कपिपेस्ट गरेर सेयर
गर्नेहरुले मूल स्रोत उल्लेख नगर्नु र त्यसको लिङ्क नदिनु नै यो सब भ्रम फैलनुको
कारण हो। कपिपेस्टवालाहरु आफूमात्र झुक्किएनन्, दुनियाँलाई झुक्याउँदैछन्।
कम्तिमा ती कपिपेस्टवालाहरुले त्यसमा लेखिएको भन्सार विभागका
महानिर्देशकको नाम याद गर्नुपर्ने। त्यसमा लेखिएको थियो टंकमणि शर्मा। अहिले त
शिशिरकुमार ढुंगाना हुन्।
पुरानो ब्लगका कुरा कति सान्दर्भिक छन् त?
त्यो पुरानो कुरा
भयो। अहिले त्यसरी विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान
ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त
प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छैन। त्यतिबेला तपाईँ सामान ल्याउनु्स् वा
नल्याउनुस्,
फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न थियो।
निजी गुन्टा झिटी भारीको सुविधा भने हालसम्म कायमै छ। संक्षिप्त
प्रज्ञापनपत्रको फाराम अहिले यस्तो छ
विदेशमा बस्ने अधिकांशलाई चासो हुने विषय टिभीको हो। यसबारे पनि मैले दुई
वटा ब्लग लेखिसकेको छु। तल क्लिक गरी पढ्न सक्नुहुन्छ-
अब तपाईँहरुलाई एउटा अनुरोध- यस्तो पुरानो ब्लग कपिपेस्ट गरेर राखेको कुनै
साइटको लिङ्क अहिले आएर कुनै फेसबुक पेजले सेयर गरेको रहेछ भने तपाईँलाई फेरि फेरि
पनि त्यो पेजले त्यसरी नै झुक्याएर गलत सूचना दिनसक्छ। त्यसैले त्यस्ता पेजलाई
तपाईँले दिने सजाय भनेको उसको पेजमा तपाईँले गरेको लाइक फिर्ता लिनु हो। यो कसरी
गर्ने त ?
गलत खबर दिने फेसबुक पेजमा जानुस्, लाइक्ड लेखिएको ठाउँमा कर्सर लगेर क्लिक गर्नुस् र ड्रप डाउन मेनुमा
अनलाइक क्लिक गर्नुस्।
तपाईँको फेसबुक वालमा पनि यो पुरानो ब्लगको
लिङ्क नयाँ जस्तै गरेर खबर बनाएर कसैले राखेको थियो? त्यो पढेर तपाईँ पनि झुक्किनु भएको थियो कि? कसैले यसबारे तपाईँलाई सोधेको पो थियो कि? सही कुरा थाहा पाएपछि त्यसवापत् तपाईँले पनि
कुनै फेसबुक पेज अनलाइक गर्नुभयो कि? कुन पेज? आफ्नो अनुभव तल कमेन्टमा सेयर गर्नुस् है
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !