मनोज अधिकारी, पोखरा, भदौ १२- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीन सरकारसँग सम्झौता हुँदादेखि नै राजनीतिक उच्चतहमा ठूलो आर्थिक चलखेल भएको कर्मचारीको आशंकालाई बल पुग्ने गरी यसको प्रारम्भिक चरणमै आर्थिक लेनदेन भएको रहस्य खुलेको छ।
उक्त विमानस्थलको मैदान सम्याउने क्रममै सरकारको नेतृत्व गरेको एकिकृत माओवादीले चन्दाका नाममा ५० लाख रुपैयाँ असुलेको तथ्य हालै खुलेको हो।
उक्त पार्टीले ठेकेदार कम्पनीसँग लाखौं रुपैयाँ चन्दा लिएको स्वीकार गरेपछि ठूलै आर्थिक चलखेलको आशंकामा बल
पुगेको छ। विमानस्थल सम्याउने कामका लागि गत फागुनमा कञ्चनजंघा निर्माण सेवा, शंकरमाली निर्माण सेवा र पिएस निर्माण सेवाले करिब ८ करोड रुपैयाँमा ठेक्का पाएका थिए। स्रोतकाअनुसार माओवादीले ती कम्पनीसँग दुई करोड रुपैयाँ चन्दा मागेपछि केही समय काम अवरुद्व समेत भएको थियो। अन्त्यमा ५० लाख रुपैयाँ लेनदेनमा कुरा मिलेपछि उक्त काम सुरु भएको ठेकेदार सम्बद्व स्रोतको दावी छ। ठेक्काअनुसार ती कम्पनीले उक्त काम २०७० जेठसम्म सक्नुपर्नेछ।
एमाओवादीले पोखरास्थित छिनेडाँडामा विमानस्थलका लागि छुट्याईएको मैदान सम्याउने ठेकेदारबाटै लाखौं रुपैयाँ चन्दा लिएको सोमबार औपचारिकरुपमा स्वीकार गरेको हो। हरेकजसो आयोजना र ठेक्कापट्टामा चन्दा लिने पार्टीहरुको आमप्रचलन अनुरुप उक्त ठेक्कामा पनि आफुहरुले लाखौं रुपैयाँ चन्दा लिएको एमाओवादी जिल्ला संयोजक झलकपाणि तिवारीले स्वीकार गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी यूनियनले उक्त विमानस्थतल निर्माण सम्झौता सुरुदेखि नै अपरादर्शी रहेको भन्दै राजनीतिक उच्चतहबाट ठूलो आर्थिक चलखेल भएको आशंका गर्दै आएको छ। कर्मचारीहरु १५ अर्ब लागत अनुमान गरिएको विमानस्थलका लागि अहिले २७ अर्बको टेन्डर परेपछि ठूलो कमिसनको खेल रहेको भन्दै यसलाई अगाडि नबढाउने पक्षमा उभिएका छन्। उनीहरुले केही साताअघि पोखरामै आएर यस आयोजनामा राजनीतिक उच्चतहको ठूलो आर्थिक चलखेलको संकेत गरेका थिए।
अहिले सिंगो पोखरेली उक्त विमानस्थल निर्माण कार्य अघि बढाउन दबाब दिँदै आन्दोलित भएका बेला आर्थिक लेनदेनका यस्ता खुलासाले पर्यटकीय नगरीमा हल्लीखल्ली मच्चिएको छ। अहिलेको आन्दोलनलाई कमजोर बनाउन आर्थिक चलखेलका कुरा सार्वजनिक हुनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन्। आर्थिक चलखेलमा संलग्न व्यक्तिहरुनै सरकारलाई दवाव दिने हरेक कार्यक्रममा सहभगी हुने र रिलेअनसनमा समेत बसेपछि धेरैखाले टिकाटिप्पणी भइरहेका छन्।
उक्त विमानस्थल निर्माणको प्रारम्भिक चरणमै जमिन सम्याउने तीन ठेकेदारसँग माओवादी कास्कीका निर्वतमान सभासद् राजकाजी गुरुङले ५० लाख रुपैयाँ चन्दा लिएको सार्वजनिक भएपछि एमाओवादी जिल्ला सम्मेलन आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरेको हो। सो क्रममा तिवारीले चर्चामा रहेको ५० लाख रुपैयाँ चन्दाबारे प्रष्ट नखुलाई यसको हिसाबकिताब भने पछि सार्वजनिक गर्ने दावी गरे।
'व्यक्तिगत नभई पार्टीको नीतिअनुरुप राजनीतिक कार्यक्रमको निम्ति लिइएको चन्दा सहयोगलाई अनावश्यक प्रचारवाजी र भ्रम छर्नु आवश्यक छैन' उनले भने,'पार्टीको कामका लागि जुनसुकै राजनीतिक दलले पनि व्यवसायीसँग चन्दा लिन्छन्। हामीले पनि ती ठेकेदारसँग करकाप नगरी समझदारीमै चन्दा लिएका हौं।'
स्थानीय 'डन न्यूज' दैनिकले उक्त विमानस्थल निर्माणको सुरुवाती चरणमै माओवादीले ठेकेदार कम्पनीसँग ५० लाख चन्दा लिएको खुलासा गरेको थियो। पत्रिकामार्फत् पार्टी र नेताको नाम मुछेर समाचार सार्वजनिक भएपछि एमाओवादी यसबारे बोल्न बाध्य भएको हो। जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक तिवारीसहित चन्दा लिएको भनिएका पूर्वसभासद् गुरुङ पनि थिए। कास्की क्षेत्र नम्बर २ का निवर्तमान सभासद् गुरुङ उक्त विमानस्थल निर्माणका लागि समस्या समाधान समितिका संयोजकसमेत हुन्।
लाखौंको आर्थिक चलखेलमा आफ्नो नाम मुछिएपछि उनी निराश र खिन्न मुद्रामा उपस्थित भएका थिए। गुरुङले पार्टीको नीतिअनुरुप पार्टीकै लागि गरिएको कामप्रति आफुले थप केही टिप्पणी गर्न नचाहेको बताए। उनले आफ्नो फेसबुक स्टाटसमा भने पार्टीको इमान्दार सिपाही भएकाले पार्टीको अनुमित, निर्देशन अनि आदेशमा वर्गहीतका लागि उक्त काम गरेकोमा गर्व लागेको टिप्पणी गरेका छन्। गुरुङले पत्रकार सम्मेलनमा थप केही बोल्न नचाहेपछि जिल्ला संयोजक तिवारीले नै यसबारे खुलस्त पारेका थिए।
'पार्टीले हिजो जस्तै आज पनि व्यवसायीक क्षेत्रबाट राजनीतिक कार्यक्रमको लागि चन्दा सहयोग लिँदै आएको छ' तिवारीले भने,'पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्ने ठाउँको मैदान सम्याउने कामको ठेक्का पाएका व्यवसायीहरुबाट पनि चन्दा लिएकै हो। अब यो लुकाउनु पर्ने कुरै छैन।'
'पार्टीले हिजो जस्तै आज पनि व्यवसायीक क्षेत्रबाट राजनीतिक कार्यक्रमको लागि चन्दा सहयोग लिँदै आएको छ' तिवारीले भने,'पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्ने ठाउँको मैदान सम्याउने कामको ठेक्का पाएका व्यवसायीहरुबाट पनि चन्दा लिएकै हो। अब यो लुकाउनु पर्ने कुरै छैन।'
उनले अहिले विमानस्थल निर्माणको दवाव आन्दोलनलाई प्रभावित पार्ने षड्यन्त्रस्वरुप यतिबेलामा यो कुरा प्रचारमा आएको टिप्पणी गरे। उक्त चन्दा व्यक्तिगत नभई पार्टीको प्रयोजनका लागि लिएकाले कसैको नाम लिएर बद्नाम गर्नु उचित नहुने उनले तर्क गरे।
'बाहिरी प्रचारमा उठाइए जस्तै चन्दा लिँदा कुनै व्यवसायीलाई बलजफ्ती बाध्य पार्ने र पार्टीका नेताहरुले व्यक्तिगत प्रयोजनमा खर्च गर्ने वा भ्रष्टाचार गर्ने अवस्था रहेको छैन' तिवारीले भने,'यस्तो प्रचारबाजी पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन नदिने षड्यन्त्रको अंश हो भन्ने कुरामा पार्टी स्पष्ट छ।'
'बाहिरी प्रचारमा उठाइए जस्तै चन्दा लिँदा कुनै व्यवसायीलाई बलजफ्ती बाध्य पार्ने र पार्टीका नेताहरुले व्यक्तिगत प्रयोजनमा खर्च गर्ने वा भ्रष्टाचार गर्ने अवस्था रहेको छैन' तिवारीले भने,'यस्तो प्रचारबाजी पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन नदिने षड्यन्त्रको अंश हो भन्ने कुरामा पार्टी स्पष्ट छ।'
उनले माओवादीमात्र नभई सबै राजनीतिक दलहरुले व्यवसायीबाट चन्दा लिने आमप्रचलन रहेको दोहोर्याउँदै यस्ता कुरालाई प्रचार नगर्न सञ्चारमाध्यमहरुलाई सचेत गराए। केही सञ्चारमाध्यममा प्रकाशित उक्त विमानस्थलसँग जोडेर चन्दा लिईएको विषयका समाचारलाई पार्टीले खारेज गरेको भन्दै उनले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन नचाहने तत्वहरुको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नतामा यस्ता षड्यन्त्र हुन थालेको टिप्पणी गरे।
--नागरिकन्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !