CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » ब्लु फिल्मको भकारी

ब्लु फिल्मको भकारी

ब्लु फिल्मको भकारीयौनका मामिलामा नेपाली समाजलाई खुल्ला र उदार भन्न नसकिए पनि बन्द र अनुदार भन्न सकिने अवस्था अब रहेन। प्रविधिको उपलब्धता र सर्वसुलभताले यौनजन्य आनन्दका थुप्रै विकल्प उपस्थित छन्। तीमध्ये एक हो- ब्लू फिल्म। मोबाइल तथा कम्प्युटर मर्मत केन्द्रका प्राविधिकहरूका कुरा पत्याउने हो भने १० जनामा नौ जनाको ल्यापटप वा मोबाइलमा नीलो फिल्म हुने गर्छ। यस्ता फिल्म हेर्नु हानिकारक हुँदैन तर यस्ता फिल्म हेर्ने लत लाग्यो भनेचाहिँ समस्या उत्पन्न हुन सक्छ। अम्मर जिसी र जीवन पुडासैनीको खोजीनितीले भन्छ- तन्नेरीदेखि बूढापाकासम्मले आफ्ना ल्यापटप र मोबाइललाई नीलो फिल्मको भकारी बनाएका छन्।
काठमाडौँको पुतलीसडकमा रहेको कम्प्युटर तथा मोबाइल मर्मत केन्द्रमा नयाँ बानेश्वरका एकजना ५५ वर्षीय पुरुष बेला–बेलामा आउने गर्छन्। खानदानी परिवारका उनले घरको एउटा कोठालाई थिएटरका रूपमा प्रयोग गरेका छन्। कोठामा स्तरीय साउन्ड सिस्टम जडान गरिएको छ। भित्तामा ४८ इन्चको एलईडी टेलिभिजन टाँसिएको छ। आवाज बाहिर नजानेगरी कोठालाई साउन्डप्रुफ बनाइएको छ। उनको कोठाको सेटअप देख्दा जो कोही पनि लोभिन्छन्। ती पुरुष कम्प्युटर, मोबाइल, टीभी वा साउन्ड सिस्टममा केही समस्या आउँदा मर्मत केन्द्रबाट प्राविधिक घरमै लगेर बिग्रिएको सामान बनाउन लगाउँछन्। मर्मत केन्द्रका प्राविधिकको सहयोगीका रूपमा हामी उनको घर गएका थियौँ। उनको कोठामा जडान गरिएको साउन्ड सिस्टम मर्मत गरेपछि ती पुरुषले आफ्नो रुचिबारे बताएका थिए।

'आज नयाँ भाइहरू आउनु भएछ, साउन्ड चेकसँगै मुड फ्रेस गरेर जानुस्,' यसो भन्दै उनले टीभीमा नीलो फिल्म लगाए। 'रमाइलो तन्नेरीहरूले मात्र गर्ने होइन, हामीले पनि गर्नुपर्छ,' उनी भन्दै थिए, 'मलाई राम्रो साउन्ड सिस्टम र ठूलो स्त्रि्कनमा पोर्न मुभी हेर्न खूब मन पर्छ।' उनले आफ्नो पारिवारिक अवस्थाबारे धेरै बताएनन्। तर, हामी कोठाबाट बाहिरिँदै गर्दा उनले भने, 'श्रीमतीले छोडेर गइहाली। त्यही भएर दिन कटाउने नयाँ उपाय अपनाएको छु।'

०००

न्युरोडमा रहेको कम्युटर मर्मत केन्द्रमा हामी अवलोकन गरेर बसिरहेका थियौँ। एकजना अधबैँसे आफ्नो ल्यापटप मर्मतका लागि आएका थिए। उनलाई ल्यापटप बिग्रेको भन्दा पनि त्यसमा भण्डारण गरिएको सामग्रीको बढी चिन्ता थियो। 'भाइ, यो अन भएपछि सबैभन्दा पहिला त्यो मुभीको फाइलचाहिँ यो हार्डडिस्कमा कपी गरिदिनुस् है,' पोर्टेबल हार्डडिस्क थमाउँदै उनले भने। ल्यापटप मर्मतका लागि छोडेर उनी बाहिरिएपछि मर्मतकेन्द्रका प्राविधिकले त्यही ल्यापटप खोले। ल्यापटपमा आएको समस्या सामान्य भएकाले उनको ल्यापटप अन भयो। ल्यापटपधनीले भनेजस्तै सबैभन्दा पहिला उनले भनेकै फाइल हार्डडिस्क कपी गर्न फाइल खोल्दा करिब ५० जीबीका संसारका टप पोर्नस्टारका पोर्न फिल्म संकलन गरेको भेटियो। प्राविधिकले उनले भनेजस्तै हार्डडिस्कमा ती फिल्म कपी गरिदिए।

०००

बलाज बस्ने धादिङका २८ वर्षीय रमेश पाठकको झोलामा कहिले नछुट्ने भनेको ३ सय २० जीबीको कम्प्युटरको पोर्टेबल हार्डडिस्क हो। उनले दिनरात झोलामा बोकेर हिँड्ने यो हार्डडिस्क पनि पोर्न मुभीले भरिएको छ। उनी साथीहरू, जसले पोर्न मुभीको कुरा गर्छन्, झोलाबाट हार्डडिस्क निकालेर 'लेटेस्ट मसँग छ' भन्दै साथीहरूका लागि कपी गरिदिन तम्सिहाल्छन्। 'हार्डडिस्कमा पोर्न मुभी संकलन गर्ने सोख जस्तै भइसक्यो,' उनी भन्छन्, 'नयाँ पोर्न मुभी संकलन गर्छु र साथीहरूले माग्दा उपलब्ध गराउँछु। दिनमा दुईतीनवटा पोर्न मुभी हेरेन भने मलाई छटपटी हुन्छ।' यो हार्डडिस्क घरका अन्य सदस्यसँग जोगाउन भने उनलाई मुश्किल पर्ने गरेको छ। 'दाइहरूले कहिलेकाहीँ सोध्नुहुन्छ के छ यसमा? त्यतिबेला मुटुले ठाउँ छोड्छ। अहिलेसम्म अफिसका डकुमेन्ट भनेर ढाँटिरहेको छु,' उनी भन्छन्।

०००

मर्मतका लागि आउने गरेका डेस्कटप तथा ल्यापटपमध्ये सबैजसोमा धेरै वा थोरै ब्लू फिल्मको संग्रह हुने गरेको कम्प्युटर तथा मोबाइल मर्मत गर्ने प्राविधिकहरू बताउँछन्। शुक्रवारले नमुना सर्वेक्षणका लागि काठमाडौँ उपत्यकाको १० वटा कम्प्युटर मर्मत केन्द्रमा एक दिनमा मर्मतका लागि आएका ५० वटा कम्प्युटरलाई आधार मानेर अध्ययन गरेको थियो। मर्मत केन्द्रका प्राविधिकहरूको सहयोगमा गरिएको अध्ययनमा ५० मध्ये ४८ वटा कम्प्युटरमा पोर्न मुभी स्टोर गरेको पाइएको थियो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा. रवि शाक्य कसैले आफ्नो कम्प्युटर तथा मोबाइलमा पोर्न मुभी स्टोर गरेर राख्नु तथा बेलाबेलमा हेर्नुलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। 'तर, यसो भनेर किशोरकिशोरीले पोर्न मुभी अचाक्ली हेर्ने गरेका छन् भने त्यसबाट नकारात्मक असर उत्पन्न हुन सक्छन्,' उनी भन्छन्, 'यसप्रति अभिभावकहरू सजग हुनुपर्छ।'

डा. शाक्य थप्छन्, 'यो युग पोर्न मुभीको पनि हो। प्रविधिका कारण यो अति नै सर्वसुलभ भएकाले यसलाई बन्देज वा नियन्त्रण गर्न सम्भव हँुदैन। कसैले यौन सन्तुष्टि तथा रमाइलोका लागि पोर्न मुभी हेर्ने गरेको छ भने त्यो ठीकै होला तर दैनिक कामकाजमा खलल पुग्नेगरी पोर्न मुभी हेर्ने गरेको छ भने त्यसलाई चाहिँ पोर्न एडिक्टका रूपमा लिनुपर्ने हुन्छ। अत्यधिक पोर्न मुभी हेर्नाले मानिस सेक्सको कुलत तथा सेक्स विचलनको शिकार हुन सक्छ।'

कसले बढी हेर्छन्?
इन्टरनेट सर्वसुलभ हुँदै गएपछि पोर्न मुभीका दर्शक पनि बढ्दै गएका छन्। इन्टरनेट सुविधा भएको ठाउँमा सजिलै डाउनलोड गर्न सकिने यस्ता फिल्म नहेर्ने व्यक्ति पाउन मुश्किल पर्छ। नाम नबताउने शर्तमा एक प्राविधिक भन्छन्, 'मोबाइलमा गीत भर्न आएकाहरू पनि अन्तिममा 'त्यो छैन' भन्दै ब्लू फिल्म राखिदिन आग्रह गर्छन्।'

पोखरामा कम्प्युटर मर्मत केन्द्र सञ्चालन गरिरहेका मनोज थापाका अनुसार मोबाइल बनाउने भन्दै आउने गरेका किशोरकिशोरीदेखि प्रौढसम्मले 'नयाँ चिज' भन्दै ब्लू फिल्म मोबाइल तथा ल्यापटपमा राखिदिन आग्रह गर्छन्। थापाले केही चार्ज लिएर ग्राहकले रोजेका पोर्न मुभी मोबाइलको मेमोरी कार्ड तथा ल्यापटपको हार्डडिस्कमा भरिदिने गरेका छन्। '१०/१२ वर्ष पहिले जस्तो ब्लू फिल्मका चक्का भाडामा लैजाने प्रचलन प्रविधिका कारण विस्थापित भइसकेको छ,' थापा भन्छन्, 'अहिले शहरका युवायुवतीसँग ल्यापटप र मोबाइल सर्वसुलभ भएकाले धेरैले घरमै यस्ता फिल्म डाउनलोड गरेर हेर्ने गरेका छन्।'

भारतीय मनोविज्ञ राज सिद्धार्थनद्वारा अस्ट्रेलियामा गरिएको एक अध्ययनले ११ देखि १३ वर्षको उमेरदेखि किशोरकिशोरीले पोर्न सामग्री हेर्न सुरु गर्ने निष्कर्ष निकालेको थियो। नेपालमा यस्तो अध्ययन नभएकाले कसले बढी यस्ता फिल्म हेर्छन्? किटान गर्न मुश्किल छ। तर, किशोरकिशोरी र ४५ वर्ष माथिका व्यक्तिहरू बढी ब्लू फिल्मको लतमा पर्ने गरेका मनोचिकित्सक डा. शाक्य बताउँछन्। 'ब्लू फिल्म धेरै हेर्नुपर्ने, यस्ता फिल्म नहेरी यौन उत्तेजना नआउने, ब्लू फिल्म हेर्दा एक्साइटमेन्ट हुने तर आफ्नो पार्टनरसँग यौन सम्पर्क गर्न मन नलाग्ने जस्ता समस्या भएका धेरै जना मकहाँ उपचारका लागि आउँछन्,' डा. शाक्य भन्छन्।

पोखराका सुमित गुरुङसँग २७ जीबी ब्लू फिल्मको संकलन छ। उनले बेलाबेलामा विभिन्न माध्यमबाट चुहिने नेपालीहरूको अश्लील भिडियो क्लिपको संकलन गरेको बताए। 'म ब्लू फिल्मभन्दा नेपालीकै अश्लिल भिडियो संकलन गर्छु,' गुरुङ भन्छन्।

खुल्लमखुल्ला 'ब्लू फिल्म' बिक्री
फुटपाथका सीडी बिक्रेताहरूले 'जापानिज, चाइनिज फिल्म' भन्दै ब्लू फिल्मका सीडी खुल्लमखुल्ला बेच्ने गरेका छन्। सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क, नयाँ बसपार्कलगायत सडकतिरका फुटपाथमा ग्राहकले छानी–छानी त्यस्ता सीडी किन्न पाउँछन्।

रत्नपार्कका एक सीडी बिक्रेता ग्राहकलाई 'कन्भिन्स्ड' गर्दै थिए, 'फुल एचडी क्वालिटीको नीलो चक्का हो। सबले रुचाइरा'छन्।' उनका अनुसार छानेर किन्न पाइन्छ ब्लू फिल्म। झोलाबाट सीडीको पोको झिक्दै उनले भने, 'वान एक्स, टू एक्स, थ्री एक्स कुन चाहिन्छ? स्लो मोसनको चाहियो कि फास्ट? इन्डियन, इंग्लिस, जापानिज, चाइनिज सबै छन्। स्टोरीवाला पनि छन्। त्यही मात्र भएका पनि छन्।'

काठमाडौँमा केही समयपहिले प्रहरीले सीडी पसलहरूमा छापा मारेर अश्लील फिल्मको बेचबिखन नियन्त्रणको प्रयास गर्योड। सीडी बजारमा सामान्य हल्लीखल्ली पनि मच्चिएकै हो। केही बिक्रेतामा त्यो डर अहिले पनि कायमै रहेको पाइयो। तर, उनीहरू लुकाएर यसको बिक्री गरिरहेका छन्।

मोबाइलले घटायो सीडी बिक्री
दश वर्षदेखि पुरानो बसपार्क छेउमा सीडी बेच्दै आएका पन्नालाल भारले सबैभन्दा राम्रो कमाइ हुने सीडी नै त्यही ब्लू फिल्म भएको बताए। 'अचेल मोबाइलमै हेर्न पाइने भएपछि सीडी बिक्री स्वाट्टै घट्यो,' उनको दुखेसो छ, 'राम्रो कमाइ हुने सीडी नबिकेपछि के गर्नु?' उनको अनुभवमा ब्लू फिल्मका ग्राहक सबै उमेरका हुन्छन्। 'ठ्याक्कै यही उमेरका भन्ने हुँदैन नि। स्कुल पढ्ने केटाकेटी, कलेजका तरुनातन्नेरी, पाका उमेरका महिला, पुरुष सबैले किन्छन्,' उनले भने।

पर्दैन प्रहरी प्राथमिकतामा
ब्लू फिल्मको बिक्री नियन्त्रणलाई प्रहरीले प्राथमिकता नदिएको पाइयो। महानगरीय प्रहरी परिसर, हनुमानढोकाका प्रवक्ता डीएसपी दिनेश आचार्य भन्छन्, 'प्राथमिकतामा नपरेको मात्र हो। जानकारी भएसम्म समाउँछौँ।' उनी यस्ता केसलाई सार्वजनिक जीवनमा खलल पुर्या्एको भनेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन सकिने बताउँछन्। 'यसमा भन्दा धेरै समस्या साइबर क्राइममा छ। अहिले हाम्रो ध्यान त्यतातिर छ,' उनी भन्छन्।

रोजाइमा को-को?
नेपालीहरूले विश्वका चर्चित पोर्नस्टार सन्नी लियोनी, निकोल एनिस्टन, सासा ग्रे, जेन्ना जेमिसन, प्रिया राई, आशा अकिरा, एलेक्सिस टेक्सास, लिसा एन, अलेट्टा ओसियन, टोरी ब्ल्याक, फराह अब्राहम लगायतका फिल्म संकलन गर्ने गरिएको पाइएको छ। समलिंगी यौनसम्बन्ध, जनावर र मानिसबीच भएको सम्भोग, कम उमेरकासँग भएको सम्भोग, भर्जिनिटी तोडिएको, वाइल्ड, मसाज, डबल एक्स, इन्डियन, जापानिज, चाइनिज, फिलिपिनो आदि संकलन गरेर राख्नेहरू पनि धेरै छन्। साथै, नेपाली युवायुवतीको मोबाइल 'क्लिप्स' र कुनै सेलिब्रिटीको अनुहार मिल्ने गरी बनाएका भिडियो पनि धेरै खोजिनेमा पर्छन्।

'हेर्नु होइन, लत समस्या'

डा. गोपीलाल न्यौपाने, मनोविद्

यौन चाहना जन्मसिद्ध मानवीय प्रवृत्ति हो। यो चाहना पूरा गर्ने हरेकका आ–आफ्नै उपाय हुन्छन्। अहिलेको आधुनिक जमानाले चाहना पूरा गर्ने धेरै विकल्प दिएको छ। परम्परादेखि नै हामी नेपालीको बानी के छ भने मनले चाहने तर लुकाउन खोज्ने। सेक्सका कुरामा बाहिर लजाउने, भित्र भने तरंगित हुने। सेक्स चाहनालाई लुकाउनेहरूले झन् धेरै 'साइलेन्स भल्गारिजम'को अभ्यास गरिरहेका हुन्छन्।

उहिले मनोरञ्जनका अरू साधन हुन्थेनन्। सेक्सको विकल्प थिएन। त्यही भएर जन्मदर बढी थियो। वर्षैपिच्छे बच्चा जन्मिन्थे। अहिले विकल्प धेरै छन्। यौन सन्तुष्टिका अन्य मार्ग भेटेका छन् मानिसहरूले। चिन्ताका विषय के हो भने यसले जोखिम पनि बढाइरहेको छ। यौन गतिविधिलाई व्यवस्थित गर्न नसक्नुको परिणाम हो यो। सेक्स एजुकेसनको अभावले यसो हुँदैछ। मान्छेले नयाँ अनुभव गर्ने चाहनु स्वाभाविक हो। तर, शहरमा प्रहरी, होटल व्यवसायी, ग्राहकको लुकामारी चल्नु दुःखद हो। यसलाई समाजले पचाउने गरी व्यवस्थित गर्नुपर्छ। सेक्सका अन्य आयाममा पनि यसैगरी व्यवस्थित गरेर अरूलाई हानि नहुने गरी आनन्द लिनुपर्छ।

यौन आनन्द लिन सेक्स नै गर्नुपर्छ भन्ने हुँदैन। अन्य विकल्प पनि अपनाउन सकिन्छ। अश्लील भनिने फिल्म हेर्ने, साइट हेर्ने, कृत्रिम सेक्स सामग्रीको प्रयोग गर्ने। यस्ता कुरा सामान्य हुन्। यसले मानिसलाई आनन्द मात्र दिनुपर्छ, विचलित गराउनु हुँदैन। यस्ता कुरामा उमेरले पनि प्रभाव पार्छ। फेरि उमेर भन्दैमा युवालाई मात्र चाहिन्छ भन्ने होइन। कुनै पाको उमेरको व्यक्तिले नीलो फिल्म हेर्दा अचम्म मानेर कुरा काट्नु गलत हो। बूढापाकालाई पनि त्यस्तो आनन्द चाहिन्छ। प्लेजरका कुरा समयअनुसार फरक पर्छ। आज एक चिजले आनन्द दिन्छ भने भोलि त्यसले आनन्द नदिन सक्छ। अरू फरक चिज छनोट गर्छ उसले। तर, यहाँ किशोरकिशोरीमा यसको लत बन्दा समस्या उत्पन्न हुँदैछ।

मोबाइलमा 'महाभारत'

गोपाल दाहाल

धरानको छाताचोकमा सअज मोबाइल सेन्टर सञ्चालन गर्ने सचिन पोख्रेलको पसलमा मान्छेहरू 'रामायण छ?' भन्दै आउँछन्। कोहीचाहिँ 'महाभारत छ?' भनेर सोध्छन्। 'ब्लु फिल्मलाई ग्राहकले महाभारत र रामायण भन्ने गरेका छन्,' पोख्रेल भन्छन्।

उनको पसलमा यस्ता 'रामायण र महारभारत' खोज्न हप्तामा ४० जनाजति पुरुष र पाँच जनाजति महिला आउँछन्। उनको अनुभवमा यसरी 'रामायण/महाभारत' खोज्नेहरूमा युवाभन्दा ४० देखि ५० वर्षका व्यक्ति हुन्छन्। 'धेरैले मोबाइलको मेमोरी कार्ड निकालेर आफैँसँग राख्छन्, मोबाइलमै छाड्नेहरूका अधिकांशमा ब्लू फिल्म भेटिन्छन्,' उनी भन्छन्, 'केटीहरूचाहिँ सेक्सी फिल्म छैन भन्दै आउँछन्। धेरैले नेपाली र नेचुरल टाइपका ब्लू फिल्म खोज्छन्।'

हाउस अफ भिडियो नामक पसल सञ्चालन गर्ने सुरेन्द्र दाहालको अनुभव पनि सचिनको जस्तै छ। मोबाइल मर्मत तथा सीडी बिक्री गर्ने उनको पसलमा 'अर्को खालको फिल्म छ?' भनेर दैनिक चारपाँच जना आउँछन्। 'केटाहरू डाइरेक्ट पसलतिर ब्लू फिल्म खोज्दै हिँड्छन्,' उनी भन्छन्, 'केटीहरूलाई चाहिँ उनीहरूकै ब्वाइफ्रेन्डले मोबाइलमा हालिदिन्छन्। त्यसपछि अरू केटीले पनि त्यही फिल्म सेयर गर्छन्।'

धरानका अधिकांश मोबाइल तथा ल्यापटप मर्मत गर्नेहरू र सीडी पसल सञ्चालन गर्नेहरूको अनुभव सचिन र सुरेन्द्रको जस्तै छ। उनीहरूका अनुसार पहिला सीडीमा ब्लू फिल्म खोज्नेहरू बढी आउँथे तर अचेल हातहातमा मोबाइल भएपछि सीडीमा खोज्नेहरू कम भएका छन्। मोबाइलमा डाउनलोड गर्नेहरू बढिरहेका छन्। उनीहरूकै अनुभवमा धेरै युवा आफैँ इन्टरनेटबाट ब्लू फिल्म डाउनलोड गरेर राख्छन्। 'केटीहरूले पनि त्यसै गर्छन् तर नेटबाट डाउनलोड गर्न नजान्ने केटीहरू र ४० कटेका बूढाहरू पसल–पसल ब्लू फिल्म खोज्दै हिँड्छन्,' सुरेन्द्र भन्छन्।

केही वर्षअघि धरानको एक कम्प्युटर मर्मत केन्द्रमा ग्राहकले बनाउन ल्याएको कम्प्युटरमा घरायसी रूपमा खिचिएको सेक्स भिडियो भेटिएको चर्चा चलेको थियो। नेपाली ब्लू फिल्म भनेर बजारमा सार्वजनिक भएपछि कम्प्युटर वा ल्यापटपमा सेक्स भिडियो राख्नेहरू सतर्क भएको ल्यापटप मर्मत गर्नेहरू बताउँछन्।

पहिला सीडी, कम्प्युटर वा ल्यापटपमा धेरै हेरिने ब्लू फिल्म पछिल्लो समय मोबाइलमै हेर्ने चलन बढेको पाइन्छ। 'मोबाइल व्यक्तिगत हुने, बोकेर हिँड्न सजिलो हुने, पासवर्ड राखेर अरूले हेर्न नमिल्ने बनाउन सकिने र जहाँ पनि सजिलै हेर्न सकिने भएकाले मोबाइलमा राख्नेहरू धेरै भएका हुन्,' सुरेन्द्र भन्छन्, 'बजारमा हिँड्ने १० जना युवाको मोबाइल चेक गर्ने हो भने नौ जनाको मोबाइलमा ब्लू फिल्म हुन्छ।'
साभार : नागरिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis