आधा मात्र खप्पर भएको बच्चाले आइ लभ यु मम्मी भन्दा कुनै आमालाई कतिधेरै खुसीको अनुभुति होला ? साँच्चीकै त्यसको वर्णन गर्नै सकिँदैन ।
अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोकी ब्रिटानी बुएल अहिले यस्तै खुसीले पुलकित छिन् । टाउकोको माथिल्लो भाग नै नभएको आफ्नो एक वर्षे छोरा ज्याक्सन बुएलले पहिलोपटक आइ लभ यु भन्यो उनलाई । छोराले आइ
लभ यु भनेपछि खुसीले उसलाई पटक पटक चुम्बन गरेको भिडियो अहिले अनलाइनमा निकै चर्चित बनेको छ ।
लभ यु भनेपछि खुसीले उसलाई पटक पटक चुम्बन गरेको भिडियो अहिले अनलाइनमा निकै चर्चित बनेको छ ।
गो फण्ड मी नामक वेबसाइटमा ज्याक्सनको उपचारका लागि सहयोग जुटाउन पेज सिर्जना गरिएको छ ।
कृत्रिम प्रत्यारोपण गरेर ज्याक्सनको टाउकोको उपचार गर्नका लागि ७० हजार डलर सहयोग जुटाउने लक्ष्य राखिएकोमा अहिलेसम्म उक्त अनलाइन पेजमार्फत १ लाख ३२ हजार डलर संकलन भैसकेको छ । ३ हजार भन्दा धेरै मानिसले ज्याक्सनको उपचारका लागि आर्थिक सहयोग गरिसकेका छन् ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !