CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अधिकांश चोरीमा प्रहरी नै संलग्न

अधिकांश चोरीमा प्रहरी नै संलग्न

police thife
दोलखा, फाल्गुन ८ - चोरी को घटनामध्ये एक दर्जन निवेदन पर्दा पनि अपराधी पक्रन सफल नभएको दोलखा प्रहरी ले सोमबार नपत्याउने उपलब्धी हात पारेको छ ।
सदरमुकाम चरिकोटमा तीन महिनामा दर्जन बढी चोरी को घटनाबाट निर्लज्ज प्रहरी ले चोरको व्यापक खोजी गर्दा आफ्नै सहकर्मी फेला परेपछि उनीहरु नै अचम्मित भए । लगातार चोरी 
को घटनाले आलोचित खेप्दै आएको दोलखा प्रहरी ले विना वर्दीका घुमुवालाई दिनरात खटाएपछि आफ्नै सहकर्मी नै चोरको नाइकेको रुपमा फेला पारेको हो ।
मकवनापुर राक्सीङ–८ का खेमराज प्रजा प्रहरी को ड्युटीपछि चोरी गर्दै हिड्ने नाइकेको रुपमा सोमबार विहान सामानसाहित पक्राउ परेपछि विभिन्न घटनामा उनको संलग्नात खुलेको छ । प्रारम्भीक अनुसन्धानमा चार भन्दा बढी स्थानको चोरी को घटनामा खेमराजको संलग्लनता देखिसकिएको प्रहरीनायव उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
पछिल्लो पटक मिठ्ठु सुनचादी पसलबाट करिब पाँच लाखको गहना हराएपछिप्रहरी ले चोर पत्ता लगाउन असई रञ्जन अवाको नेतृत्वमा पाँच जनालाई विशेष जिम्मेवारी दिइ खटाएको थियो । यसअघि जिल्ला प्रशासन कार्यालय हाताबाटै कोठा फोडेर करिब २९ हजार नगद चोरिदा पनि प्रहरी चोरको नजिक पुग्न सकेको थिएन । ताला काट्ने, हुक प्रहयोग गर्ने र छतको बाटो हुँदै चोरी गर्ने तरिकालाई मध्यनजर राखेर गरिएको अनुसन्धानमा प्रमुख जिल्ला अधिकारीको निवास सुरक्षार्थ खटिएको प्रहरी जवान खेमराज पक्राउ परेका हुन् ।
प्रजिअको निवासमा दुई हवाल्दार र प्रहरी जवान खटिएका हुन्छन् । जसमध्य पालो गरेर हवल्दार प्रजिअको सुरक्षार्थ खटिन्छन भने अरु निवासमा रहन्छन् । प्रजिअ निवासमा दैनिक चार घण्टा ड्युटी सकेर कोठामा श्रीमतीसँग भेट्न जान्छु भन्दै चोरी गर्न हिडेको देखिएको प्रनाउ अधिकारीले बताए । चोरको विगविगी वढेपछि आफु र प्रहरी निरीक्षक बसन्त पाठकको टोली राती दुई बजेसम्म खटिएको उनले जानकारी दिए ।
खेमराजको कोठाबाट हालसम्म सहकारी, भाडाबर्तन, मोबाइल र कपडा पसलबाट चोरिएका सामानहरु बरामद भएको छ । उनले चोरी गर्न पछिल्लो पटक भतिजो पर्ने पावल भन्ने सन्देश प्रजालाई प्रयोग गरेको खुलेको छ । सन्देश पनि हिरासतमा छन् । प्रहरी को अनुमानमा खेमराजले भातिजोलगायत नाता पर्नेहरुलाई बोलाएर चोरी गर्ने र सामानहरु हेटौडालगायतमा लगेर बेच्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताइएको छ ।
२०५९ साल चैत २३ गते प्रहरी सेवामा प्रवेश गरेका खेमराज ०६७ सालमा दोलखा आएका थिए । जिल्लाको सिंगटी र रोल्वालिङ प्रहरी चौकीहरुमा बस्दै छ महिना अघि प्रजिअको निवास खटिएका थिए । ‘हेर्दा अत्यन्तै सिधा देखिन्छ,’ प्रनाउ अधिकारीले भने, ‘सोझोसिधा त्यसमा पनि प्रहरी ले त्यसो गर्ला भनेर के सोचिन्थ्यो ।’ नपत्याउने घटनाले प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली पनि आफ्नो निवासबाट केही हरायो की भन्दै झस्किएका छन् । ‘चोर पक्रने प्रहरी नै चोरी मा संलग्न भएको देखिएपछि तत्काल निलम्बन गरेर अरुलाई भन्दा दोब्बर कार्वाही गर्न भनेको छु,’ प्रजिअ पराजुलीले भने ।
प्रहरी ले एक दर्जन चोरी को निवेदन परेको जानकारी दिए पनि पछिल्लो तीन महिनामा सानाठूलो गरी तीन दर्जन पसलबाट सामान हराएको देखिएको छ । चोर र सामान प्रक्रिएको थाहा भएपछि सोमबार पिडित व्यापारीहरुहरु जिल्ला प्रहरी कार्यालय परिसर गएर बरामद सामाग्रीहरु हेरेका थिए । प्रहरीले खेमराज र चोरी मा संलग्न थप चोरहरुको पनि खोजी अनुसन्धान भैरहेको बताएको छ ।
चोरी का सामान सहित पक्राउ प्रहरी जवान खेमराज प्रजा बायाँ र चोरीकार्यमा सहयोगी उनकै भतिजो शन्देस प्रजा । 
राजेद्र मानन्धर तस्विर: कान्तिपुर ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis