यो वर्ष सन् २०१२ मा केही भिडियोहरुले इन्टरनेटमा निकै धेरै तहल्का पिट्न सफल भए । पप गितका भिडियो देखि प्यारोडी तथा विज्ञापन समेतका भिडियोले आश्चर्यजनक रुपमा यु ट्युव तथा अन्य माध्यमबाट इन्टरनेटमा धूम मच्चाउन सफल भए ।
एकाएक चर्चामा आएका यस्ता भाइरल भिडियो मध्ये केही हेर्न लायक पनि थिए भने केही बकम्फुस्से । तरपनि मान्छेले यस्ता भिडियो हेरेरै छाड । सीएनएन ले यो वर्षका सबैभन्दा चर्चित भिडियोको सूचि तयार पारेको छ जसले यु ट्युवमा धूम मच्चाउन सफल भए । ती भिडियोहरु निम्नानुसार छन् :
१.ग्यांगनम स्टाइल : सन् २०१२ ग्यांगनम स्टाइलको वर्ष भयो भन्दा पनि फरक नपर्ला । दक्षिण कोरियाली र्याप गायक साइको यो र्याप गितको भिडियो सन् २०१२ को सबैभन्दा चर्चित भिडियोको रुपमा मात्र रहेन यु ट्युवमा अहिलेसम्मै सबैभन्दा बढि हेरिएको भिडियो बन्न सफल भयो । जुलाइमा रिलिज भएको यो रोचक भिडियो ८२ करोड ६० लाख जनाले यु ट्युव मार्फत हेरे, जबकी त्यसअघि सम्म सबैभन्दा बढि हेरिएको जस्टिन बाइबरको गित बेबी ८० करोड ४ लाख जनाले हेरेका थिए ।
ग्यांगनम स्टाइल यतिधेरै चर्चित बन्यो की यसको नक्कल गरेर विभिन्न प्यारोडी बनाइयो । मिट रोम्नी स्टाइल देखि लिएर गद्दाफी स्टाइल तथा किम जोङ स्टाइल नामका प्यारोडी बनाइए र उत्तिकै चर्चित पनि भए ।
२. टेलिभिजन विज्ञापनको करामत : ए ड्रामाटिक सरप्राइज इन क्वाइट स्क्वाएर नामक यो भिडियो यु ट्युबमा निकै चर्चित बन्न सफल भयो । बेल्जियमको नयाँ टेलिभिजन टिएनटी को विज्ञापन गर्दै तयार पारिएको यो रोचक भिडियोमा बेल्जियमको एक सहरको मुख्य चोकमा भएका रोचक नाटकीय घटनालाई समेटिएको छ । संचार माध्यमले कुन कुरा सत्य हो कुन कुरा बनाबटी वा नाटकिय हो भन्ने कुरा छुट्टाउनुपर्छ भन्ने अभिप्राय रहेको यो भिडियो हेरौँ हेरौँ पार्ने खालको छ । यो भिडियो यु ट्युब मार्फत ३८ करोड ८० लाख जनाले हेरिसकेका छन् ।
३. कोनी २०१२ : यु ट्युबमा झण्डै साढे ९ करोडले हेरिसकेको यो भिडियो चर्चित डकुमेन्ट्री भिडियो हो । अमेरिकी एक संस्थाले तयार पारेको यो भिडियो अफि्रकी युद्ध खलनायक जोसेफ कोनीका विषयमा छ । यो भिडियो मार्च महिनामा रिलिज भएको हो । यो भिडियोलाई कतिपय मानवअधिकारवादीले आलोचना समेत गरेका छन् ।
४. म्यारी यू : अभिनेता आइज्याक लम्बले कोरियोग्राफ गरेको यो लाइभ नृत्यको भिडियोलाई १ करोड ६० लाख भन्दा बढिले हेरिसकेका छन् । यो भिडियो गत मे मा सार्वजनिक भएको थियो ।
५.हिउँमा पौडी : सेप्टेम्बरमा यु ट्युबमा राखिएको यो रोचक भिडियोमा एक जना जर्मन मानिस निर्धक्कका साथ हिउँको पोखरीमा हाम फालेको देखाइएको छ । निकै जमेको हिउँमा पौडी पौडी खेल्ने जस्तो गरी हाम फालेका उनी हिउँमा नराम्ररी बजारिएका छन् र आच्छु आच्छु गरेका छन् । यो भिडियो २ करोड १३ लाखले हेरिसकेका छन् ।
६.मृग युवतीको रेडियो सन्देश : मृग युवतीका नामले चिनिने डोन्ना नामकी महिलाले अमेरिकाको एक रेडियो स्टेशनलाई फोन गरेर बाटोमा राखिएका मृगले बाटो काट्ने ठाउँका सन्देश र मूर्ति हटाउन गरेको माग सहितको भिडियोले पनि यो वर्ष चर्चा पायो । यो भिडियो १ करोड भन्दा बढिले हेरे ।
७. मर्ने सजिला उपाय : यो फन्नी भिडियोमा मर्नका लागि सजिला उपाय बताइएको छ । अस्ट्रेलियामा तयार पारिएको यो भिडियोमा रेलसँग ठक्कर खानुलाई मर्नका लागि सबैभन्दा सजिलो उपाय बताइएको छ । त्यस्तै अन्तरीक्षणमा हेलमेट फुकाल्नु तथा दुइवटै मृगौला बेच्नुलाई पनि मर्नका लागि सजिला उपायको रुपमा बताइएको छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !