काठमाडौं, माघ १५ । अप्रत्यक्ष बाटोबाट नेपाली सञ्चारमाध्यममा चिनियाँ लगानी भित्रिएको रहस्य उद्घाटित भइरहेको अवस्थामा ती सञ्चारमाध्यममा पाकिस्तानको समेत लगानी भित्रिएको तथ्य देशान्तरले फेला पारेको छ। मुलुककै नम्बर एक सञ्चारगृह दाबी गर्ने कान्तिपुरमा चिनियाँ कम्पनीमार्फत पाकिस्तानले समेत लगानी गरेको तथ्य देशान्तरले फेला पारेको हो। उक्त संस्थामा चिनियाँ कम्पनीको आवरणमा पाकिस्तानी गुप्तचर संस्था आईएसआईले समेत लगानी गरेको स्रोतको दाबी छ। दक्षिण एसियामा चीन र पाकिस्तान रणनीतिक साझेदार राष्ट्रहरू हुन्। अफगानिस्तान मामिलालाई लिएर पाकिस्तानसँग अमेरिका रुष्ट बनिरहेको अवस्थामा चीनले पाकिस्तानसँगको सम्बन्धलाई विस्तार गर्दै ल्याएको छ। कान्तिपुरका मालिक कैलाश सिरोहियाको अध्यक्षतामा सञ्चालित डिस होम मिडिया प्रालिमा लगानी गरेको चिनियाँ कम्पनी स्यान्ड मार्टिन इन्टरनेसनल होल्डिङमा आईएसआईको समेत लगानी रहेको बुझिएको छ। हङकङमा रहेको उक्त कम्पनीको डिस होममा ६० प्रतिशत सेयर रहेको छ। हालै मल्टिसिस्टम अपरेटर (एमएसओ) प्रविधिमार्फत केवल सञ्चालनको अनुमति
पाएका सिरोहियाले यसमा पनि लगानीका लागि उक्त चिनियाँ कम्पनीलाई आमन्त्रण गरिसकेका छन्। अप्रत्यक्ष रूपमा अखवार सञ्चालनका लागि समेत रकमको जोगो गरेको उक्त कम्पनीमा आईएसआईको समेत लगानी रहेको स्रोतको दाबी छ। तर यसबारेमा कान्तिपुरका अध्यक्ष सिरोहियासमेत अनविज्ञ हुन नसक्ने स्रोत बताउँछ।
नेपालमा पाकिस्तानको प्रत्यक्ष प्रभाव कम भए पनि चीनमार्फत पाकिस्तानले त्यस्तो प्रभाव विस्तार गर्दै गएको कूटनीतिज्ञहरू बताउँछन्। केही वर्षअघि नेपाल आएका तत्कालीन पाकिस्तानी विदेश सचिवले आफ्ना समकक्षीसँगको वार्तामा नेपालले चीनसँगको मित्रतामा बढी जोड दिनुपर्ने सुझाव दिएका थिए। तत्कालीन परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यसँगको भेटमा पाकिस्तानी विदेश सचिवले नेपालले चीनसँगको सम्बन्धलाई जोड दिएर भारतसँगको निर्भरता घटाउनुपर्ने सुझाव दिएको कुरा त्यतिबेलाका अखवारहरूमा समाचार बनेका थिए। पाकिस्तानले नेपालमा भारतको गतिविधिलाई आफ्नो सीधा उपस्थितिमा हेर्नुभन्दा चीनसँगको सहकार्यमा हेर्दा फलदायी हुने देखेपछि नेपाल मामिलामा समेत चीनसँग सहकार्यको नीति लिएको बताइन्छ।
प्रचण्ड निकटलाई धमाधम भर्ती
यता दुई पार्टनरलाई सेयरबापतको मोटो रकमसहित बिदा गर्नुपर्दा आर्थिक संकटमा परेपछि एमाओवादी अध्यक्ष प्रचण्डलाई पार्टनर बनाई पहिलो किस्ता स्वरूप १० करोड रुपैयाँ हात पारिसकेका सिरोहियाको कान्तिपुरमा प्रचण्डले आफ्नो प्रभाव देखाउन थालेका छन्। आफ्नै सक्रियतामा नियुक्त सम्पादकहरूमार्फत प्रचण्डले भित्रभित्रै कान्तिपुर दैनिकमा आफू निकटका पत्रकारको देशव्यापी नियुक्ति गर्न थालेका छन्। कान्तिपुरले पछिल्लो समयमा प्रधानमन्त्रीका राजीनामा माग्दै दुई पटक विशेष सम्पादकीय लेखे पनि प्रचण्डलाई सधैं महान नै बनाउने गरेको छ। कान्तिपुरबाट रामेश्वर थापा अलग हुँदा उनलाई बुझाउन प्रचण्डले अजय सुमार्गीमार्फत पहिलो किस्तास्वरूप १० करोड रुपैयाँ कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई बुझाएको कुरा सार्वजनिक भइसकेको छ। तीनकुनेस्थित कान्तिपुर कम्लेक्सअघिको जग्गा देखाएर प्रचण्डले अप्रत्यक्ष रूपमा पैसा उपलब्ध गराएको सूत्रको दाबी छ।
त्यसो त प्रचण्डकै चाँजोपाँजोमा साढे ३ वर्षअघि कान्तिपुरको सम्पादक नियुक्त भएका सुधीर शर्माले पब्लिकेसन्सलाई अहिले पूरै प्रचण्डकरण गर्न सफल भएका छन्। आफूमात्र नभै वरिष्ठ सहकर्मीहरूलाई समेत प्रचण्ड लाइनमा समाचार, लेख लेख्न दबाब दिने, निर्णायक अवस्थामा प्रचण्डकै एजेन्डालाई बोक्न थालेपछि त्यहाँभित्रै उनी विवादमा तानिएको कान्तिपुरकर्मीहरू बताउँछन्। पछिल्लो समयमा राम्रो धर्नाजन गरेका माओवादी नेता वर्षमान पुन, पुनकै विश्वासपात्र मानिने पत्रकार सरोजराज अधिकारी र प्रहरीका एआईजी राजेन्द्रसिंह भण्डारीमार्फत सुधीरले कान्तिपुरलाई प्रचण्डको नजिक पुर्याएको माओवादीका एक केन्द्रीय नेताले बताए। प्रचण्डको अनुपस्थितिमा पहिलेका निजी सचिव समीर दाहालले उनको प्रतिनिधित्व गर्दै आएका थिए।
'मैले धेरैचोटी यी पात्रलाई प्रचण्डसँग बसेको पाएको छु', नाम नखुलाउने सर्तमा ती माओवादी नेताले भने, 'हाम्रा अध्यक्ष (प्रचण्ड) ले कान्तिपुरलाई धेरै विश्वास गरेको देखिन्छ। तर कान्तिपुरले चाहिँ फुटाउने र आफ्नो स्वार्थपूर्ति गर्नका लागि प्रचण्डको कुरा सुनेको विश्लेषण हाम्रो छ।' आफ्ना नेता त्यति नजिक भएको सञ्चार संस्थाबाटै सरकारको खेदो खनेकोमा उनको असहमति थियो।
यही मौकामा कान्तिपुर पब्लिकेसन्सको केन्द्र र जिल्लाजिल्लामा धमाधम माओवादी समर्थित पत्रकारहरूलाई नियुक्ति दिन थालिएको कान्तिपुरकै एक पत्रकारले देशान्तरलाई बताए। खाली रहेका केही पदमा समेत नियुक्तिका लागि वर्षमान पुन, प्रचण्डका पूर्वनिजी सचिव समीर दाहाल, लेखकद्वय झलक सुवेदी र हरि रोक्कासँग सम्पादकले परामर्श गरिरहेको सूत्रले जानकारी दियो। जिल्लास्थित कान्तिपुरकर्मी छनोटमा समेत सम्पादकले प्रचण्ड नजिक मानिस छान्न थालेको ती पत्रकारले बताए। खाली रहेको गोरखा जिल्लामा उनले केही दिनअघि सुदीप कैनीलाई राखेका थिए। क्रान्तिकारी पत्रकार संघका पूर्वपदाधिकारी कैनी प्रचण्डका वर्तमान निजी सचिव चूडामणि खड्काका निकट हुन्। खड्का एमाओवादीको गोरखा जिल्ला सचिवबाट हालै मात्र प्रचण्डका निजी सचिव बनेका हुन्। खड्का प्रचण्डका निकट नातेदारसमेत हुन्। लोकतान्त्रिक पक्षधर रहेका कैनीभन्दा धेरै योग्य पत्रकारहरूलाई सुधीरले आश्वासन मात्र दिएको गोरखाका एक पत्रकारले गुनासो गरे। खाली रहेका पर्वत, पोखरा, मुस्ताड, जनकपुर, धादिड, विराटनगरमा समेत क्रान्तिकारी समर्थित पत्रकारको खोजी गरिरहेको सूत्रले बतायो।