आर्ट ग्यालरीमा कलाकृति हेर्न जाँदा भित्तामा टाँसिएको चित्रले तपाइँलाई कहिल्यै लात्ताले हानेको छ? पक्कै पनि छैन होला किनकि क्यानभासमा खिचिएका ती चित्र क्यानभासबाट बाहिर निस्केर लात्ताले हान्ने कुरै भएन तर चीनको तियान्जिनस्थित एक मलमा भएको चित्रकला प्रदर्शनीमा पुग्नेलाई चित्रमा रहेकी एक युवतीले लात्ताले हान्नेछिन् भने मोनालिसाले दाहिने हातको चोरी औँलाले तपाइँको लुगा
अड्काइदिनेछिन्। यतिमात्र होइन तपाइँले चित्रैमा रहेको एक भुसतिघ्रे मानिसको हातबाट वाइन पिउन सक्नुहुन्छ। हो, यो विचित्रको चित्रकला प्रदर्शनीमा पुग्ने जो कोहीलाई पनि अनौठो अनुभुति हुन्छ। त्यहाँ प्रदर्शनमा रहेका चित्रकला सामान्य दुई आयामिक चित्र नभएर थ्री डी चित्र हुन्। त्यसैले प्रदर्शनीमा पुग्नेहरुले ती चित्रमा भएका बस्तु तथा मानिससँग साँच्चीकै साक्षात्कार गरेको अनुभूति गर्न पाउँछन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !