CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मापसे गर्ने सईलार्ई ४० हजार जरिवाना

मापसे गर्ने सईलार्ई ४० हजार जरिवाना

चितवन। सत्य सेवा सुरक्षणम्को मूल मन्त्र बिर्सिएर मदिरामा मस्त भई सर्वसाधारणलाई भट्टीमा कुटपिट गर्ने चितवन ट्राफिकका प्रहरी नायब निरीक्षक (सई) मुनेन्द्रजंग थापाले ४० हजार रुपैयाँ तिर्नुपरेको समाचार छ। नारायणगढको पोखरा बसपार्कको एक रेष्टुरेन्टमा मदिरा सेवन गर्ने क्रममा अर्का ग्राहकसँग विवाद भएपछि सई थापाले प्रहरीको रवाफ देखाएर कुटपिट गरेपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा तत्कालै उजुरी दिए। पीडितको उजुरीपछि डीएसपी रवि पौडेलले वडा प्रहरी कार्यालयका इन्स्पेक्टर शैलेश थापालाई सई मुनेन्द्रलाई थुन्न आदेश दिए। तर इन्स्पेक्टर शैलेसले मदिराले मस्त सई थापालाई थुन्नुको साटो उनकै घर आँपटारीको सुुकुम्वासी टोलनिर लगेर छोडेका थिए। स्वयं इन्स्पेक्टर शैलेश थापा पनि बेलाकुबेला मदिरामा झुम हुने गरेकाले सई थापालाई मदिरा खाएर कुटपिट गर्दा पनि कारवाही नगरी घरमा छोडेका थिए। सँगै मदिरा सेवनका साथी भएकाले इन्स्पेक्टरले सई मुनेन्द्रलाई डीएसपीले थुन्ने आदेश दिंदा पनि घरमा पुर्यारएको प्रहरी सूत्र बताउँछ। सूत्रका अनुसार, भोलिपल्ट पीडितले जिल्ला प्रहरी कार्यालयबाट सई मुनेन्द्रले कुटपिट गरी १ तोलाको सिक्री लुटेको उजुरी दिए। पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयमा सई मुनेन्द्रले ४० हजार रुपैयाँ तिर्ने सर्तमा मिलापत्र भएको समाचार छ।  
 मकवानपुर ट्राफिकमा दरबन्दी भए पनि बाबु बिरामी भएको बहनामा चितवनमा काजमा सरुवा भएका मुनेन्द्र बाबुको मृत्यु भएको ६ महिना बितिसक्दा पनि त्यहीँ कार्यरत छन्। घरपायक जागिर भएकाले उनले पनि मदिरा सेवन गरेर कर्तव्यपालनमा लापरबाही गरेकोमा ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर कृष्णदत्त भट्टले उनलाई २ पटक त नसिहत नै दिइसकेका छन्। सई मुनेन्द्र एआइजी किरण गौतम, नारायणीका एसएसपी पंकज श्रेष्ठ र ज्योति पाण्डेको दबाबमा चितवनमा काजमा बसेको एक बर्ष पुग्न लागेको छ। ट्राफिकमा आउनुअघि उनी नारायणगढ वडा प्रहरीमा कार्यरत थिए। तत्कालीन चितवनका एसपी ज्ञानविक्रम शाहलेे जग्गाको कारोबार गर्नका लागि मुनेन्द्रलाई वडामा राखिएको बताइन्छ। चितवनका डीएसपी पौडेलले सई मुनेन्द्रले विदामा बसेको बेला मदिरा खाएर होहल्ला गरेको सुनेको हो, तर प्रहरीमा केस नआएको बताए। उनले प्रहरीमै नआई बाहिरै केस मिलेकाले घटनाबारे जानकारी नभएको दाबी गरे। 
उता, प्रहरीको आचरणविपरीत चरित्रको प्रदर्शनको आरोप लागेका नारायणगढ वडा प्रहरीका इन्स्पेक्टर शैलेश थापा अवकाश हुन लागेका आइजीपी रविन्द्रप्रताप शाहको आशीर्वादमा नारायणगढ वडामा खटिएको समाचार छ। आइजीपी शाहका साथीका छोरा भएकै आधारमा इन्स्पेक्टर थापालाई वडामा पठाएपछि चितवनका एसपीले तीन पटक त उनलाई लापरबाही गरेकोमा नसिहत नै दिइसकेको बताइन्छ।  
चितवनका एसपी भूपाल भण्डारीले मध्यक्षेत्रका डीआइजी वीरेन्दबाबु श्रेष्ठलाई पटक पटक इन्स्पेक्टर थापाको काम सन्तोषजनक नभएको भन्दै सरुवा गरिदिन अनुरोध गर्दा पनि आइजीपीको मानिस भन्दै सरुवा गरेनन्। उनले यसबीचमा १ मिसन बराबर कमाई गरी भर्खरै आइजीपी शाहसँग विन्तीभाउ गरी सुनसरीमा काज सरुवा मिलाएर गएका छन्। भदौ २९ गते आइजीपी शाह अवकाश भएपछि एसपी भण्डारीले कारबाही गर्नसक्ने भयले उनी काज सरुवा भएको चर्चा वडा प्रहरीमा छ। नारायणगढ वडामा इन्स्पेक्टर ..... महरा खटिएका छन्। 



















साँगु 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis