देशकै टप १० मध्येको एक व्यापारी घराना केएल दुगड ग्रुपमाथि समेत प्रहरीले छापा हानी कर्मचारी जेल हालिसकेको छ । प्रहरी कारबाहीपछि दुगडका सञ्चालकहरु विदेश भागेका छन् । एसएसपी विक्रमसिंह थापाले व्यापक
राजनीतिक दबाबका बाबजुद खानेतेलमा कालोबजारी र ठगी गरेको आरोपमा उक्त घरानामा छापा हानी दुई जनालाई पक्राउ गरेका थिए । पक्राउ परेका अमन जैन र प्रमोद अधिकारीलाई अदालतले जेल पठाएको छ भने अन्य ११ जनाविरुद्द पनि वारेन्ट जारी गरेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !