टमा कति कुरा आएका छन्। म पनि योचाहिँ बूढाले हिजो बेलुकी भएको कुरा ल्याएछन् भनेर सुटिङका क्रममा थाहा पाउँछु।
तपाईंहरू दुइटैलाई हास्यकलाकार नै बन्नु थियो?
कुञ्जनाः हिरोइन हुन्छु भन्ने थियो नि। गाउँठाउँमा भन्थे, 'राम्री छस्, छमछम नाच्छेस्, हिरोनी हुन्छेस्।' ऐना हेर्थे, हो कि क्या हो जस्तो लाग्थ्यो। एसएलसीपछि रेडियो नेपालमा आउने नाटक गर्न थालेँ। त्यतिबेला सामाजिक सिरियल बढी लोकप्रिय थिए। सबै चिज गर्ने रुचि थियो। तर, परिस्थितिसँग अघि बढ्दै जाँदा कमेडियन भइयो। अहिले पनि कलाकारका रूपमा जे पनि गर्नुपर्छ भन्ने लाग्छ।
सीतारामः क्यारिकेचर पनि गर्ने भएर मलाई कमेडियन हुने नै रहर थियो। नाटकमा पनि कमेडियन खालको भिलेनको रोल गरेर मैले करिअरको सुरुवात गरेको थिएँ।
सीतारामजीका ४० वटा पात्र पुगिसके। तपाईं किन कम मात्रैमा?
कुञ्जनाः उहाँ क्यारिकेचर गर्न जान्ने मान्छे। तुरुन्तै उतार्नुहुन्छ। अर्काे कुरा, उहाँकै लेभलमा मेरा पात्र बढ्दै गए भने अरू ओझेलमा पर्लान् भन्ने पिर पनि हो। 'मेरी बास्सै' घरका हामी सबै सदस्य हौँ। यो घर जोगाउन पनि हामीले नै ख्याल गर्नुपर्छ।
सरकारको सरसफाइ अभियानको एकै घरमा दुई दूत भएपछि त्यो सफल पार्न के योजना बनाउनुभयो त?
सीतारामः हामी आफैँले केही गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। बंगुरपालन थाल्यौँ। अहिले देशका विभिन्न ठाउँमा त्यसको सिको गरिएको छ र हाम्रैबाट धेरै पाठा लगिएका छन्। हरेक कुरामा हामीले प्रयास गर्ने हो। सबभन्दा ठूलो कुरा– हामीसँग उमेर छ। उमेर भएपछि जोश–जाँगर पनि छ। त्यसैले सरकारको सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने योजनालाई साकार पार्न हामी आफ्नोतर्फबाट पनि केही गर्छौं।
कुञ्जनाः सबै घरमा चर्पीको व्यवस्था भए पनि नेपालका हाइवेमा निकै समस्या छ। काठमाडौँको रिङरोडमै त्यो समस्या छ। त्यसैले हामीले देशमा हाइवेमा कम्तीमा ५० किलोमिटरमा एउटा चर्पी निर्माण गर्ने योजना अघि सारेका छौँ। दुई महिनाको कार्यक्रमका लागि अमेरिका जाँदै छौँ। कार्यक्रमसँगै यो अभियानमा हामी लागिपर्ने भएका छौँ।

साभार : शुक्रबार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !