काठमाडौं । भनिन्छ 'ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ' रे। अर्बौं रुपैयाँ सम्पत्तिका मालिक सुधीर बस्नेतमाथि यतिबेला यही उखान चरितार्थ भइरहेको छ।
आर्थिक मन्दीका कारण केही व्यवसायमा मन्दी आएर सन्तुलन बिग्रिएका बेला बस्नेतमाथि ठूलो बज्रपात परेको छ। घरजग्गा व्यवसाय समस्या परेपछि केही सातादेखि संकटमा रहेका बस्नेत अहिले प्रहरी कस्टडीमा छन्। आर्थिक लेनदेनको विषयमा छलफल गर्न भन्दै प्रहरी कार्यालय बोलाइएका बस्नेतलाई प्रहरीले बिनापूर्जी हिरासतमा लिएर राखेको छ। नियन्त्रणमा लिइसकेपछि प्रहरीले बस्नेतले केही व्यक्तिलाई पैसा तिर्न बाँकी रहेकोले उनीहरूले उजरी दिएको भन्दै छानविनका नाममा लगातार
नियन्त्रणमा राख्दै आएको छ।
जिल्ला अदालत काठमाडौंले पनि अनुसन्धानको नाममा बस्नेतलाई नियन्त्रणमा राख्न प्रहरीलाई म्याद थप्दै आएको छ। प्रहरीको नियन्त्रणमा परेपछि बाहिर निस्कने उपायको खोजीमा रहेका बस्नेतले फेरि एकपटक सरकारलाई गुहारेका छन्। कस्टडी भित्रबाटै सरकारका नाममा विज्ञप्ति जारी गरेर बस्नेतले आफूलाई नियन्त्रणमा राखिरहँदा समस्यामा परेकाहरू झन समस्यामा पर्ने भन्दै थुनामुक्त गर्न र काम गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्।
अर्बपति बस्नेतलाई विभिन्न बहानामा कमजोर बनाउन योजनाबद्ध रुपमा फसाउन खोजिएको स्रोतको दाबी छ। बस्नेतको कम्पनीमा बैंक तथा वित्तीय संस्थाले दुई अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन्, उनले तयार गरिरहेको परियोजना आगामी दुई वर्षभित्र पूरा गर्न पाए उनले १२ अर्ब ५२ करोड ८० लाख रुपैयाँको आम्दानी गर्नेछन्। उनलाई यी सबै परियोजना सक्न थप तीन अर्ब २४ करोड २० लाख रुपैयाँ आवश्यक पर्ने छ, त्यसैगरी दुई वर्षको अवधिमा औषतमा १२ प्रतिशत व्याजमा काम गर्न पाए उनले ७० करोड ८० लाख रुपैयाँ ब्याज खर्च गर्नुपर्नेछ।
ऋण, त्यसको व्याज र परियोजना पूरा गर्न लाग्ने थप खर्चवापत उनको छ अर्ब ९० करोड रुपैयाँ खर्च हुनेछ, १२ अर्ब ५२ करोडको आम्दानीमा सात अर्बको खर्च घटाएपछि उनी कम्तिमा पनि पाँच अर्ब ६२ करोड ७९ लाख नाफामा हुनेछन्। बस्नेतले व्यक्तिगत घर, अपार्टमेन्ट, जग्गा विकास र एयरलाइन्स गरेर चार महत्वाकांक्षी परियोजना चलाइरहेका छन्। उनको व्यक्तिगत घरमा २३ करोड ५० लाख ऋण छ, अपार्टमेन्टमा एक अर्ब ४१ करोड ५० लाख, जग्गा विकास र एयरलाइन्समा ६५–६५ करोड रुपैयाँ ऋण छ। बस्नेतसँग व्यक्तिगत घरका चार वटा परियोजना छन्, यी परियोजनामा अहिले ७२ वटा घरको निर्माण रोकिएको छ।
प्राप्त तथ्यांकअनुसार बस्नेतको अहिले छ वटा अपार्टमेन्टमा झण्डै १७ सय वटा फ्लायटको निर्माण रोकिएको छ। सानेपा हाइटको ४७, बागमती अपार्टमेन्टको ८०, इम्पेरियल अपार्टमेन्टको ६४, भेगास सिटीको ५७०, चक्रपथ हाइटको ५४० र इष्टर्न अपार्टमेन्टको ४४८ फ्लायट निर्माणको प्रक्रियामा रोकिएका छन्। सबै परियोजना तयार भएर बिक्रि भए बस्नेतको हातमा आठ अर्ब ३२ करोड रुपैयाँ पर्दछ, यसबाट उनका लागि तीन अर्ब २५ करोड रुपैयाँको अतिरिक्त आम्दानी हुने प्राप्त विवरणमा छ। बिक्रि भएका ६६८ फ्ल्याटबाट मात्रै बस्नेतलाई दुई अर्ब ७९ करोड ४९ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ।
बस्नेतको पारिवारिक स्रोतबाट प्राप्त विवरणअनुसार बस्नेतसँग गुन्डुमा ३१० रोपनी र चम्पीमा सात सय रोपनी जग्गा छ, यो जग्गाका लागि उनले ६५ करोड रुपैयाँ बैंकबाट ऋण लिएका छन्। जग्गा प्लटिङ गर्न १६ करोड ७० लाख रुपैयाँ खर्च गरे अहिलेको बजार मूल्यमा यो जग्गा बिक्रि गर्दा बस्नेतलाई दुई अर्ब ३५ करोड ६५ लाख रुपैयाँ प्राप्त हुनेछ।
बस्नेतसँग यसबाहेक पनि अग्नि एयरलाइन्स छ, प्रति विमान २५ करोड रुपैयाँ पर्ने दुई वटा डोनियर छन् भने प्रतिविमान १८ करोड पर्ने तीनवटा जेटस्ट्रिम छन्। अग्निका लागि बस्नेतले ग्रान्ड, सनराइज र आइएलएफसीबाट ६५ करोड रुपैयाँ ऋण लिएका छन्, २० करोड रुपैयाँ खर्चमा मर्मत सम्भार, कर्मचारीको तलव, पार्किङग र इन्धनको बक्यौता तिरे पुग्छ। पाँच विमान सञ्चालन गर्न सके अग्निलाई वार्षिक ३० करोडभन्दा माथि मुनाफा हुनेछ।
त्यसो त अहिले अग्निका विमान त्यहींकै पाइलटले लिजमा सञ्चालन गर्ने सहमति गरेका छन्, विमान सञ्चालनका लागि बैंकले अग्निमा थप १५ करोड रुपैयाँ लगानी गर्ने सहमति अन्तिम चरणमा पुगेको छ। स्रोत भन्छ, यसबाहेक पनि बस्नेतसँग थुप्रै सम्पत्ति छ, तर सबै सम्पत्ति व्यवस्थित ढंगले राखिएको छैन्। त्यसो त बस्नेत थुनिएपछि उनको सम्पत्तिमा ह्रास आउन थालेको छ, निर्माणस्थलमा राखिएको करोडौं रुपैयाँको फलामे डण्डीमा खिया लाग्न थालेको छ, सिमेन्ट डल्लो पर्न थालेको छ, हरेक दिन टायल चोरी भएपछि घट्दै गएको छ।
बस्नेत थुनिएपछि परियोजनमा सुरक्षा पनि छैन्, यसले उनको सम्पत्ति ह्रास भएको छ, उनी निकट एक पारिवारिक स्रोतले बतायो। बस्नेत आफैंले पनि आइतबार प्रेस विज्ञप्ति जारी गरेर काम गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका थिए, उनले हिरासतमा राखे सम्पत्तिमा क्षयीकरण हुने तथा उनका ग्राहक र सहकारीका सदस्यहरू समस्यामा पर्ने बताउँदै आएका छन्।