काठमाडौं। राजधानी काठमाडौंमा घरजग्गाको भाउ ओरालो लाग्ने क्रम जारी रहेपछि कतिपय बंैक त डुबेका छन् नै सँगसँगै बैंकका कार्यकारी प्रमुखको जीउज्यानसमेत जोखिममा परेपछि प्रहरीले तालिम दिएको छ। कमिसन खाएर घरजग्गामा लगानी गर्ने बैंकका सीईओहरू 'सुरक्षा थ्रेट' मा परेका छन्।
नबिल बैंकका सीईओ अनिल ज्ञवाली, एनआईसी बैंकका शशिन जोशी, मेघा बैंकका अनिल शाह, सिद्धार्थ बैंकका सुरेन्द्र भण्डारी, विभोर बैंकका अजय घिमिरे, क्लिन इनर्जीका मनोज गोयल, बैंक अफ एसियाका परशुराम कुँवर, एनएमबी बैंकका उपेन्द्र पौडेलबाहेक अन्य वाणिज्य बैंकका सीईओहरू कमिसनकै कारण सुरक्षा थ्रेटमा परेको प्रहरी स्रोतले बताएको छ। यो सूचीमा हिमालयन बैंकका अशोक राणा, इन्भेष्टमेन्ट बैंकका ज्योति पाण्डे, सिटजन्स बैंकका राजनसिंह भण्डारी, कुमारी बैंक उदयकुमार उपाध्यायायलगायत अधिकांश
बैंकका सीईओहरू कमिसनका कारण बद्नाम भएको र उनीहरूले घरजग्गा लिलामी गर्दा सम्बन्धित व्यक्तिलाई मर्कामा पार्ने गरेकाले सुरक्षा थ्रेटमा परेका हुन्, प्रहरी स्रोतले बतायो।
यतिखेर घरजग्गा दलालहरू साँवा त परै जाओस्, ब्याज तिर्न सक्ने अवस्थामा छैनन्। धितो लिलाम गर्दा पनि साँवा उठ्न नसक्ने भएकाले बैंकहरू अनिर्णयको बन्दी बनेका छन्। जग्गाको भाउ अझै घट्ने सम्भावना रहेकाले थप घाटा रोक्न बैंकहरूले धितो लिलाम गर्ने अभियान सुरु गर्नै लाग्दा दलालहरूले ज्यान मार्ने धम्की दिएका हुन्। 'हामी घरबारविहीन हुने भएपछि तिमीहरूको पनि ज्यान रहन्न' भन्दै दलालहरूले धम्की दिन थालेपछि बैंकका कार्यकारी प्रमुखहरू एकै ठाउँमा भेला भएर छलफल गरेको बताइएको छ।
केही समयअघि सिटिजन बैंकका कार्यकारी प्रमुख राजनसिंह भण्डारीमाथि आक्रमण भएपछि उनीहरू सामूहिक छलफलमा जुटेका हुन्। उक्त छलफलपछि उनीहरू प्रहरी गुहार्ने निधोमा पुगेका थिए। ज्यान जोखिममा रहेको भन्दै बैंकका कार्यकारी प्रमुखहरूले सुरक्षा माग गर्दै निवेदन दिन थालेको एक प्रहरी अधिकृतले बताए। यसरी सुरक्षा माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन पर्ने क्रम जारी रहेको बताइन्छ। हरेकलाई एक/एकजना सुरक्षाकर्मीको प्रबन्ध गर्न सम्भव भए/नभएको विषयमा प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले डीआईजी तहसम्मकालाई बोलाएर राय मागेका थिए। हरेकलाई एक/एकजना सुरक्षाकर्मीको प्रबन्ध गर्नुभन्दा उनीहरूलाई बोलाएर कमान्डो तालिम दिन उपयुक्त हुने राय अधिकांश डीआईजीले दिएका थिए। तर ५० वर्ष उमेर नाघिसकेको सिभिलियनलाई कमान्डो तालिम दिन नसकिने निष्कर्ष निकालियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख केशवबहादुर शाहीले सुझाव दिए– 'कमान्डो तालिम बुढाहरूले लिन सक्दैनन्, आत्मसुरक्षाका अन्य उपाय र हतियार चलाउने तालिम दिँदा उपयुक्त होला।' आईजीपी रानालाई पनि सीआईबी प्रमुख शाहीको सुझाव जायज लाग्यो। उनले यसको जिम्मेवारी एआईजी नवराज ढकाल र अनुसन्धान ब्युरो प्रमुख शाहीलाई दिए। हतियार चलाउने तालिम दिने प्रहरीको प्रस्तावपछि बैंकका कार्यकारी प्रमुखहरू उत्साहित भए।
समाचार स्रोतका अनुसार पहिलो चरणको तालिम दिइसकिएको छ। महिनाको एक दिन सामूहिक रूपमा बोलाएर सुरक्षासम्बन्धी पुनर्ताजगी तालिम दिने वचनसमेत प्रहरीले दिएको छ। आक्रमणकारीबाट सुरक्षित हुने उपायअन्तर्गत एक्लै नहिँड्न, कुनै ठाउँमा जाने समयतालिका दिनदिनै परिवर्तन गर्ने, अपरिचित व्यक्तिसँग सम्पर्क राख्दा सावधानी अपनाउने, भुइँतलामा नसुत्ने, घरको बैठक कोठा तथा सुत्ने कोठाको झ्यालको पर्दा हरहमेशा बन्द गर्नेलगायतका विषयमा तालिम दिइएको थियो।
आफ्नै कर्मचारीहरूसँग समेत सतर्क हुनुपर्ने सुझाव दिँदै तालिमका क्रममा अनुसन्धान ब्युरो प्रमुख शाहीले भने– 'को व्यक्तिसँग नगद कति छ? भन्ने जानकारी अपराधीहरूले बंैकका कर्मचारीबाटै थाहा पाउने गर्दछन्।' अपराधीसँग साँठगाँठ भएका बंैकका कर्मचारीहरूको मनोविज्ञानका विषयमा अनुसन्धान ब्युरो प्रमुख शाहीले करिब तीन घण्टा प्रवचन दिएका थिए। राजनसिंह भण्डारीमाथि आक्रमण भएपछि धितो लिलाम गर्न हच्केका बंैकहरू प्रहरीबाट उक्त तालिम पाएपछि आत्मबल लिएर फर्किएका छन्। अब डुबेको ऋण असुलीका लागि धितो लिलामीको प्रक्रिया युद्धस्तरमा सुरु गर्ने प्रक्रियामा बैंकहरू छन्। तर कतिपय बंैकहरू भने धितो लिलामी गर्दा पनि आधाभन्दा बढी ऋण नउठ्ने अवस्थामा छन्।
टाट पल्टिँदै किष्ट
निजी क्षेत्रका बंैकमध्ये सबैभन्दा ठूलो दाबी गर्ने किष्ट बंैकको हालत यस मामिलामा सबैभन्दा खराब देखिएको छ। किष्ट बैंकले घरजग्गामा दुई अर्ब ५६ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ। तर धितो लिलामी गर्दा एक अर्ब रुपैयाँ पनि असुल हुने अवस्था छैन। उक्त बंैकमा सर्वसाधारणको निक्षेप करिब २१ अर्ब रुपैयाँ छ भने कूल ऋण लगानी १७ अर्ब ५८ करोड रुपैयाँ छ। सेयरधनीले जम्मा गरेको रकमभन्दा खराब कर्जाको रकम बढी भएको अवस्थामा बंैक टाट पल्टेको मानिन्छ। यस हिसाबले किष्ट बैंक टाट पल्टिसकेको छ। तर टाट पल्टिन लागेको सुइँको पाउनासाथ निक्षेप फिर्ता गर्न सर्वसाधारणको लर्काे लाग्ने भएकाले किष्ट बैंकका प्रमुख सञ्चालक कमल ज्ञवाली राष्ट्र बैंकका कर्मचारीहरूलाई सन्तुष्ट पार्ने अभियानमा जुटेका छन्।
समाचार स्रोतका अनुसार चालू आर्थिक वर्षको पुस महिनामा मात्रै किष्ट बैंकले ६ करोड ९५ लाख रुपैयाँ घाटा बेहोरेको छ। २१ अर्ब निक्षेपमध्ये १७ अर्ब रुपैयाँ मात्र लगानी हुनु, १७ अर्ब लगानीमध्ये दुई अर्ब ५६ करोड लगानी डुब्नु भनेको ज्यादै कहालीलाग्दो अवस्था भएको बैंकर्सहरू बताउँछन्। 'यो स्थितिमा वार्षिक एक अर्ब रुपैयाँ घाटा हुने गर्छ,' एक बंैकर्सले तरुणसँगको कुराकानीका क्रममा भने।
-तरुण