काठमाडौं। बोल्न पायो भनी प्याच्च नबोल्नु भन्ने उखान यतिखेर नायिका रेखा थापाको सम्बन्धमा हुबहु लागू भएको छ। आफूले बोलेको कुराले यतिखेर उनी आफैं तनावमा छिन्।
कुरा हो नायिका विनिता बरालको। जतिखेर चपली हाइट चलचित्रले जताततै वाहवाही पाइरहेको थियो, विनिता बरालको चर्चा पनि चुलिएको थियो। नायिका रेखा थापाले पनि चपली हाइट हेरेर विनिता बराल नेपाली चलचित्र क्षेत्रकी एक नम्बर नायिका भनिदिइन्। मिडियाले रेखालाई भन्दा विनितालाई बढी चर्चा दियो। नेपाली चलचित्र इतिहासमा एउटै चलचित्र खेलेर अत्यधिक चर्चामा आउने नायिकामा विनिता मात्र पर्छिन्। रेखाले आफूलाई एक नम्बर नायिका भनिदिएपछि विनिता फुरुंग बनिन्। उनले अन्य नायिकालाई वास्तै गर्न छाडिन्। कतिसम्म भने एकताका रेखा र विनिताबीच अति घनिष्ट सम्बन्ध कायम रह्यो। जहाँ जाँदा पनि दुवै एकसाथ रहन्थे।
रेखाको घरमा विनिताको आउजाउ चल्न थाल्यो। हरेक फिल्मी कार्यक्रममा रेखा र विनिता सँगै उपस्थित रहन्थे। रेखाले अन्य नायिका भन्दा विनितालाई एक नम्बर ठान्नुमा उनका अन्य चलचित्र नभएकाले हो। रेखासँगै काम गर्ने नायिकाहरू निशा अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठलगायतलाई बेवास्ता गर्दै रेखाले विनिताको नाम लिनु उनीबाट आफू सुरक्षित महसुस गरेकाले हुन सक्ने बताइन्छ। तर अहिले यी दुवैबीच सम्बन्धमा दरार उत्पन्न भएको छ।
रेखा र विनिताबीच सम्बन्ध बिग्रनुमा कारण भइदिएको छ, एकैदिन दुवैको चलचित्र रिलिज हुनु। आगामी भदौ १५ गते रेखा अभिनित वर्षात र विनिता अभिनित फुलस्टप एकसाथ प्रदर्शनमा आउने भएका छन्। आफैंले एक नम्बर घोषणा गरिदिएकी नायिकाको नयाँ चलचित्रसँग आफूले अभिनय गरेको चलचित्र जुध्न पुगेपछि मात्र यतिखेर रेखाको होस आएको छ। अहिले उनी विनितालाई एक नम्बर नायिका मान्न तयार छैनन्। आफूले बोलेको कुरालाई सच्याउँदै रेखाले विनितालाई त्यसबेलाको समयमा उनको हौसला बढाउन मात्र भनिदिएको प्रस्टीकरण दिएकी छन्। रेखाले अहिले आफ्नाबारे नराम्रो कुरा गर्दै हिँडेपछि विनिता उनीसँग रिसाएकी छन्। रेखालाई दुःख पर्दा तथा विभिन्न समस्या पर्दा आफूले साथ दिए पनि अहिले आएर त्यसको बेवास्ता गरेको भन्दै विनिता रिसाएकी हुन्।
रेखाको वर्षात र विनिताको फुलस्टप एकै दिन लाग्ने भएपछि मिडियाले को एक नम्बर भनेर टिप्पणी गरेकाले पनि रेखा चिढिएको हुनसक्ने बताइन्छ। किनकि विनिताको यो दोस्रो चलचित्र हो। यो चलचित्र सफल हुनेमा विनिता विश्वस्त छिन्। तर रेखा वर्षात चलचित्र सफल हुनेमा ढुक्क छैनन्। किनकि उनी अभिनित एक पछि अर्को चलचित्र असफल हुँदै गएका छन्। त्यति मात्र होइन, केही समययता रेखाको फिल्मी क्षेत्रमा कुनै चर्चा छैन। उनका हातमा एउटा पनि चलचित्र छैनन्। त्यसले गर्दा पनि रेखा आफ्नो एक नम्बरको पगरी फुत्किने हो कि भन्ने त्रासमा देखिन्छिन्, एक नायिकाले तरुणसँग भने।
रेखा र विनिताद्वारा अभिनित चलचित्रमा एउटा समानता पनि देखिएको छ। त्यो के भने दुवैको नायक सविन श्रेष्ठ छन्। सविनलाई ठूलो पर्दाको चलचित्रमा मौका दिएको रेखाले नै हो। त्यसैैले सविन रेखालाई आफ्नो गडफादर मान्छन्। सविनले रेखाको दुईवटा चलचित्र अन्दाज र रावणमा काम गरिसकेका छन्। दुवै चलचित्रले औसत सफलता पाएका थिए। तर विनितासँग सविनको यो पहिलो चलचित्र हो। विनितामा दर्शकको चपली हाइटको त्रे्कज अझै कायम छ। फुलस्टपको प्रोमो हेर्दा पनि त्यो छर्लंग हुन्छ। रेखाको वर्षात परम्परागत धारमा बनेको चलचित्र जस्तो छ। त्यसले गर्दा पनि वर्षात भन्दा दर्शकको भीड फुलस्टप हेर्नेतिर लाग्ने आशंकाले रेखा चिन्तित देखिएकी छन्।
रेखा निकट स्रोतका अनुसार १० वर्षे फिल्मी क्यारियरमा रेखा अहिलेको जस्तो भयभित कहिल्यै थिइनन्। श्रीमान् छवि ओझासँग सम्बन्ध विच्छेद हुनु, एक पछि अर्को चलचित्र असफल हुनु, कलाकारहरूसँग सम्बन्ध बिग्रँदै जानु, निर्माता निर्देशकले पहिलो रोजाइमा आफूलाई नलिनुलगायत विभिन्न कारणले पनि रेखा अहिले मानसिक तनावमा रहेको बताइन्छ। अर्की नायिका विनिता पनि रेखा भन्दा कम छैनन्। पहिलो चलचित्रमा ब्रेक दिन खोजेकी निर्माता कृषा चौलागाईसँग विनिताको ठूलो लफडा पर्योा। के म तिम्रो साथी बन्न सक्छुमा कृषाले आर्यन सिग्देलको अपोजिटमा विनितालाई लिन खोजेकी थिइन्। तर चलचित्र सुटिङ सुरु नहुँदै दुवैबीच झगडा पर्योन। कृषाले विनितालाई निकालिदिएर दीप्ति गिरीलाई नायिका बनाइन्। म्युजिक भिडियोमा जमेकी विनिता ठूलो पर्दाको चलचित्र खेल्न नपाएपछि उनले आत्महत्यासमेत गर्ने बताएकी थिइन्। तर चपली हाइट खेलेर चर्चामा आएपछि विनिताको भविष्य नै परिवर्तन भएको छ। भदौ १५ गते रेखा र विनितामध्ये कसको चलचित्रलाई दर्शकले बढी महत्व दिन्छन् र कुन चलचित्र सफल हुन्छ भन्ने कुरा भदौ १५ गते मात्र थाहा हुनेछ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !