काठमाडौ, मंसिर १६ - लभ हार्मोन अर्थात् अक्सिटोसिनले प्रेमको गाठोलाई अझ बलियो पार्छ । यसले एउटी युवतीसँगको प्रेमबारे गम्भीर युवकलाई अर्की युवतीतर्फ आकषिर्त हुनबाट रोक्छ ।
उपर्युक्त निष्कर्षमा पुग्नुअघि जर्मन अनुसन्धानकर्ताहरूले एउटा प्रयोग गरेका थिए । उनीहरूले केही युवालाई अक्सिटोसिन भएको 'स्प्रे' छर्किदिए । त्यसपछि केही अपरिचित तर आकर्षक युवतीलाई उनीहरूलाई छेउ राखिदिए, चारदेखि ६ इन्चको दूरी बनाएर । तर ती युवकहरू ती कुनै पनि युवतीप्रति आकषिर्त भएनन् । ती युवक ती कुनै युवतीको प्रेमका लागि प्रतिबद्घ
नभएकाले त्यो स्प्रेले काम गरेन ।
वान विश्वविद्यालयका अध्ययनकर्ता डा. रेले हर्लम्यान भन्छन्, 'यो अध्ययनको नतिजा अनुसार, यो अक्सिटोसिन हार्मोनले पुरुषलाई आपmनो साथीप्रति बफादार बनाउँछ ।'
यो अनुसन्धान यसअघि भएका अनुसन्धानको नतिजाहरूसँग मेल खान्छ । विगतका अनुसन्धानहरूमा बताइए अनुसार, अक्सिटोसिन हार्मोनले दम्पती वा महिला-पुरुष सम्बन्धलाई बलियो बनाउँछ ।
मानव शरीरको अक्सिटोसिनलाई आमा, बुवा र बालबालिका बीचको सम्बन्ध बलियो बनाउने, दम्पतीबीच शीतयुद्ध कम गर्ने र विश्वास बढाउने हार्मोन मानिन्छ । केही महिना अघिको अध्ययनले के देखाएको थियो भने, शरीरमा धेरै बढी अक्सिटोसिन भएका दम्पतीहरूको सम्बन्ध अन्य दम्पतीको तुलनामा धेरै दिगो थियो । यस्तै, अक्सिटोसिनको मात्रा कम भएका दम्पतीबीचको सम्बन्ध छिट्टै टुटेको पाइयो । तर अक्सिटोसिन लिने दम्पतीको सम्बन्धलाई दिगो बनाउन यसको कुन हदसम्म योगदान हुन्छ भन्ने कुरो चाहिँ अहिलेसम्म खुलिसकेको छैन ।
उक्त अध्ययनमा ५७ युवकहरूलाई सामेल गरिएको थियो । तीमध्ये आधा कसैसँग प्रेमसम्बन्धमा थिए । अध्ययनमा सहभागी सबै युवकहरूमा जब अक्सिटोसिनको स्प्रे उपयोग गरिएको थियो, त्यतिखेर कसैको 'रिलेसनसिप' मा रहेका युवकहरू ती युवतीहरूसँग टाढा रहेको देखिए । तिनले अपरिचित युवतीहरूसँग सुखद अनुभव गरेन् ।
मानसिक विकृति हो यौन लत यौनको अम्मल अर्थात् 'सेक्स एडिक्सन' एक किसिमको मानसिक विकृति नै हो । यो लत स्वास्थ्यका लागि हानिकारक हुन्छ नै, यसले सम्बन्धित व्यक्तिको करिअर र सम्बन्धलाई समेत बर्बाद पार्छ ।
'जर्नल अफ सेक्सुअल मेडिसिन' मा प्रकाशित उक्त अनुसन्धान अनुसार, यौनको मामिलामा आफूलाई नियन्त्रणमा नराख्ने व्यक्तिले आपmनो मात्र होइन, अर्काको जीवन पनि बर्बाद पार्छन् । तर मनोवैज्ञानिकहरू यसलाई वास्तविक रूपमा मानसिक असन्तुलन मान्नबाट हच्किन्छन् ।
क्यालिफोर्निया विश्वविद्यालयको एउटा टोलीले यो विकृतिलाई एक किसिमको मानसिक स्थितिको रूपमा परिभाषित गरेको छ ।
अनुसन्धानकर्ताहरूले यसको लक्षण बताउँदै भनेका छन्, 'यसले पीडित व्यक्ति सेक्स पmयान्टेसीमा रुमलिएका हुन्छन् । यो व्यवहार ६ महिनासम्म रहे त्यसलाई यौनको अम्मल भन्न सकिन्छ ।'
अनुसन्धान अनुसार, यौन लतले पीडित व्यक्तिले आफूलाई समस्यामा वा डिप्रेसनमा रहेको अनुभव गर्छन् । अनि तनावबाट मुक्ति पाउन बारम्बार यौनक्रिया गर्छन् । उक्त अनुसन्धान सम्बद्ध प्रा. रारी रिड भन्छन्, 'यो अनुसन्धानले ती व्यक्तिको उपचारमा सहयोग मिल्छ जसलाई यौन लत लागेको छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !