CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बलिउडबाट २०१४ का आशालाग्दा चलचित्र

बलिउडबाट २०१४ का आशालाग्दा चलचित्र

 चलचित्रले सय करोडभन्दा माथिको व्यवसाय गर्नु बलिउडका लागि नौलो भएन। वर्ष २०१३ मा पनि सय करोडदेखि झन्डै ४ सय करोडसम्मको बक्सअफिस कलेक्सन गरेर केही चलचित्रले क्रिटिक्सका लागि होइन, मनोरञ्जन प्रदान
गरेर कमाउ चलचित्र बनाउनुपर्छ भन्ने कुरा प्रमाणित गरे। वर्ष २०१४ पनि त्यही आशामा टिकेको छ। यो वर्ष पनि बलिउडका कहलिएका सुपरस्टारदेखि नवप्रवेशी कलाकार तथा निर्देशकहरूका चलचित्र प्रदर्शनमा आउँदैछन्। वर्षभरि नै हरेक शुक्रबार दुईदेखि पाँचवटा हिन्दी चलचित्रबीच व्यावसायिक भिडन्त हुने देखिन्छ। यसमा केही प्रयोगवादी चलचित्र पनि छन् भने केही फरकधारका चलचित्र पनि छन्। गत वर्ष पनि मूलधार पछ्याएर मनोरञ्जनका लागि बनाइएका 'धुम थ्री', क्रिस थ्री', 'चेन्नई एक्सप्रेस' आदि सँगसँगै 'टिफिन बक्स', 'भाग मिल्खा भाग' जस्ता फरक अवधारणामा निर्माण गरिएका चलचित्र पनि आए र अत्यन्तै राम्रो व्यवसाय गरे भने दर्शक र क्रिटिक्सबाट वाहवाही पनि कमाए। अब २०१४ मा चाहिँ के हुने हो?

शोले थ्रीडी ः ७० को दशकमा निर्माण भएको सर्वाधिक चर्चित एवं सुपर डुपरहिट चलचित्र 'शोले'लाई थ्रीडी भर्सनमा बनाएर मल्टिप्लेक्समा प्रदर्शन गरिँदैछ। फेरी गब्बरसिंह, जय, विरु र वसन्तीका संवाद हिट हुने अनुमान धेरैको छ। प्रदर्शन मिति ः जनवरी ३

जय हो ः २०१३ मा सलमान खान अभिनीत कुनै चलचित्र प्रदर्शनमा आएनन्। २०१४ मा भने पहिले 'मेन्टल' शीर्षक राखेर निर्माण गरिएको सलमानको होम प्रोडक्सन चलचित्र नाम परिवर्तन गरेर 'जय हो' शीर्षकमा सार्वजनिक हुँदैछ। यो चलचित्रबाट सलमानले आफ्नो क्रेज कत्तिको बढाउलान्, हेर्न बाँकी नै छ? प्रदर्शन मिति ः जनवरी २४

गुन्डे ः चलचित्र प्रदर्शनमा आउनुअगावै एक्सनयुक्त प्रचार सामग्रीका कारण चर्चामा रहेको रणवीर सिंह, अर्जुन कपुर, प्रियंका चोपडा अभिनीत चलचित्र 'गुण्डे'ले तहल्का मच्चाउने आशा गरिएको छ। प्रदर्शन मिति ः फेब्रुअरी १४

शादीके साइड इफेक्ट्स ः 'भाग मिल्खा भाग'मा गरेको अभिनयका कारण प्रशंसा कमाइरहेका अभिनेता फरहान अख्तरले उलला गर्ल विद्या वालनसँग अभिनय गरेको समसामयिक हास्य चलचित्र 'शादीके साइट इफेक्ट्स'लाई दर्शकले रुचाउने आशा गरिएको छ। प्रदर्शन मिति ः फेब्रुअरी २८

गुलाब ग्याङ ः माधुरी दीक्षित तथा जुही चावलाका प्रशंसकहरूका लागि वर्ष २०१४मा उनीहरूले धेरैपछि मुख्य चरित्र निर्वाह गरेको चलचित्र 'गुलाब ग्याङ्' प्रदर्शन हुँदैछ। यो नारीवादी चलचित्रमा केही यथार्थ र केही मसला प्रयोग गरिएको छ। प्रदर्शन मिति ः मार्च ७

होली डे ः अक्षयकुमारका साथ सोनाक्षी सिन्हाको जोडी बाँधिएको हास्य, एक्सन तथा थि्रलर मिश्रति चलचित्र 'होली डे' ले सय करोड क्लबमा प्रवेश पाउन सक्छ। प्रदर्शन मिति ः मार्च २८

ह्याप्पी इन्डिङ् ः कमेडी स्टार गोविन्दाका साथ सैफअलि खान, करिना कपुर तथा बर्फीकी नायिका इलियाना डिक्रुज अभिनीत हास्य चलचित्र 'ह्याप्पी इन्डिङ'ले हास्यरसको वर्षा गरेर सबैलाई मनोरञ्जन प्रदान गर्ने आशा गरिएको छ। प्रदर्शन मिति ः मार्च २८

एक्सन ज्याक्सन ः एकपछि अर्को सुपरडुपर हिट चलचित्र निर्देशन गरिरहेका दक्षिण भारतीय स्टार तथा निर्देशक प्रभुदेवा वर्ष २०१४मा एक्सन नायक अजय देवगनलाई लिएर दर्शकमाझ आउँदैछन्। उनको कमेडी एक्सन चलचित्र 'एक्सन ज्याक्सन'मा सोनाक्षी सिन्हा नायिका छिन्। प्रदर्शन मिति ः अप्रिल ११

इट्स इन्टरटेन्मेन्ट ः अक्षयकुमारले एक्सन र कमेडीमार्फत दर्शकहरूको मन जितिरहेका छन्। दक्षिण भारतीय स्टाइलको एक्सन चलचित्र 'इट्स इन्टरटेन्मेन्ट'मार्फत एकपटक फेरि उनी दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने सुरमा छन्। प्रदर्शन मिति ः मे १

पिके ः अनुष्का शर्मासँग सुपरस्टार आमिर खानको केमेस्ट्री वर्ष २०१४ मै हेर्न पाइनेछ। आमिर खान बलिउडमा जमेका यस्ता सुपरस्टार सावित भएका छन् कि जसको चलचित्र अबका मितिमा कहिल्यै फ्लप नहोला भन्ने आशा गरिएको छ। चलचित्र 'पिके'ले उक्त आशालाई यथार्थमा परिणत गर्ला? प्रदर्शन मिति ः जुन ६

हमसकल्स ः हास्य चलचित्र निर्देशन गर्न खप्पिस साजिद खानको चलचित्र 'हमसकल्स'मा सैफअली खानको दोहोरो भूमिका छ। यो चलचत्रमा रितेश देशमुख पनि छन्। प्रदर्शन मिति ः जून २०

रोय ः कपुर घरानाका रोमान्टिक हिरो रणवीर कपुरका साथ अर्जुन रामपालले अभिनय गरेको रोमान्टिक चलचित्र 'रोय'ले रणवीरको क्यारियरलाई कस्तो मोड दिने हो? प्रदर्शन मिति ः जून २०

किक ः सुपरस्टार सलमान खानद्वारा अभिनीत अर्को एक चलचित्र 'किक' पनि वर्ष २०१४ मै प्रदर्शित हुने भएको छ। यो चलचित्रमा सलमानका साथ ज्याकुलेन फर्नान्डिसको केमेस्ट्री हेर्न पाइनेछ। प्रदर्शन मिति ः जुलाई २७

ब्याङ-ब्याङ ः सुपरहिरोको छवि बनाएका ऋतिक रोशनका साथ कटरिना कैफ, डेनी ड्याङजोङ्पा, जावेद जाफरी, विपाशा वशु अभिनीत एक्सन चलचित्र 'ब्याङ-ब्याङ'ले 'क्रिस' सिरिजले जोगाएको ऋतिकको साख कायम राख्ला? त्यसको निर्धारण यही चलचित्रले गर्नेछ । प्रदर्शन मितिः अक्टोबर २

ह्याप्पी न्यू इयर ः  शाहरूख खानका साथ अभिषेक बच्चन, दीपिका पादुकोण, सोनु सुद आदि अभिनीत तथा फराह खान निर्देशित चलचित्र 'ह्याप्पी न्यू इयर' बाट निकै आशा गरिएको छ। प्रदर्शन मिति ः अक्टोबर २४

बम्बे भेल्भेट ः रणवीर कपुरले अनुष्का शर्माका साथ पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको करण जौहरको चलचित्र 'बम्बे भेल्भेट' लाई चर्चित निर्देशक अनुराग कश्यपले निर्देशन गरेका छन्। यो चलचित्र केही फरक हुने अनुमान गरिएको छ। प्रदर्शन मिति ः डिसेम्बर २५

साभ्हार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis