CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अब बैंक र बैंकर्ससँग आत्मसुरक्षाका अश्रुग्यास

अब बैंक र बैंकर्ससँग आत्मसुरक्षाका अश्रुग्यास

काठमाडौं । निजी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले आत्मसुरक्षाका लागि धमाधम अश्रुग्यास राख्न थालेका छन्।  
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारी आक्रमणमा परेपछि सीमित ठाउँमा मात्रै प्रयोग हुने अश्रुग्यास राख्ने
सुविधा दिएपछि उनीहरूले अश्रुग्यास राख्न थालेका हुन्। सरकारले दिएको अनुमतिसँगै निजी बैंकका धेरै सीईओले अश्रुग्यास राख्न थालेको स्रोतले बतायो। प्रहरीले एक साताअघि अश्रुग्यास राख्ने सुविधा दिएको हो। 'सुरक्षा थ्रेट भएका धेरै सीईओले अश्रुग्यास राखिसकेका छन्,' स्रोतले भन्यो। भण्डारीमाथि आक्रमण भएपछि एसोसिएसनका पदाधिकारीहरू प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सुरक्षा निकायमा सुरक्षा प्रत्याभूति दिन माग गरेका थिए। पछिल्लो समयमा थ्रेट भएको क्षेत्रमा सादा पोसाकका प्रहरी खटाइएको छ। 'सीईओले थ्रेट भएको स्थानको जानकारी दिएका आधारमा सादा प्रहरी खटाइएको हो,' एक उच्च प्रहरी अधिकृतले भने।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis