दक्षिणामा डिजेल–पेट्रोल
दक्षिणामा डिजेल–पेट्रोल ७० नाघेका एक दम्पतीले दसैँमा नातागोता सबैलाई प्रसन्न बनाउन यस्तो योजना बनाएका छन् : – छोरीज्वाइँलाई एक माना पेट्रोल । – बहिनीज्वाइँलाई एक पाउ डिजेल । – नातिनातिनीलाई पेट्रोल सुँघ्न दिने । – उनीहरू सबैलाई ग्यासमा पकाएको खाना दिने । ससुरालीतिरका नातेदारका हकमा : –
साढुभाइलाई पातमा, ज्वाइँहरूलाई हातमा डिजेल दिने । – उनीहरूलाई सडक छेउछाउबाट भेला गरिएको दाउरा र काठपातले पकाएको खाना दिने । यस्तो
बेला दक्षिणा दिन डिजेल–पेट्रोल कहाँबाट ल्याउने ? यसको पनि उनीहरूले योजना बनाएका छन् । खाडीमा काम गरिरहेका छोराहरूलाई दसैँमा खर्चको सट्टा डिजेल, पेट्रोल र ग्यास पठाइदेओ भन्ने ।
- राजकुमार रेग्मी आश्विन २९, २०७२-
साभार : इकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !