By mysansar, on January 27th, 2013
नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर केही वर्ष अघि बजारमा आएको थियो ‘दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड’ पुस्तक। पुस्तक नपढेकाहरुका लागि माइसंसारमा यसबारे जानकारी राख्न पाए हुने जस्तो लागेर लेखक तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग अनुमति लिई पुस्तक अंश गत हप्तादेखि यहाँ साभार गर्दैछौँ। पुस्तक अंश हरेक आइतबार राखिनेछ। यो दोस्रो भाग हो। पहिलो भाग यहाँ क्लिक गरी पढ्न सकिन्छ।]
यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारबाट भएको छ।
जेठ १८ गते बिहान ७ बजे नमीता, सुनीता र नीराको पोखराका लागि प्रस्थान भयो। साथमा नमीता, सुनीताका दाजु (ठूलाबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा पिन्टु (विनय) पनि थिए। नमीता–सुनीताको विद्यार्थी सहुलियतमा अघिल्लो दिन टिकट काटिएको थियो। बल्लभ बसको अघिल्लो भागमा ड्राइभरसगै बसेका थिए भने केटीहरु सबभन्दा पछिल्लो सिटमा थिए।
बल्लभको घर चाबहिल र ससुराली लाजिम्पाटमा पर्दछ। उनैको संरक्षणमा रहनेगरी यी केटीहरुलाई पोखरा जाने अनुमति प्राप्त भएको हो। पोखरा भ्रमण नमीता–सुनीताका निम्ति नौलो अनुभव थियो भने नीरा यसभन्दा अघि दुईचारपटक पोखरा गइसकेकी थिइन्। पोखराको विन्ध्यवासिनी छेउ, सराङकोट जाने बाटोको फेदीमा नीराकी हजुरआमा र स्थानीय विद्यालयको प्रधानाध्यापक रहेका काका रुद्रमणिको बसोबास छ।
दिउसो अढाई बजेतिर पोखरा बसपार्कमा उत्रिएर सातै जनाले बगाले टोल जान अर्को लोकल गाडी पक्रिए। त्यहा बल्लभको सानो डेरा थियो। उनी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदार थिए। नीरा त्यसै साझ काकाको घरतर्फ लागिन्।

भोलिपल्ट बिहानदेखि पानी पर्न थाल्यो। तैपनि ७ बजे नीरा ट्याक्सीमा बगाले टोल आइपुगिन् र नमीता–सुनीतालाई समेत लिएर तुरुन्तै फर्किन्। नीराको काकाको घरमा उनीहरु केही घण्टामात्र बसे। १०.३० बजेतिर बल्लभको डेरा हुदै पूर्णिमा सिनेमा हलतर्फ लागे। त्यसदिन उनीहरुले हेरेको हिन्दी फिल्मको नाम थियो– सञ्जीवकुमार र लाटीको भूमिकामा जया भादुडी(बच्चन)द्वारा अभिनित ‘कोशिश’। अघिल्लो दिनझैं त्यस दिन पनि नीरा साथीहरुसग रात बिताउने गरी बसिनन्। साढे चार बजे नै उनी काकाको घरतर्फ लागेकी थिइन्। २० गते बिहानै उनीहरु फेवाताल हेर्न गए। एकैछिनमा पानी पर्न थाल्यो। डाफे कला मन्दिरमा ओत लागेर उनीहरु १२ बजेतिर डेरा फर्किए। २१ गते बगर घुम्ने क्रममा बल्लभसग बसपार्कमा भेट भयो। उनी कार्यालयकै कामको सिलसिलामा स्याङ्जा जान लागेका थिए। बुधबारदेखि घुम्न जानेमा तीनजना मात्र भए किनकि उनीहरुका साथमा हिड्ने १३ वर्षीय भुवन (काकाको छोरा) को अन्तिम परीक्षा एकदमै नजिक आइरहेको थियो र घरमा सबै आउको बिमारीले पीडित हुन थालेका थिए। तसर्थ, बुधबार अर्थात् २२ गते भुवनलाई घरमै छाडी तीनजना केटी पेन्सन क्याम्पमा रहनुभएकी नीराकी सानीआमाकहा गए। सानीआमाले खाना खुवाउनुभयो। फर्कने बेलामा सानीआमालाई दुई–तीन दिनभित्र काठमाडौं जाने कुरा बताइएको थियो। दिउसो उनीहरु टुडिखेलनेरै बन्दै गरेको सानीआमाको नया घर हेर्न गए, राति उपन्यास पढे, पढ्दापढ्दै थाकेर निदाए। बल्लभको कोठा सानो भएका कारण अघिल्लो दिनदेखि नमीता–सुनीता यता सरेका थिए।
भोलिपल्ट नमीता र सुनीता पत्र लेख्न बसे। सुनीताको पत्रमा यस्तो लेखिएको थियो–
२३ जेठ ०३८, पोखरा
आदरणीय बाबा तथा दिदीमा प्रणाम
प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमीताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यहीं समाप्त गर्दछु। नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला।
– उही सुनीता

(यहा दिदी भनेर आमा सफलादेवीलाई संबोधन गरिएको हो। प्रदीप त्यतिबेला पश्चिम बङ्गालका तत्कालीन कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुको विशेष कोटाअन्तर्गत छात्रावासको कोठा नं. ६० मा बसेर कोलकाता– ४ को आरजी कर मेडिकल कलेजमा एमबीबीएसका छात्र हुनुहुन्थ्यो।)
२४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हिडे।
अफसोच दुई–तीन दिनमै घर फर्कने तिनको सपना कहिल्यै पूरा हुन पाएन। जेठ २४ गते बिहानदेखि तीनजना केटीहरु फेरि कतै देखा नपर्नेगरी गायब भए।
बिहानै हिडेका केटीहरु त्यो साझ घर आइपुगेनन्। भोलिपल्टको साझ पनि त्यसैगरी बित्यो। रुद्रमणिले कुनै अनिष्टको आशङ्का गर्न सक्नुभएन। बल्लभकै डेरामा बसे कि यही सोचाइमा उहाहरुले रात बिताउनुभयो। तर, सोचाइ उल्टो सावित हुन पुग्यो। हजुरआमा थीरकुमारी र नाति भुवन सोमबार बिहान बल्लभको डेरा पुगेर सोधखोज गर्दा सबैजना आश्चर्यचकित भए। ३–४ दिनदेखि बल्लभसग ती केटीहरुको भेटघाट भएको थिएन। मनमा चीसो पस्यो। सबैजना क्षेत्र विभाजन गरेर ठाउ–ठाउमा खोज्न हिडे। हजुरआमा सानीआमा कहा जानुभयो, काका फोटो लिएर बेगनासतिर लाग्नुभयो। कतैबाट केही सुइको नपाएपछि आजित हुनुभएका काकाले २७ गते मङ्गलबार माधवराज (नमीता, सुनीताका बुबा) सग छोरीहरु फर्के–नफर्केको बारे ट्रङ्कमा कुरा गर्नुभयो।
रुद्रमणिले पुलिसमा रिपोर्ट गर्न अनुमति माग्नुभयो। तर, माधवराज मान्नुभएन। ट्रङ्कमा कुराकानी सकिएपछि माधव एउटा गाडीको तलासमा लाग्नुभयो। आफ्नो भूपू महानिर्देशकलाई गाडी दिनु उद्योग विभागका लागि गाह्रो काम थिएन। उहाले भतिज नीलप्रसाद भण्डारी (हाल सिन्धुपाल्चोक जिविसमा मनोनीत) र बासुप्रसाद रेग्मीलाई गाडी चढाएर पोखरातिर पठाउनुभयो। गृहमन्त्री नवराज सुवेदीलगायतका विभिन्न उच्चपदस्थ व्यक्तिहरुलाई गुहार्नमै केही समय बित्यो। माधवराजका अनुसार, उद्योग मन्त्रालयमा सगै कार्यरत नवराजले कुरालाई गम्भीरतापूर्वक सुन्ने धैर्यता देखाएनन्। उनले माधवराजलाई सहानुभूति राख्दै यतिमात्र भनेका थिए– ‘तपाईं पोखरा गइहाल्नुस्, मैले शानेवानिलाई भनिदिएको छु। विमानस्थलबाट सोझै टिकट लिए हुन्छ। गइहाल्नुस्।’
यता, काठमाडौंको स्थिति यस्तो थियो भने पोखरामा नमीता, सुनीता हराएको कुरालाई लिएर सनसनी फैलदै गयो। अनेक आशङ्काहरु उठाइन थाले। यसैबीच, अर्थमन्त्री यादवप्रसाद पन्त (नमीता–सुनीताकी जेठी दिदी अजिताको बिहे तीन–चार महिनाअघि मात्र पन्तका छोरा डा. गिरिशप्रसाद पन्तसग भएको थियो) र गृहसचिव कर्णध्वज अधिकारीबाट गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठ (स्व.) लाई ‘केटीहरुको राम्ररी खोजतलास गर्न’ निर्देशन गयो। काठमाडौंको सबै काम सकेर २९ गते बिहीबार माधवराज, उहाकी श्रीमती र नीराकी आमा प्लेनबाट पोखरातर्फ लाग्नुभयो। मोटरसाइकल दुर्घटना भएर हात मर्किएका कारण दमका रोगी थीरमणि उहाहरुसग जानुभएन।
पोखरा एयरपोर्टमै कसैले एउटी केटीको लाश फेला परेको खबर सुनायो। उहाहरुले अस्पताल पुगेर हेर्दा त्यो लाश नमीताको थियो। नमीताको शरीरबाट घाटीमै झुण्डिरहेको लेडिज ब्याग, दुवै दिदी–बहिनीका परिचयपत्र, सुनको लकेटसमेत फेला परे। यसबाहेक मिलाएर बाटोको कपालमा दुईवटा क्लिप यथावत थिए। आखा बिस्फारित थिए। मोजा र जुत्ता पानीले बगाउन भ्याएको थिएन, एउटा खुट्टा अलिकति ठडिएको थियो, टाउको पछाडि घाउ, च्यातिएको सुरुवाल र केही फुलेको जिउ– यस्तै थियो लाशको अवस्था। १८ गते बिदाइको हात हल्लाउदै पोखरा गएकी अबोध कान्छी छोरीलाई त्यस अवस्थामा देख्नुपर्दा कुनचाहि आमा–बाबुको मुटु नभक्कानिएला आमा बेहोश भएर लड्नुभयो, बेहोशीकै हालतमा घण्टा बिते, दिन बिते र हप्ता बिते। एउटी छोरी त्यस अवस्थामा फेला परिन्, अर्कीको कुनै पत्तो थिएन।
त्यस दिन पनि सेती नदी आफ्नै गतिमा कल्कलाएर बगिरहेकी थिइन्। उसै त वर्षेझरीको याम, त्यसमा पनि सेतीको प्रवाह साह्रै कञ्चन। त्यही कञ्चन प्रवाहबीच कोही अपरिचित महिलाको कहालीलाग्दो काया एउटा ढुङ्गामा अड्किएर रहेको थियो, मौन अनि स्तब्ध भावमा।
टाउको पूर्व फर्किएको र शरीर उत्तानो परेको अवस्थामा थियो त्यो महिला देह। प्याजी रङ्गको पाइजामा (पञ्जाबी पोशाक) थियो उनको शरीरमा। कम्मरमाथि लगभग निर्वस्त्र थिइन् उनी। पानीले बगाएर होला, उनका स्तनहरु प्रष्टै देखिन्थे, जसले गर्दा त्यो लाश महिलाकै हो भन्ने ठम्मिएको थियो। ती महिलाले हाफ बाउला भएको कुर्ता लगाएकी थिइन्। उनको कपाल कालो र एक हातजति लामो थियो। त्यसको टुप्पोमा फुर्को बाधिएको थियो। र, फुर्कोलाई काचको क्लिपले अड्याइएको थियो।
प्रहरी शेषमणि शर्माको जाहेरी प्रतिवेदनका आधारमा त्यसरी बेवारिश लाश फेला परेपछि प्रहरीले तत्कालै घटनास्थलमा प्रकृति मुचुल्का उठाउन थाल्यो। त्यसरी लाशको प्रकृति मुचुल्का तयार गर्ने क्रममा पोखरा– २ मिरुवाका २० वर्षीय दुर्गाप्रसाद रेग्मी, वर्ष १९ का विमलमणि पराजुली, वर्ष २२ का भोला गिरी, वर्ष २० का रामभूषण पराजुली, वर्ष ३० का भीमराज रेग्मी, वर्ष २६ का रामप्रसाद पराजुली, पोखरा– ७ पार्दीका २३ वर्षीय कुलबहादुर केसी, वर्ष १८ का एकबहादुर क्षेत्री र धम्पुस गाविस– ८ का १९ वर्षीय सूर्यबहादुर गुरुङ्गलाई साक्षी राखिएको थियो। ०३८ साल जेठ २९ गते बिहीबार गरिएको प्रकृति मुचुल्कामा काम तामेल गर्नेहरुमा कास्की, पुनरावेदनका तत्कालिन सहायक सरकारी अधिवक्ता मोहनमणि दाहाल, प्रहरी निरीक्ष्ँक बाबुराम पुन, प्रहरी सहायक निरीक्ष्ँक कृष्णलाल शर्मा र प्रहरी जवान सिंहबहादुर थापा रहेका थिए।
त्यो दिन नमीताको पोष्टमार्टम गर्न गण्डकी अञ्चल अस्पतालका सुपरिटेण्डेन्ट डा. कुमारसमशेर राणा तयार भएनन्। उनको भोलिपल्ट पोष्टमार्टम गरिदिने आश्वासनमा लाश त्यहीं छाडेर सबै फर्किए। भोलिपल्ट दिनको सवा बाह्र बजेतिर पोष्टमार्टम सकियो। पोष्टमार्टमपछि बिन्ध्यबासिनीतिरका नीराका आफन्तहरुले रामघाटमा लगी लाश जलाए। माधवराजसहित उपस्थित सबैका आखाबाट बरर्र आशु खसे। डा. कुमारले दिएको पोष्टमार्टम रिपोर्टमा अशिष्टताको पराकाष्टा नाघ्दै ‘पानीमा डुबी श्वास लिन नसकी मरी’ भन्ने भाषा प्रयोग गरिएको थियो। लाश फेला परेपछि प्रशासन केही तातेको जस्तो लाग्यो– कास्कीका मानिसहरुले यस्तो अनुभव गरे। तीनवटी केटीहरु फेवाताल घुम्न गएका थिए, त्यहा डुङ्गा चलाउने (बोटे) हरुलाई थाहा होला, भीडीओ हेर्न भलाम गएका थिए, दूध बेच्न आउनेहरुलाई थाहा होला– यस्ता अनेक हल्लाहरु पोखरामा फैलन थाले। प्रशासन ‘सक्रिय’ भयो। भएभरका बोटेहरुलाई पुलिसले पक्रदै ल्याउन थाल्यो। दूध बेच्नेहरु, पाकेटमारहरु कोही बाकी रहेनन्।
यस्तै असङ्गतिबीच काठमाडौंमा असार १ गते राति माधवराजका वाल्यकालदेखिकै परिचित सूर्यबहादुर थापा मुलुकको निर्विकल्प र निर्विरोध प्रधानमन्त्री घोषित भए। बालुवाटारस्थित ध्रुव समशेरको घरमा बसी स्कूले जीवन बिताएका थापा माधवराजका छिमेकी हुन पुगे भने पढाइमा पनि उनी ३–४ कक्षामाथि थिए।
एउटा महवपूर्ण सूत्र
माधवराज भण्डारी प्रशासनको ब्यवहारदेखि उदासिन हुनुहुन्थ्यो। अझ भन्ने हो भने प्रशासनले घटनाको वास्तविकता पत्ता लगाउन सक्छ भन्ने कुरामा उहालाई विश्वास थिएन। यसैले उहा आफ्नै तवरले अनुसन्धानमा लाग्नुभयो। बिहान सबेरै उठ्नु, साझा सहकारीका क्षेत्रीय प्रमुख तथा आफ्ना साडुभाइ शिवप्रसाद शर्मालाई पनि उठाई सगै मोटरसाइकल चढेर फूलबारी चौर र सेतीको बगर डुल्नु उहाको दिनचर्या बन्यो। पृथ्वीनारायण क्याम्पसमुनि सेती नदीको खोंचबाट निकालिएको नमीताको लाश र लाशको प्रकृति हेर्दा घटना नजिकै कतै घटेको अनुमान लगाउन सकिन्थ्यो। क्याम्पस र फूलबारी वारिपारि पर्दछन्। फूलबारीबाट लाश भेटिएको ठाउ प्रष्टसग देख्न सकिन्छ। फूलबारी डुल्ने क्रममा असार ३ गते माधवराजलाई एउटा महत्वपूर्ण सूत्र हात लाग्यो। त्यो सूत्र बनपाले चूडामणि अधिकारी थियो।

जिल्ला वन कार्यालयमा कार्यरत चूडामणिलाई घटनाका बारेमा धेरै कुरा थाहा हुनसक्ने अनुमान त्यस इलाकाका अरु थुप्रै मानिसलाई थियो। चूडामणि प्रायःजसो कार्यालय समयपछि खाना खानका निम्ति क्याम्पसमुनिको काठेसाघु तरी सेती नदी पार गरेर घर जान्थे र खाना खाएर त्यसरी नै फर्कन्थे। उनको घर क्याम्पसभन्दा ठीक पारिपट्टि पर्दछ। त्यो ठाउलाई अहिले काहु, भलाम गाविस– ८ भनेर चिनिन्छ। साझ–बिहान नियमित ओहोर–दोहोर गरिरहने चूडामणिले पृथ्वीनारायण क्याम्पसमुनि घटेको घटनालाई नजिकैबाट देखेका हुनसक्थे। यस हिसाबले हेर्दा प्रशासनले घोषणा गरेअनुरुप सुराक दिने व्यक्तिका लागि तय गरिएको रु. ५ हजारको नगद इनामका एकमात्र हकवाला उनै थिए।
माधवराज भोलिपल्ट वन कार्यालय गई तत्कालीन डीएफओ ललितरत्न शाक्यसग एकैछिन चूडामणिलाई भेट्ने अनुमति माग्नुभयो। उनले चूडामणिलाई कमेरो पोत्ने काममा लगाइराखेका थिए। चूडामणिको कपडाको अवस्थाले त्यसै भन्थ्यो। माधवराज, शिवप्रसाद र चूडामणि चढेको जीप त्यहाबाट सहकारी भवनतिर लाग्यो। भवनमा लगेर चूडामणिलाई वास्तविकता बताउन अनुरोध गरियो। कुराकानी चलिरहेकै स्थितिमा अकस्मात् दुईजना प्रहरी त्यहा पुगे र चूडामणिसहित माधवराजलाई डीएसपी कार्यालयतिर लिएर गए। कारण केही बताइएन। इन्स्पेक्टर बाबुराम पुनले जीपबाट ओरालेर चूडामणिलाई साझसम्म थुनिराख्ने आदेश दिए र माधवराजको पाखुरा समातेर अर्को गाडीमा हाले। २–३ वटा गाडीमा माधवराजलाई घटनाको सूत्र खोज्न जान लागेको बताइयो।
रोडछेउमै रहेको पोखरा डीएसपी कार्यालयको पर्खाल आज पनि होचै छ। भित्र के भइरहेको छ वा भित्र को–को छन् भनेर जान्नुपर्यो भने कुनै आइतबार बार्नुपर्दैन। चूडामणिलाई भित्र राखिएको कुरा जान्नु र जसरी पनि बाहिर निकाल्नु कसैका लागि महत्वपूर्ण काम हुनसक्थ्यो। र, भयो पनि त्यस्तै। साझ माधवराजलाई जचुकालीमा ल्याएर छोडियो। चूडामणिलाई भने बिना सोधपुछ डीएसपी कार्यालयबाट छोडियो। चूडामणिलाई छोड्दा पुलिसले विधिवतरुपमा ‘भोलिपल्ट दश बजे हाजिर हुन आउने’ व्यहोरा आफ्नो खातामा चढायो।
साझ चूडामणि घर फर्किए। जेठी श्रीमती ३५ वर्षीया टीकादेवी, अर्की एकजना अर्धलाटी श्रीमती, ६ वर्षकी छोरी, २ छोरा पाल्ने जिम्मा आफ्नो काधमा बोकेका चूडामणि बहुतै गरिब थिए। १६–१७ वर्षको जागिरे जीवनमा उनले कसैको चित्त दुखाएनन्। भोलिपल्ट बिहान ९ बजे चूडामणिले हातमा बाधेको घडी फुकाले, घरमा भएमध्येकी सबैभन्दा समझदार जेठी श्रीमती, जो बिरामी भएर ओछ्यानमा लडिरहनुभएको थियो, लाई दिए, पस्किएको भात खाए र हिडे।
‘फूलबारी आइपुग्दा ९.३० जति भएको हुदो हो’– ८० वर्षीय घान्द्रुके गुरुङबाले पुरानो कुरा सम्झदै ०४७ सालको बैशाख १३ गते मसगको भेटघाटमा बताए– “चूडामणि म आज फर्किन पाइन भने बूढीलाई चिन्ता नले, पुलिसले बोला’को छ। के के हो सोध्नु छ रे भनिदिनु है गुरुङबा भन्दैथ्यो। मैले हुन्छ भनें। गयो ब्यारेकतिर खुरुखुरु।” चूडामणिलाई अन्तिमपटक देख्ने व्यक्ति यिनैमात्र थिए। त्यतिबेला यिनी आफ्नी नातिनीलाई स्कूल पुर्याउन दिनहुजसो चूडामणिसगै साघु तरेर नगरतिर लाग्थे। फूलबारीमा भएको बूढाबाको एकटुक्रा जमीन पनि चूडामणिले नै कमाउदै थिए। चूडामणि सधैं हिड्ने छोटो बाटो नहिडिकन किन ब्यारेकतिरबाट गए? गुरुबाले आजसम्म यस प्रश्नको उत्तर फेला पार्नुभएको छैन।
बाबुको बिलौना
नमीता–सुनीताका बाबु माधवराज भण्डारीले ०३८ असार १ गते सोमबार पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा बेपत्ता छोरीहरुको खोजतलासका लागि एक जाहेरी दर्खास्त दर्ता गरेका थिए। उनकोे जाहेरीमा छोरीहरुले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको जनाउदै ०३८ सालको जेठ २४ गते शनिबारको बिहान १२ बजेभित्र घुमफिर सिध्याई महेन्द्रपुल पुगी तीनैजना नगरबस चढेको देख्ने साक्ष्ँीहरुको हवाला दिइएको थियो। उक्त जाहेरीमा अगाडि भनिएको थियो– ‘निजहरुको उमेर, सौन्दर्य, र हातमा लगाएको औंठी, घडी आदिसमेतको कारणबाट कुनै खराब गुण्डाले पिछा गर्दै सुनीता र नीरालाई कुनै घटना घटाउन खोज्दा कहालिदै भाग्दा नमीता नदीमा खस्न पुगेको वा शीरमा कसैले प्रहार गरी मूर्च्छित अवस्थामा नदीमा फालेको पनि हुनसक्छ। नमीताको मात्र लाश भेटिनु र बाकी दुईको कुनै पत्तो नलाग्नुमा कुनै रहश्य हुनसक्छ। अतः निजहरुको सक्रियताका साथ खोजतलास गरिदिन यो दर्खास्त पेश गरेको छु।’

भोलिपल्ट १२५४ नम्बरमा दर्ता भएको उक्त निवेदनमा फेला नपरेकी सुनीताको उमेर १८ वर्ष, गोरो बर्णकी, लाम्चो अनुहार, बाक्लो कपाल, अत्यन्त लामो चुल्ठी, निधारमा केही झूस, बाया गालामा कोठी, सामान्यभन्दा केही अग्लो र पातलो शरीर, पञ्जाबी कुर्ता–सुरुवाल लगाएको व्यहोरा उल्लेख थियो। उनले हातमा नाडी घडी, एउटा सुनको औंठी, चादीको जडाउ अर्को औंठी लगाएकी थिइन् र ह्याण्डब्याग बोकेकी थिइन्। सोही जाहेरीमा नीराको हुलिया यसरी वर्णन गरिएको थियो– ‘उमेर १८ वर्ष, गहुगोरो वर्ण, चेप्टो मोहोडा, साधारणतया केही मोटो र होचो शरीर, चस्मा, घडी र पञ्जाबी कुर्ता–सुरुवाल लगाएकी।’ अत्यन्त शोकाकूल अवस्थामा प्रशासनसग पुकारा गर्दै माधवराज भण्डारीले भनेका थिए– ‘छोरीहरु हराएदेखि नै म, मेरो परिवार र शुभेच्छुक सबै अत्यन्तै चिन्तित छौं, अतः विशेष अभिरुचीपूर्वक खोजी भई अपराध घटेको भए अपराधीलाई उचित दण्ड र नघटेको भए पनि जीवित अथवा मृतक जेजस्तो अवस्था पाइन्छ, सोका निमित्त खोजतलास गरिदिनुहुन विनम्र अनुरोध गर्दै रु. १ को टिकट टासी यो जाहेरी हुलिया दर्खास्त गरेको छु। व्यहोरा साचो हो, झूठा ठहरे ऐन–कानूनबमोजिम सहने छु।’
माधवराज भण्डारीको जाहेरीमा उल्लेखित व्यहोरामा यो कुरा ठीक साचो हो, झुठा ठहरिए कानूनबमोजिम सहुँला बुझाउला त भनिएको थियो, तर अपराधीलाई कारवाही गराउने सम्बन्धमा भने सरकार थोरै पनि संवेदनशील भएको देखिएन। बरु, पछिल्ला घटनाक्रमहरुअनुसार जाहेरीवाल आफैं झूठ्ठा ठहराइए। उचित न्याय पाउने आग्रह त आकाशको फल नै भयो।
पोखरामा एकपछि अर्को रहश्यमय घटना घट्दै गए। ५ गते डीएसपी कार्यालय जान भनी हिडेका चूडामणि ब्यारेक कटेर महेन्द्र पुल पुग्नै नपाई बेपत्ता बनाइए। यस्तो रहश्यमय र भयग्रस्त वातावरणमा माधवराजलाई राजधानीबाट तुरुन्त पोखरा छाड्न बारम्बार फोनमार्फत् ताकेता हुन थाले।
बगरमा दिदीको लाश
सम्भ्रान्त परिवारका सदस्यहरुको राक्षसी शिकारबाट नमीताले आफ्नो कल्कलाउदो वय त्याग्नुपरेको थियो र कुरुप मृत्युको शिकार बन्नुपरेको थियो। त्यसको ठ्याक्कै ९ दिनपछि, अर्की उस्तै निर्दोष चेली उस्तै–उस्तै शैलीमा नदी किनार बालुवामाथि चीर निद्रा सुतेको अवस्थामा फेला परिन्। सेती नदीको ५० गज उत्तर, पानीको बेग चल्मलाउने भन्दा अन्दाजी ४ हात बाहिर बगरमा मनोरम आकांक्षाहरुमा डुबुल्की मार्ने उमेरकी उनी ढलेकी थिइन् घोप्टो परेर। उनले कलेजी रङ्गको हाफ–बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर लगाएकी थिइन्। देबे्र हातको माझी औंलामा चादीको सानो पत्थरवाला औंठी, साईंली औंलामा सुनको औंठी र दाहिने हातमा सेतो धातुको नचिनिने बाला देखिन्थ्यो। उनी थिइन्, नमीताकै दिदी सुनीता।

क्रमशः (बाँकी अर्को आइतबार)