CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रेमले अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ

प्रेमले अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ


प्रेममा परेकाहरूमा तर्क गर्ने क्षमता समाप्त हुन्छ । अर्थात्, प्रेममा डुब्दा मस्तिष्कले काम गर्दैन । अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार, मायापिरतीले मानिसलाई अन्धो मात्र हैन मूर्ख समेत बनाउँछ ।
अर्थात्, प्रेमको अनुभूति हुनासाथ मस्तिष्कमा तर्क उत्पन्न गर्ने खण्डले काम गर्न छोड्छ । यो स्थितिले व्यक्ति विशेषलाई विवेकशून्य बनाउँछ । यो अनुसन्धान राबिन डनवरले बेलायतका व्यक्तिहरूमाथि गरेका हुन् । यसमा सहभागीहरूको मस्तिष्कको गतिविधि 'एमआरआई' को
माध्यमले परीक्षण गरियो । सहभागीहरूलाई आआफ्नो साथीको फोटो समेत देखाइयो । यसमा के पाइयो भने साथीको फोटो देख्नासाथ सहभागीहरूको मस्तिष्कमा भएको तर्क गर्ने खण्ड धेरै प्रभावित भयो र उनीहरूको सोच्ने, सम्झने शक्ति कमजोर हुन थाल्यो ।
अध्ययनबाट के निष्कर्ष निकालियो भने, प्रेम हुनासाथ व्यक्तिको मस्तिष्कमाथि मुटुले शासन गर्न थाल्छ । यस्तोमा प्रेमी हृदयहरू कुनै पनि निर्णय भावनामा बगेर गर्न थाल्छन् । अनुसन्धान अनुसार, मुटुको मामिलामा मस्तिष्कको उपयोग गर्न थाल्दा स्वस्थ र राम्रो सम्बन्ध बन्न सक्दैन ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis