CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » हिमानी बैंककमा, डाक्टरले भने- पारसको स्थिति क्रिटिकल छ-- + डाक्टरको बिज्ञप्ति सहित

हिमानी बैंककमा, डाक्टरले भने- पारसको स्थिति क्रिटिकल छ-- + डाक्टरको बिज्ञप्ति सहित


 फागुन १२- हृदयघातपछि उपचारका लागि चार दिनदेखि  उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ्य स्थिति बुझ्न हिमानी समितिभेज स्पताल आइपुगेकी छिन्। अस्पतालको सिसियु कक्षमा अचेत रहेका पारशलाई हेरेपछि उनले शुक्रबार ८ बजे  उपचारमा संलग्न चिकित्सकहरुसँग ४५ मिनेट कुराकानी गरिन्।

स्थानीय समयअनुसार साँझ ८ बजे अस्पताल पुगेकी हिमानी अस्पताल आइपुग्ना साथ सोझै सिसियु कक्षमा प्रवेश गरेकी थिइन्। त्यतिबेला सम्म अस्पतालले सिसियु कक्षमा कुनै नेपालीलाई पनि प्रवेश गर्न दिएको थिएन। सिसियु कक्षमा पुगेर पारशको अवस्था हेरेपछि उपचारमा संलग्न ३ सदस्य चिकित्सक टोलीले उनलाई ४५ मिनेटसम्म ब्रिफिङ गरेको थियो। चिकित्सकको कुरा सुनेर बाहिरिएकी हिमानीको अनुहार निकै मलिन देखिएको थियो। हिमानीसँगै अस्पतालमा रहेका अन्य पूर्व राजपरिवार सदस्यको मुहार पनि मलिन देखिएको थियो।
हिमानीसँग भेट गरे लगत्तै राति १० बजेर ९ मिनेट जाँदा उपचारमा संलग्न चिकित्सकहरुले प्रेस विज्ञप्ति निकालेका थिए। विज्ञप्ति प्रकाशित गर्दै चिकित्सकहरुले उनलाई गम्भीर प्रकारको हृदयरोग भएको उल्लेख गरेका छन्। चिकित्सकहरुले उनको अवस्था 'क्रिटिकल' र 'स्टेबल' भनेका छन्। तीन जना डाक्टरहरुद्वारा जारी  विज्ञप्तिमा अस्पतालले असाध्यै राम्रोसँग उपचार गरिरहेको उल्लेख छ।
यस्तो छ विज्ञप्ति
पारस अस्पताल भर्ना भएलगत्तै बैंकक जाने तयारीमा रहे पनि छोरी बिरामी भएपछि रोकिएकी उनी थाई एयरलाइन्सबाट शुक्रबार बैंकक आइपुगेकी हुन्।
चार दिनअघि हृदयघात भएपछि पारसको सुकुम्भितस्थित समितिभेद सुनाकरिन अस्पतालको सिसियुमा उपचार भइरहेको छ। उनको अवस्था सुधारोन्मुख नभएपछि बुधबार बहिनी प्रेरणा सिंह, पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरीज्वाइँ पूजा शाही, डा. राजीव शाही, दिलशा र आदर्शविक्रम राणा बैंकक आएका हुन्। हिमानी पनि बैंकक जाने तयारीमा रहे पनि छोरी कृतिका स्याहार्न बसेकी थिइन्। एपेन्डिक्सको अप्रेसन सकाएर छोरी अस्पतालबाट डिस्चार्ज भएकी छिन्। त्यस लगत्तै हिमानी थाइ एयरवेजको उडानबाट शुक्रबार साँझ बैंकक आएकी हुन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत् पारसको अवस्थाबारे दुखद खबर सार्वजनिक भए पनि उनका सहयोगी र थाइल्यान्डका लागि नेपालका कार्यवाहक राजदुतले ती अफवाह मात्र भएको बताए।
शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालले फेसबुकमा पारसको मृत्यु भएको दाबी गर्दै श्रद्धाञ्जली दिएपछि नेपालमा पारसको मृत्यु भएको हल्ला चलेको थियो। तेस्री श्रीमती बिनासँग मुलुक बाहिर बसिरहेका प्रकाशको फेसबुक स्टाटसलाई आधार बनाएर केही अनलाइन पोर्टलले समेत पारसको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए। पारसका सहयोगी र थाइल्यान्डमा रहेको नेपाली दुतावासका अधिकारीले पारसको अवस्था स्थिर रहेको जानकारी गराएर अफवाह चिरेका थिए।
पारसलाई यसअघि पनि हृदयघात भएको थियो। २०६४ भदौ २० मा पारसलाई 'माइल्ड हर्ट अट्याक' भएको थियो। छातीमा पीडा भएपछि सुरुमा सैनिक अस्पताल र पछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। त्यस समयमा ५० मिनेट लगाएर शल्यक्रिया गरिएको थियो। उनको बन्द रहेको धमनी खोल्न ब्यालुन एग्निओप्लास्टी गरिएको थियो। 
रुपक डी शर्मा, बैंकक (थाइल्याण्ड) - नागरिक 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis