डाक्टरलाई मुर्ख बनाउने विचारले क्लिनिकमा पुगेछ
एकपटक एउटा मान्छे, डाक्टरलाई मुर्ख बनाउने विचारले क्लिनिकमा पुगेछ,
डाक्टर : के समस्या छ ?
मान्छे : हेर्नु न डाक्टरसा'ब, मलाई केही नखाने हो भने भोक लाग्छ, नसुत्ने हो भने निद्रा लाग्छ, अनि धेरै काम गरें भने थकाइ लाग्छ !
डाक्टर : त्यसो भए रातभरि घाममा बस्नुस्, निको हुन्छ ।
०००
आमा : छोरी, तेरो ब्वाइफ्रेन्ड मलाई ठीक लाग्दैन है ।
छोरी : आमा, ऊ एकदम ठीक छ, भविष्यमा डाक्टर बन्छ ।
आमा : तँलाई अहिले नै कसरी थाहा भयो, भविष्यमा डाक्टर बन्छ भन्ने कुरा ?
छोरी : किनभने अहिले नै उसले मेरो महिनावारीको रोग ठीक पारेको छ ।
०००
खुइले : तैंले कसैलाई मन पराएको छस् कि छैनस् ?
शेरे : मन पराएको छु यार, तर उसले अर्को एक जनालाई पनि मन पराउँछे ।
खुइले : हो र ? के भन्छे ?
शेरे : म आई लभ यू भन्छु, ऊचाहिँ आई लभ यु टु भन्छे
यार ! एउटा त म हो, त्यो अर्कोचाहिँ कुन साले रै'छ ?
०००
एकपटक शेरेले बसभित्र बसेर सिगरेट पिउन आँटेछ, त्यो देखेर एक भद्र महिलाले शेरेलाई झापड लगाइछ ।
शेरे : (रिसाउँदै) किन झापड हानेको ?
महिला : गधा, बसमा लेखेको देखिनस्, धूम्रपान वर्जित छ भन्ने कुरा ?
शेरे चुप लागेर बस्यो ।
एकछिनपछि ती महिलाले आफ्नो छोरोलाई दूध ख्वाउन थालिन्, त्यो देखेर शेरेले ती महिलालाई कसेर एक झापड हान्यो ।
महिला : (रिसाउँदै) गधा, किन झापड हानेको ?
शेरे : गधाकी बूढी, तँलाई त्यति पनि थाहा छैन, लेखेको देखिनस्- शरीरको कुनै पनि अंग बाहिर ननिकाल्नु होला ।
०००
बूढो अफिस पुगेर बूढीलाई फोन गर्छ ।
बूढा : कता छयौ ?
बूढी : घरमै छु ।
बूढा : ए हो, घरमै छयौ ? खै मिक्सर चलाऊ त ?
(बूढी मिक्सर चलाउँछिन्, घर घर घर घर)
बूढा : ए ल ठीक छ ।
(अर्को दिन)
बूढा : कता छयौ ?
बूढी : घरमा छु ।
बूढो : ए घरमै छौ ? खै मिक्सर चलाऊ त !
(बूढी मिक्सर चलाउँछिन्, घर घर घर घर)
बूढा : ए ल ठीक छ ।
तेस्रो दिन
बूढा छिट्टै घर पुग्छ तर बूढीलाई घरमा देख्दैन ।
अनि घरमा काम गर्नेसँग सोध्छ ।
बूढा : मालिक्नी खै ?
काम गर्ने : आजकाल मालिक्नी अनौठो व्यवहार गर्नुहुन्छ ।
बूढा : किन, के भो र ?
काम गर्ने : खै के भन्नु ? मालिक्नी जहिले बाहिर जानुहुन्छ, मिक्सर पनि सँगै लिएर जानुहुन्छ ।
०००
सर : पुरानो गीत गाऊ न एक लाइन ।
पुतली : जिन्दगीको गोरेटोमा एक्लै हिँड्न गाह्रो हुन्छ ।
त्यही बेला शेरे आउँछ र भन्छ- ए पुतली, म छु नि, साथी, सँगै हिँडौंला नि, हात समाएर, किन डराएकी हौ ?
(सर र अरू विद्यार्थी ट्वाँ)
०००
मेरो कविताको शीर्षक छ, फेसबुक
तिमी फेसबुकको लामखुट्टे
म फेसबुकको झुल
तिमी फेसबुकको पोथी
म फेसबुकको भाले
तिमी फेसबुकको रूख
म फेसबुकको हाँगा
तिमी फेसबुकको भैंसी
म फेसबुकको राँगा
तिमी फेसबुकको झ्याल
म फेसबुकको ढोका
तिमी फेसबुकको पाठी
म फेसबुकको बोका ।
०००
केटा केटीलाई हिसाब सिकाउँदै थियो ।
केटाले केटीलाई चुम्मा खायो, अनि पुन चुम्मा खाँदै भन्यो— यो जोड हो । केटीले पनि केटालाई १ पटक चुम्मा खाई र भनी— योचाहिँ घटाउ हो । एकछिनपछि केटा र केटीले टङ किस गर्दै साथमा भने— योचाहिँ गुणन हो । यत्तिकैमा केटीको बाउ आयो र केटालाई दह्रोसँग कुटेर बाहिर हुत्याइदियो, अनि उसले भन्यो— योचाहिँ भाग हो ।
०००
एउटी केटी बसस्टपमा बसिरहेकी थिई । उसको अनुहार माक्सले छेकिएको थियो । त्यही बेला एउटाले उक्त केटीलाई हाई सेक्सी भन्यो ।
केटी : ड्याड इट्स मी !
०००
सर : शेरे, यदि तिमी जंगलमा छौ र त्यहाँ एउटा बाघ अकस्मात् आयो भने के गर्छौ ?
शेरे : म रूखमाथि चढ्छु सर ।
सर : अनि बाघ रूखमाथि नै आयो भने ?
शेरे : म पानीमा हाम फाल्छु
सर : अनि फेरि पानीमा पनि आयो भने ?
शेरे : (रिसाउँदै) बाघ तेरो बाउ हो र, त्यसको सपोर्टमा बोल्छस् ?
०००
एक महिला र डाक्टरबीचको वार्तालाप
महिला : डाक्टरसा'ब, सुन्नु न मेरो कुकुरले पेट्रोल खायो । ऊ अहिले आत्तिँदै यताउता दौडिरहेको छ, छिट्टै आउनुपर्यो हजुर ।
डाक्टर : तपाईं आत्तिनुपर्दैन, चिन्ता नलिनुहोस्, एकछिनपछि पेट्रोल सिद्धिन्छ अनि आफैं रोकिन्छ ।
०००
एकपटक एउटा हवाईजहाजमा राजेश हमाल, पारस खड्का, एक जना नेताजी र एक बच्ची अमेरिका जाँदै थिए । हवाईजहाज बीच बाटोमा हुँदै इन्जिनमा आगो लागेछ । उनीहरू ४ जना थिए, तर प्यारासुट तीनवटा मात्र थियो । पारसले भन्यो, म नेपालको लोकप्रिय खेलाडी हुँ, त्यसैले एउटा प्यारासुट लिएर म हाम फाल्छु । उसले हाम फाल्यो । नेताजीले पनि म नेपालको लोकप्रिय नेता हुँ भनेर एउटा प्यारासुट लिएर गयो । राजेश हमालले भने, नानी, तिमी यो प्यारासुट लिएर जाऊ, किनभने तिमी यो देशको भविष्य हौ । सानी बच्चीले भनी : सर, यहाँ त दुईवटा प्यारासुट छ, नेताजीले हतारमा मेरो स्कुल ब्याग लिएर हाम फाल्नुभयो ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !